ज्ञानसीप आर्जन गर्न ठाउँ खोज्दै आएँ
खोज्दाखोज्दै मैले पनि बालजागृति पाएँ ।
खेलकूद मनोरञ्जन गर्न पाइनेरैछ
यहाँ आएर मेरो पढाई अझै राम्रो भएछ ।
गुरूबा र गुरूआमा कति धेरै राम्रा
उहाँहरू दोस्रो मातापिता हुन् हाम्रा ।
विद्यार्थीलाई वातावरण सँधै कायम हुन्छ
शिक्षकको मायादेखि मेरो मन छुन्छ ।
हाम्रो बालजागृतिमा सरस्वतिको बास
कहिले पनि हुनेछैन हाम्रो शिक्षा नाश ।
बालजागृति बालजागृति बालजागृति राम्रो
ज्ञानको दियो बालिदिने विद्यालय हाम्रो ।
बालजागृति
सदिक्षा नेपाल
बालजागृति ईङ्लिश सेकेण्डरी बोर्डिङ स्कुल, हेटौंडा २
