शान्तिका लागि
उडेका ती चरा देखेपछि
आँट आउँछ मलाई उनको नाम लेखेपछि
हो वीरहरू भन्दै छु म जो देशका लागि मरे
आफू माटोमा मिलेर पनि खुसीयाली छरे ।
कसैसँग नडराउने अनि आँटिला थिए वीर
दुइटा आँखा घुमाएर हेर्थे दशतिर ।
सबै थिए बलिया कोही थिएनन् कम
नेपालका वीर सुन्दा बढ्थ्यो सबको दम ।
हातमा खुकुरी भएपछि चाहिने थिएन साथी
रातो रगत बगाउदैँ हिँड्थे बालुवामाथि
नेपाललाई बचाउन कति दुःख गरे
देशकै लागि बाँचे अनि देशकै लागि मरे ।
मुटु झिकी राख्दा पनि वीरहरू बाँच्थे
आधा माया परिवारलाई आधा देशलाई साँच्थे
वीरताका लागि सहयोग गर्न बढाऊ अघि हात
हाम्रो देशलाई बचाउने सबलाई धन्यवाद ।
सन्देश पौडेल
महेन्द्र मा.वि. बकैया– ४, मकवानपुर
