हर मान्छे आफैँमा प्रेमी या पागल तिमी कसरी भन्छौँ ?
जिन्दगीमा हारेर पनि भएँ सफल तिमी कसरी भन्छौँ ?

मेरो जिन्दगी प्रेमिल छ, सुखमय छ, भो चिन्ता नगर
बनाएर ती आँखाहरू सजल तिमी कसरी भन्छौँ ?

उता रगत,बगाउँदैछ्न युवाहरू पराईको भुमिमा,
फेरि फुलाउँछु बगरमा कमल तिमी कसरी भन्छौँ ?

फर्कनुछ फर्क यार प्रेमको बाटोमा,यो बडो सुन्दर छ
नगरेर पनि लगानी सप्रन्छ फसल तिमी कसरी भन्छौँ ?

बकैया –४, मकवानपुर

#फर्क अभियान#