म एउटा सानी नानी
चन्चले मेरो बानी
गल्ती गर्छु मैले जानी नजानी
छु म आँखाको नानी ।

आमाको दिलको रानी
बुबाको सानी नानी
गल्ती गर्छु मैले जानी नजानी
छु म आँखाको सानी नानी ।

म त सानी सानी नानी
राम्रो छ मेरो बानी
गल्ती गर्छु मैले जानी नजानी
छु म आँखाको सानी नानी ।

सानी नानी
आश्रिका कार्की
कक्षाः ७, बालजागृति ईङ्लिश सेकेण्डरी बोर्डिङ स्कुल, हेटौंडा २