Home गजल लक्ष्मण पौडेलकाे गजल लक्ष्मण पौडेलकाे गजल काम गरेर हुँदा पनी सिथिल बेकार रहेछ ।गाली गरेकै हुन्छ,साहुको दिल बेकार रहेछ ।मेरो पिडामा वाह भन्दै तालि बजाउछन्लाग्दैछ मलाई यो महफिल बेकार रहेछ ।यो शहरमा न्याय हराएर खोज्न हिँडेको हुँबिना पैसा न्यायको अपिल बेकार रहेछ ।तिम्रो बिहेमा पुगेपछि यस्तो लाग्न थाल्योपागललाई बिहेको झिलमिल बेकार रहेछ ।यो भन्दा ठुलो रोग अरु के होला दुनियाँमालाग्दैछ,अधुरो प्रेमको खिल बेकार रहेछ ।लक्ष्मणले लक्ष्मण रेखा नाघिसक्याे अबके काम लाग्यो बनेर सुशील बेकार रहेछ ।।