Home गजल भरत प्रमोद दाहालका २ गजलहरु भिडियो भरत प्रमोद दाहालका २ गजलहरु भिडियो कुनैदिन आगो सक्लाएर आफ्नै घरको छाना भित्रतिमिलाई उज्यालो दिएको ईतिहास छ पाना भित्रचोरेको अभियोगमा मलाई जेल चलान गरियोस्कमसेकम खाना त पाइन्छ झ्यालखाना भित्र ।फर्किदा यो मुटुलाई कास्मिर बनाएर जानेछन्जो गुलाब बोकेर आएको थिए यो सिमाना भित्र ।तिम्रो बिदाईको चिठी नपुग्दै आईपुगेको छ स्वागत लिएर मृत्यु मेरो पुरानो ठेगाना भित्र ।आगो सक्लाएर आफ्नै घरको छाना भित्रतिमिलाई उज्यालो दिएको ईतिहास छ पाना भित्र#nstelevisionhd #gazal #nepaligazalआखाहरु हजुरको पाउ मुनि चढाउनु पर्छ ।र आफू अध्यारो दलिनमुनि बसेर मुस्कुराउनु पर्छजिउदोमा जति बलवान् होस फरक पर्दैन,मृत्युपछि बोकेरै घाटसम्म पुर्याउनु पर्छ ।विउझिदा आफ्नै आँगन नरहने त्रास बोकेर,यसरी हरेक साँझ सिमानामा निदाउनु पर्छ ।यसकारण यो दिल दुखेको सहदै बसेको हुँ मलम लगाउन पनि त घाउ दुखाउनु पर्छ ।आखाहरु हजुरको पाउ मुनि चढाउनु पर्छ ।र आफू अध्यारो दलिनमुनि बसेर मुस्कुराउनु पर्छ थप केही भिडियोहरु !