Home गजल गजलकार अजर फुयाँलको गजल गजलकार अजर फुयाँलको गजल पाउने आशभन्दा पनि गुमाउने डर चल्छभगवान्को पनि खुसीमा बढी नजर चल्छ ।हिरा पाई कोइला बिर्सियो भने पाप लाग्लाजवानी हुँदा त सुन्दरता पनि भयङ्कर चल्छ ।मेरो गाउँमा दौरा सुरुवाल चोलीको सान बेग्लैतिम्रो सहरमा अर्ध देह अनि नाङ्गो फिगर चल्छ ।विश्वासले धोका खान्छ तर पेट भरिन त देऊबरु निस्वार्थ नामको त्यो प्रेमलाई जहर चल्छ ।जीवन दाउमा राखी पैसा कमाएर पढाउँदाबल्ल श्रीमती चल्छ अनि मात्र घरबार चल्छ ।अजर फुयाँल, मकवानपुर