कार्तिक २४, मकवानपुर ।
साहित्य सङ्गम मकवानपुर र युगप्रकाश क्लब, हेटौंडा ११ को संयुक्त आयोजनामा हुने कविता प्रतियोगिताका लागि उत्कृष्ट १५ कविता छनौट गरिएको छ ।
११५औँ लक्ष्मी जयन्तिको अवसरमा कार्तिक २६ गते त्रिभुवन मावि हेटौँडा ११ को व्यवस्थापनमा विद्यालय प्राङ्गणमा वाचन तथा सम्मान कार्यक्रम हुने सङ्गमका उपाध्यक्ष सानु खनालले जानकारी दिनुभयो ।
कार्यक्रमको पूर्वसन्ध्यामा स्मारक गेटदेखि प्रभातफेरि गरी त्रिभुवन माविमा रहेको देवकोटाको प्रतिमामा माल्यार्पण गरिनेछ ।
विद्यालयस्तरीय प्रतियोगितामा ३७ कवितामध्ये छनौट १५ कविता वाचनका लागि सर्जकको अनिवार्य उपस्थिति रहेको तथा उत्कृष्ट ३ जनालाई जनही २ हजार र १ जनालाई १ हजार राशिको प्रोत्साहन पुरस्कार प्रदान गरिने
अध्यक्ष डीबी बर्तौलाले बताउनुभयो ।
साथै कार्यक्रममा १० हजार राशिको महाकवि लक्ष्मीप्रसाद देवकोटा सम्मान २०८० बाट अग्रज साहित्य सर्जक देवराज खरेल सम्मानित हुनुहुने उहाँले जानकारी गराउनुभयो ।
