लाग्दैछ विश्वासघात गर्ने कै बढी विश्वास लाग्दैछ
मायाको परिभाषा दिन्छौ मलाई बकवास लाग्दैछ ।

जुन मान्छेले मलाई मरोस् भनेर खाडलमा धकेलेथ्यो
किन किन ? त्यहि मान्छे आज मलाई खास लाग्दैछ ।

मलाई लाचार बनाएर न घरको न घाटको बनायौ
छन त छ रङ्गिन दुनियाँ यो जिन्दगी उदास लाग्दैछ।

खै गयो रे ऊ मायाको खोजीमा भौतारिदै भन्छन्
वर्षौं भयो यी ओठसँग नबोलेको आभास लाग्दैछ ।

सायद कोहिनुर पाएछौ यो अभागी मिरालाई छोड्यौ
यहाँ म रित्तो रित्तो छु तिम्रो जीवन मधुमास लाग्दैछ ।
–चितवन