हाल मकवानपुर निवासी गजलकार विमला कार्की “सुसं” पेशाले स्वास्थ्यकर्मी भएर पनि चितवनमा रहेर कविता र गजलमा कलम चलाउनुहुन्छ । उहाँको ‘पत्थरको मान्छे’ गजल संग्रह (२०६६) र ‘घाम नभएको आकाश’ गजल संग्रह (२०६९) प्रकाशित रहेको छ । उहाँ गजल श्री (२०६५) हाम्रो मझेरी चितवन, तिला कुमारि सहित्य सम्मान स्याङ्जा २०६९, एकल गजल सन्धा सर्जक सम्मान हेटौडा लायन्स कल्ब २०६९, कला साहित्यिक प्रतिष्ठान ब्याङलोर सम्मान २०७२, कला फाउन्डेसन प्रसंसा २०७७, रास्कोट कला साहित्य प्रतिष्ठान २०७७ सम्मान, नेपालि साहित्यकार विश्व सञ्जाल प्रसंसा पत्र २०७८, नेपाल मुक्तक प्रतिष्ठान सम्मान प्रत्र २०७८, सगरमाथ साहित्य सम्मान पत्र २०७८ बाट सम्मानित तथा पुरस्कृत भइसक्नुभएको छ । –सम्पादक

गजल

सधैँ मुस्कुराइ रहने ति आँखा हुन्छन् ।
जुन आँखामा सधैँ हाम्रा बा आमा हुन्छन् ।

दिनभर एक्लै राज गरे पनि घामले
राति त आकाश भरि जुनतारा हुन्छन् ।

जो सर्माउछ बोल्न हेपिरहन्छ गाँउलाई
उस्को भान्छामा गाँउले देको खाजा हुन्छन् ।

दौडमा खुट्टा नहुनेले पनि भाग लियो
बुझ्नुस उस्का पनि जित्ने चहाना हुन्छन् ।

तिमीसंग किन हुन्छ यति धेरै सरम
मुस्ताङ्गे स्याउ जस्तै यी गाला राता हुन्छन ।

विमला कार्की (सुसं), मकवानपुर