भिमफेदी मकवानपुर निवासी गजलकार संगीता थापा मगर पेशाले कलाकार भए पनि हाल ललितपुरमा बसेर कविता, गीत र गजल बिधामा क्रियाशिल हुनुहुन्छ । उहाँले नेपाली विषयमा एम.ए सम्मको अध्ययनपछि बिम्ब आर्ट्स प्रा.लिको संस्थापकको रुपमा क्रियाशिल हुनुहुन्छ । उहाँ मधुबन साहित्यिक प्रतिस्ठान नेपाल (कोषाध्यक्ष), थिएटर भिलेज, मगर चलचित्रकर्मिसंघ नेपाल (उपाध्यक्ष ) को रुपमा क्रियाशिल हुनुहुन्छ । उहाँ प्रथम रास्ट्रब्यापी खुला गजल प्रतियोगिता (२०७०) दोस्रो, क्याम्पस स्तरिय गजल प्रतियोगिता(२०७१) प्रथम, बेस्ट पप गीत अवार्ड (२०७३), मकवानपुर गजलमन्च (२०७३)द्वारा सम्मानित, सरस्वती टोल सुधार सम्मान (२०७३), छाँयाछवी काव्य सम्मान (२०७४), रारा साहित्यिक तथा साँस्कृतिक सम्मान (२०७५), ट्यालेन्ट अफ भिलेज सम्मान (२०७६) र टाँडी कुन्ज परिवार सम्मान ( २०७६)बाट सम्मानित तथा पुरस्कृत हुनुभएको छ । – सम्पादक

गजल

नपर्ख भनेर मनलाइ सम्झाएको छैन ।
कोहि, यो बाटो फर्केर आएको छैन ।

बुख्याच्या बनेर चोकमा उभिरहेकोछु
यो समय किन ? मसंग डराएको छैन ।

उ मलाइ सम्झेर नरुनु भनेर गएपछि
सिउदो पुछिदा पनि रुन पाएको छैन ।

जलाउछु भन्थ्यो ! के भनी सम्झायो ?
आगोले नि उस्को याद जलाएको छैन ।


संगिता थापा, भिमफेदीमकवानपुर