जानि-जानी,साट्यो या,नजानी साट्यो ।
बाले, हलोसंग,आफ्नो कहानी साट्यो ।

भोकले,आमालाई, सुत्न नदिएको हो, थाहा छ ।
आमाले, सिरानीलाई दोष दियो, सिरानी साट्यो ।

हो, यहि अवस्था,देख्न नसकेर, बा आमाको ।
छोराले, खाडीसंग, आफ्नो जवानी साट्यो ।

छुट्ने बेला,दुई प्रेमीले,आँखा ‘सजल’बनाई ।
प्रेम स्वरुप, मुटु झिक्यो, र निशानी साट्यो ।

सुबास सजल