सानो छ नेपाल भन्दै,
झन् सानो बनाउन खोज्नेको कमी छैन यहाँ
देशलाई खोक्राउँदै,
आफ्नो खल्ती भर्नेको कमी छैन यहाँ
पुर्खाको परिश्रमले सिङ्गारिएको देशमा
हिंसा फैलाउनेको कमी छैन यहाँ
आफ्नो गोजी भर्दै,
बलात्कारीको साथ दिनेको कमी छैन यहाँ
मित्रताको हात बढाए झैँ गर्दै,
सीमा मिच्नेको कमी छैन यहाँ
गौतम बुद्ध जन्मेको देशमा
अशान्ति फैलाउनेको कमी छैन यहाँ
वीरताले जोगाएको देशमा,
आज वीरहरू नै छैनन् यहाँ
देशलाई माया गर्ने सपूतहरू,
कमै भेटिन्छन् यहाँ ।
मेरो स्वर्ग जस्तो देशलाई,
नर्क बनाउन खोज्नेको कमी छैन यहाँ
प्रकृतिले कुँदेको देशलाई,
ककसको कुदृष्टि लाग्दै छ यहाँ ?
सानो छ नेपाल भन्दै झन्
सानो बनाउन खोज्नेको कमी छैन यहाँ ।
हेटौँडा १६, मकवानपुर
