मकवानपुर । युवा पुस्ताका सशक्त कवि सुमिनाको कविता संग्रह बजारमा आउने भएको छ । विगत लामो समयदेखि फुटकर कविता लेख्दै आउनुभएका कवि सुमिनाको कविता संग्रह ‘बागी स्त्रीको आत्मकथा’ पुस १३ गते शुक्रबारदेखि बजारमा आउन लागेको हो ।
इन्डिगो इन्कले प्रकाशन गरेको कविता संग्रह ‘बागी स्त्रीको आत्मकथा’ १३ गते दिउँसो २ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा विशेष समारोहबीच सार्वजनिक हुनेछ ।
कविता संग्रह सार्वजनिक समारोहमा साहित्यकार तथा चिन्तक आहुतिसँगै कुमारी लामा र अभय श्रेष्ठले कवि र कविताबारे विमर्श गर्नुहुनेछ ।
सुमिनाले कवितासँगै वैचारिक आलेखहरुमा पनि कलम चलाउँदै आउनुभएको छ । उहाँ विद्रोही कविका रुपमा परिचित हुनुहुन्छ ।
