पुस १०, मङ्गलबार
मकवानपुर
बुढ्यौली साहित्य समाजका संस्थापक कृष्णमुरारि गौतम चट्याङ्मास्टरलाई सम्मानित गर्न लागिएको छ ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलको जेष्ठ नागरिक संरक्षण शाखाले सो सम्मान गर्न लागेको हो ।
मन्त्रिस्तरीय निर्णय अनुसार नेपाली हास्यव्यङ्ग्य साहित्यमा यथेष्ट योगदान दिनु भएका हाल बुढ्यौली साहित्य समाजमार्फत् समाज सेवा गरिरहनु भएका उहाँलाई २०८० को ‘जेष्ठ नागरिक बर्ष पुरुष’ को रूपमा सम्मानित गर्न लागिएको हो । जसको पुरस्कार राशि १ लाख रुपैयाँ रहेको छ ।
आगामी पुस ११ गते जेष्ठ नागरिक दिवसका अवसरमा सो पुरस्कार समर्पण गरिने मन्त्रालयका महिला विकास अधिकृत सन्ध्याकुमारी यादवद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
ज्येष्ठ नागरिक आधारभूत शिक्षा कार्यक्रम सञ्चालन गरेबापत एजिङ नेपालमा उहाँको नेतृत्वको सो संस्थाले सन् २०२० मा युनेस्को अन्तर्राष्ट्रिय साक्षरता अवार्ड समेत प्राप्त गरेको थियो ।
