#. युद्ध र बुद्ध
युद्धले पनि जीत भन्छ
बुद्धले पनि
युद्धले पनि मृत्यु भन्छ
बुद्धले पनि
युद्ध भूगोलको जीत भन्छ
बुद्ध मनको
युद्ध जीवनको मृत्यु भन्छ
बुद्ध मृत्युको मृत्यु
बुद्धभन्दा ठूलो युद्ध
कुन छ र
आखिर ?
#. चिहान
खोपिएको थियो
त्यहाँको हरेक चिहानमा
इतिहासमा कहिल्यै कतै नलेखिने
एक-एक नाम
जुन नाम
बुद्ध हिटलर लेनिन माओ पुटिन ट्रम्प
कसैको थिएन
थिएन प्यालेस्टाइन कश्मीर दार्जीलिङ सिरिया
कसैको थिएन
खासमा कसैको निम्ति थिएन
त्यो एक एक नाम ।
हरेक अँध्यारो मृत्युको चुम्बनले
आबाद गरिदिँदै आयो
उनीहरूलाई ।
– जहाँको सानो खिड़कीबाट देखिन्छ
यौटा ठूलो आकाश
– जहाँको साँघुरो दैलोबाट निस्किएको हुन्छ
हजारौँ खुल्ला बाटो
– जहाँको अँध्यारो भान्साघरमा पाक्छ
रङ्गीचङ्गी सपना
त्यो चिहान त
उनीहरूको
घर हो ।
#. सिरिया
१.
तिमी कफन बनाउनू
मेरो कविताको
आगो बाल्नू
मेरो बिम्बहरूको
मेरो निकम्मा कविता अहिले
घाइते छ
तिम्रो आलो चोटले
२.
सरी सिरिया
ऐले नै आउनु सकेनौँ ल
तिम्रो आलो घाउहरू मलिदिन
तिम्रो रगते आँसुहरू पुछिदिन
तिम्रो भ्वाङ परेका घरहरू मुसारिदिन
तिम्रो नानीहरूको चित्कार छोइदिन ।
डियर सिरिया सुन न
हाम्रो भान्साघर हाम्रो आँगन हाम्रो गोरेटो
हाम्रो बारीकान्ला हाम्रो कुइनेटोघुम्ती हाम्रो चोक
हाम्रो स्कूल हाम्रो हस्पिटल हाम्रो खहरे
हाम्रो घन्टीडाँड़ा हाम्रो घोड़ाड़ाँड़ा हाम्रो जुनेली पाखा
हाम्रो कालीखोला हाम्रो भस्मे हाम्रो कमान
र हाम्रो सपना एक एक सिरिया भएर अहिले
भटाभटी कोमामा गएका छन् ।
एक छिन है सिरिया
होश आइहालोस्
मेरो सिरियाको ।
किरिया हालेर भन्दैछु सिरिया –
हामी तिम्रै जस्तो सपनाको मलामी गइरहेका छौँ यतिखेर ।
तिमी उता बम चपाउँदैछौ
हामी यता आफ्नै अनुहार चपाउँदैछौँ ।
किरिया होला सिरिया डियर सिरिया
अब समयले अमेरिकाहरू रूसहरू इज्रायलहरूको चिहान खनिरहेको समय आउन्जेल पख
सरी सिरिया
मिस यु सिरिया ।
३.
सिरिया भरिया हो
जहाज बोक्छ
तेल बोक्छ
प्रदुषण बोक्छ
भुइँचालो बोक्छ
बालुवाको आँधी बोक्छ
सिरिया भरिया हो
दक्षिण एशिया बोक्छ
अरब बोक्छ
भूमध्य सागर बोक्छ
लेबनान बोक्छ
इस्रायल बोक्छ
सिरिया भरिया हो
तानाशाहको घमण्डको कट्टु बोक्छ
आइएसआइएस-को सत्ता भोक बोक्छ
अल-काइदा-को लोभ बोक्छ
अमेरिकी साम्राज्य तिर्खा बोक्छ
विश्वयुद्धको छाड़ा छायाँ बोक्छ
सिरिया भरिया हो
सिरियाले आफैलाई बोकेछ भने
त्यो दिन सिरिया अरू नै केही बन्छ ।
४.
सिरियै सिरिया सिरियै सिरिया
एउटा सिरियाभित्र
एउटा दार्जीलिङ छ एउटा रोहिङ्या छ
एउटा म्यांमार छ एउटा भूटान छ
एउटा तिब्बत छ ।
सिरियै सिरिया सिरियै सिरिया
प्यालेस्टाइन छ एउटा बोस्निया छ एउटा
अफगानिस्तान छ एउटा कश्मीर छ एउटा ।
सिरियै सिरिया सिरियै सिरिया
एउटा सिरिया यता पनि । अर्को सिरिया उता पनि ।
अर्को उता । अर्को उता पर्तिर । अर्को अर्को उता उता पर्तिर ।
अर्को अर्को उता उता उता पर्तिर ।
एउटा सिरिया त मेरो देशभित्रको
सिरिया मुटुमा पनि छ
जुन मेटिएको छैन अझ
जबसम्म मेरै देशभित्रको अमेरिका गिदीले
ममाथि छर्दैन बमको बर्खा ।
५.
धुवाँले ढाकेको बिहान
भग्नावशेषमा किचिएको आधा शरीर घिसारेर निकाल्छ
र
युएनओ-को दलाल गल्लीअघि
खुन चुहिरहेको टाउको झुण्ड्याएर
उभिदिन्छ
सिरियाहरू
तब अमेरिकाहरू
त्यो खुन चाट्दै
आत्ममैथुन गर्छ ।
जब बीबीसीले अत्तालिँदै फलाक्छ –
अमेरिकी राष्ट्रपतिले जोड़ दिएर फेरि दोहोराएर भनेका छन् टेररिजम नै विश्वको दुश्मन हो र अमेरिकाले विश्वकै रक्षाको ठेका लिएको छ ।
६.
सिरिया
तिमी त यहाँ नचिनिने भएछौ ।
तिम्रो अनुहार बमको बस्ती भएछ
तिम्रो आँखा रगतको ऐना भएछ
तिम्रो योनि चिहानको खाल्डा भएछ ।
सिरिया
तिमी त यहाँ नचिनिने भएछौ ।
सिरिया
तिमी चिनिएको दिन
अजनबी हुनेछ
यो तथाकथित युद्ध-सभ्यता ।
७
सिरिया
लाख लाख माइल टाढ़ा
यो कविले
तिम्रो बालकमा
आफ्नो मृत्यु स्वीकारेको छ
मलाई भोक लाग्दैछ
मृत्युको
मलाई अब जीवन जिउनु छ
सिरिया तिम्रो मृत्युको ।
८.
जब संसारकै तमाम कविहरू
सिरिया कविता गर्दैछन्
तब सिरियाको सिरुवा खाइरहेको
भँडुवा अ मे रि का डकार्दैछ युद्धको ह्याङ्गोभर
अ मे रि का सुनिराख् फेरि एक चोटि
हरेक अ मे रि का को गर्भमा एक एक भियतनाम छ ।
९.
ओ सिरिया पर्खेको छ
अबको पराजित संसारले एउटा अर्को भियतनाम
विनाशबाट तिमी जुन दिन उठ्छौ नि
यस्तो उठ्नु यस्तो उठ्नु यस्तो उठ्नु
कि शिर उठाउन नसकोस् अब
अर्को अमेरिकाले ।
१०.
सिरिया तिमी अब सूर्य बन
एउटा अँध्यारो सूर्य
जहाँ अँध्यारो अमेरिकाको सूर्यले उज्यालोको उल्टी गरोस् ।
११.
सिरिया आइ लभ यु ।
फुटेको भित्ताको प्वालबाट
चिहाइरहेको तिम्रो आतङ्क अनुहारभन्दा सुन्दर
संसारकै सुन्दर गुलाफ पनि छैन ।
सौन्दर्य आतङ्क हो । मृत्यु नै पिरती ।
सभ्यताले गर्न सकेको ठूलो उपलब्धि युद्ध हो जब ।
I lov u Syria …
#. प्रेम र युद्ध
प्रेमभन्दा कहिल्यै टाढ़ा छैन
युद्ध
जसरी मृत्यु जहिल्यै
नजिक छ
जीवनको
-राजा पुनियानी
#. War and Buddha
On victory war insists
And also with Buddha, the lord
Willingness of victory persists
War knows it drags life nearer to death
For Buddha
A query, why this life has to meet this ultimate end ?
War longs for territorial victory
On the other hand
Victory over one’s own soul
Buddha prays for
War provokes the death of life
Buddha rather pleads for
Death of death itself
Thus, virtually
Which war is bigger than Buddha ?
#.The Tomb
Every tomb was engraved with names
In history that would’ve never scripted
Engraved were none of the names
Tombs mentioned none of them
Buddha, Hitler, Lenin, Mao, Putin,Trump
None of them
Neither the tombs mentioned the places
Palestine, Kashmir, Darjeeling
Nor Syria
That one single name
Meant nothing for no one…
Every kiss of dark death created lively moment
For them
A small window there
From where a large sky could be glanced
From that narrow doorstep there
Thousands of open paths stretched ahead
Ah, the dark kitchen cooked
Their colorful dream !
That tomb,
Oh yes, that tomb is but their home
Syria, their home !!!
#. Poems on war-torn Syria
1.
As shroud
Use my poems
To cover the corpse
Burn all those symbolic words
From my poems
To Lit the fire
As your assault
Has lately made my poems
Ah ! Wounded and worthless !
2.
Hey Syria ! Hey you !
Sorry couldn’t attend right now
To nourish your present wound
To wipe off your bloody tears
To render lovely touch
On the void of your houses
To console your babies’ cries
Dear Syria, listen !
Our kitchens, our courtyard,
Our hilly trail, Our terraces, blind corners
Our square, schools and hospitals,
Streams and rivulets
Our topography, vicinity and neighbor
And center for get-together
And nevertheless every place and corner,
All these and every dream of ours
Personifies Syria
And only Syria
Ah, all these have gone into coma
Just a moment Syria
Please come into consciousness
Oh Syria, my Syria
By God !
We too are following the same funeral procession row of our own dreams
At this moment you are chewing bombs there
And we are chewing
Our own face and fate !
Allow me to take this oath
Syria ! Dear Syria ! Time itself is digging the tombs
For Americas, Russias, Israels
Wait till then and have patience Syria
Sorry Syria
Miss you Syria !
3.
Syria is but a porter now
It carries ship
It carries oil
Carries pollution
Carries earthquake, sandstorm
‘Cause Syria is but a porter now
It’s loaded with South Asia, Arab, Meditaranian Sea, Lebanon, Israel
And what not ?
As Syria is but a bonded carrier now
It carries the heinous arrogance of autocrat
It carries the ISIS-hunger of power, greed of Alkaida
Carries the thirst of America’s imperialism, loaded with the dark shadow of world war
Ah poor Syria is a porter now !
The Day when
Syria holds its own weight
Watch ! And behold !
Syria won’t remain the same porter…
Syria will change
Yeah, it’s sure to change !!
4.
Syria & Syrias, so many Syrias….
Within one Syria
There’s one Darjeeling, and in another one there’s Rohingya
Myanmar in another one, Bhutan in next one
Also Tibet in other next…..
Syria & Syrias, so many Syrias
Palestine in one and Bosnia in another
The next one has Afganistan
The other has Kashmir
Syria & Syrias, so many Syrias
One Syria is here, the other one there
Next one is a bit far there
Yonder is the other one
Yonder, beyond yonder the next one
Farther the other one
One Syria is here inside the soul of my country
Without being rubbed it is here inside us
It exists there
Till the American dogmatic influence reigning my country
Doesn’t blast and burst the bomb upon me…
5.
The smoky morning drags out half body
Crushed inside by the ruins
And
In front of UN -lane
Holding the blood dripping head
When Syrias remain standing
Americas start licking the blood
Then BBC in haste announces
American president empathically declares terrorism is world’s enemy
And it plans for world’s security
6.
Syria!
You’ve become unknown here
Your face resembles the terror of a bomb
Your eyes seem like the mirror of blood
Syria!
You’re a complete stranger here
Syria !
The day they recognize you
This supposed to be war civilization
Is to be absurd one…
7.
Syria !
Millions of miles afar from here
This poet accepts his own death
On the sad demise of your child
I’m feeling the hunger of DEATH
While I’ve to live the death of you
Oh SYRIA !
8.
While all the poets of the whole world
Are reciting the Syria-poem
Shamefully
America is sipping the Syrian liquor
And belching the hangover of the war
America, keep it in your mind
Every American has one Vietnam in their womb !!!
9.
Oh Syria !
Now this defeated world waits
One more Vietnam
The day when you wake up from this devastation
Awaken yourself
And wake up
Wake up with such strength
No America would rather raise its head again…
10.
Syria! Now you be the sun
One dark sun
Where the sun of gloomy America
Vomit the brightness
11.
Syria, I love you
No rose is more beautiful
Than the terrified face of yours
That peeps through the void of the cracked wall
Beauty lies amidst the terror
Death is itself love
When war is the great achievement
That this civilization offers
#. Love & War
War..
It’s never farther than
Love!
As the death is always
Nearer to
Life..
-Raja Puniani
[ Translated by : Tulsi Thapa ]
