धुलोधुवाँ भन्दा पर मेरो गाउँ छ
हरियाली सुन्दर शान्त राम्रो ठाउँ छ
मकै र कोदोले जीवन चल्छ हाम्रो
हामीलाई त यहाँको परिवेश राम्रो
चर्को घाममा काम गर्ने भइसक्यो बानी
सानैमा सिन्दुर लाउन बाध्य छन् साना नानी
इन्टरनेट के हो केही थाहा छैन
काम र इमान्दारिता छाड्ने नै हैन ।
अङ्ग्रेजीमा हलो भन्न नजाने पनि
नेपालीमा भनिन्छ नमस्कार अनि
थाहा छैन जिमखाना गुन्द्रुक भात चल्छ
दुईचार पैसाले नै घरको चुलो बन्छ
बाखा र गाई नै हुन् हाम्रा राम्रा साथी,
आमाबुबाभन्दा अरु कोही छैनन् माथी
यस्तै छ जीवन कहिले तल र माथि
नेपाली हौँ हामी सबै मानिस हाम्रा साथी ।
नवोदय विद्यालय, हेटौँडा–४
