हिजो बगर चाहार्दै थ्यो पाँगो बोकेर,
आज बस्ती छिरेको छ आगो बोकेर ।

पानी छैन, घना बस्ती तिर्खाएको देख्छु,
उता पहाड एक्लै रुन्छ छाँगो बोकेर ।

डढेलोले खायो कठै कलिलो त्यो मुना,
चौतारीको पिपल हाँस्यो हाँगो बोकेर ।

फेरि पनि भोट माग्न आयौ भने गाउँ,
गाउँले सब जागेका छन् टाँगो बोकेर ।

‘प्रभात’मै छुट्टिएका मुटुहरू जोड्न,
राजधानी पस्यो कोही धागो बोकेर ।

रमेश प्रभात, चितवन