बिहान उठेर सधैँ गर्छे पूजापाठ
तर पाउँदिनन् कहिले छोराले जति साथ
सबैले भन्छन् छोरीलाई लक्ष्मी भनी है जान
अनि खाली किन गर्छन् उसैको अपमान ।

आएगए ती नेता चुनाव जितेर
छोरीलाई दिने अधिकार भनेर
सबैलाई चाहिन्छ छोरा नै छोरा
अनि बिहे गर्ने बेला खोज्छन् छोरी चैँ गोरा ।

सबैले भन्छन् पूजापाठ गरे कमाइन्छ पुण्य
छोरीलाई अपमान गर्ने घर सधैँ हुन्छ शून्य
सलाम ठोक्छु म त्यस्तो व्यक्तिलाई
जसले दिन्छ हक, अधिकार, सम्मान छोरीलाई ।
अरुले त बाबाकी परी भनेर जिस्काउँछन्
तर उनीहरूलाई के थाहा ममीले भाँडा माझ्न सिकाउँछन्
छोरीलाई कमजोर ठानी गर्छन् उसको अस्तित्वको अपहरण
बनेर देखाउँछे उसले यो नेपाली समाजको उदाहरण ।


बालजागृति सेकेन्डरी स्कुल, कक्षा–८