subash Sajal Muktak

मुक्तक १
चैनको सास, फेरिस्यो त, म पनि छु नि।
मनको पीडा, केरिस्यो त, म पनि छु नि।
हजुर किन, यसरी, दुखमन गरिसिईन्छ।
ए!जाजरकोट, हेरिस्यो त, म पनि छु नि।

मुक्तक २
लडेरफेरि, अवस्य पनि, उठ्नेछ जाजरकोट।
सबैजना, एकआपसमा, जुट्नेछ जाजरकोट।
दुख पछि,सुख आउँनु,प्रकृतिको नियम नै हो।
मनका पिडा, टाढा-टाढा,छुट्नेछ जाजरकोट।

मुक्तक ३
हाम्रो घर सेरोफेरो एउटै त हो नि।
उज्यालो र अध्यरो एउटै त हो नि।
तिमीलाई दुख्दा मलाई पनि दुखेको छ।
दुख्ने मन तिम्रो मेरो एउटै त हो नि।

मुक्तक ४
तम्रा पीडा हाम्रा पीडा एकै हुन्या हैन र?
तमलाई दुख्दा हाम्रा पनि मन रुन्या हैन र?
एकपटक लड्दैमा जीवन कहाँ सकिन्छ र?
धर्ती टेक्दै फेरि पनि आकाश छुन्या हैन र?