पर्यावरण मेरी आमा,
जगत् मेरा बाबा
समस्त जीवको एक मात्र सहारा
पाइन्छ स्नेहको छहरा ।
समानता र न्यायको अभिव्यक्ति उही
सर्वगुणसम्पन्नको परिभाषा उही
सम्पन्नता र समृद्धताको उदाहरण उही
गाँस, बास र कपासको स्रोत पनि उही ।
जीवनको आशा पर्यावरण
जीवको अस्तित्व पर्यावरण
मानिसको पहिचान अनि स्वाभिमान प्रकृति
जगत्कै जीवन नै पर्यावरण ।
श्रापरुपी धारा बगाइदिन्छन्, माछा र भ्यागुता
काल बनी आउँछ परावैजनी किरण चराको जीवनमा
नयाँ नयाँ थरिथरिका क्यान्सर आमन्त्रण भैरहेछ स्वास्थ्यमा
निर्वाह गर्नुपर्छ नसोचेको जीवन लापरबाहीको परिणाममा ।
सायद प्रकृतिका हरेक अङ्ग प्रदूषणले विनाश गरेछ कि ?
प्रकृति रिसाई विश्व तापमान बढेको नै पो हो कि ?
सायद मानिसको कर्म प्रकृतिको मर्म नबुझेकै पो हो कि ?
तब न यो युगको चरम विकासमा पनि सन्तुष्ट नभएको हो कि ?
जय जय गीत निरन्तर गाइरहने छु
प्रकृति तिमीप्रति निरन्तर आभार रहिरहने छु
तिम्रो रङ्ग फेरि चम्काउने प्रयास गर्न सकूँ
तिम्रो स्वास्थ्यको सदा कामना गर्न सकूँ ।
सलिना गुर्मछान, हेटौँडा- १६
