सङ्खुवासभामा जन्मनुभएका गजलकार कविता केशरी हाल विराटनगरमा शिक्षण पेसामा सक्रिय हुनुहुन्छ । उहाँका ‘मैले पढेका पुरुष’ उपन्यास– २०७३, ‘हिउँको लाली’ गजल सङ्ग्रह– २०७६, लगायत सहलेखनमा दर्जनौँ पुस्तक प्रकाशित छन् ।
म प्रेमी हुँ तिम्रो जली जान सक्छु । बनी रङ्ग रातो गडी जान सक्छु ।
सफारी छ मेरो कता छौ मृगिणी सिकारी तवरले चुमी जान सक्छु ।
घटामा लुकेको छ रश्मी उषाको अजर पार्नलाई छिपी जान सक्छु ।
नसाले भरेको म प्याला उठाऊँ तिमीले घुलेमा डुबी जान सक्छु ।
उडाईरहेको छ सीता छलैले लडी राघवैले जिती जान सक्छु ।
बगेको छ पानी छ तिर्खा त्यसैको ढलाएर घैला पिई जान सक्छु ।