प्रा. डा. रेग्मीको ‘नेपाली सङ्‍गीत दरबार’ लोकार्पित

237

पौष २१, शनिबार
मकवानपुर ।
प्रा.डा. ध्रुवेशचन्द्र रेग्मीको नवीन पुस्तक ‘Music Myth & Melody (A brief history of Nepali Music’ र ‘नेपाली सङ्‍गीत दरबार (आदिकालदेखि आधुनिककालसम्म)’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।
कार्यक्रममा नेपाली लोक र शास्त्रीय सङ्‍गीत समूह ‘सुकर्म’ को साङ्गीतिक प्रस्तुतिमा यतिराज अधिकारी, प्रिन्स नेपाली, उमेश पन्डित र जगन्नाथ धौगोडा सहभागी रहनु भएको थियो ।
त्रिभुवन विश्व विद्यालय ललित कला प्रमुखका रूपमा कार्यरत लेखक रेग्मीको पुस्तक लोकार्पण कार्यक्रममा वक्ता प्रा.डा. अभि सुवेदी, प्रा. दीपक जङ्गम, प्रा.डा. वीणा पौड्याल र डा. लोचन रिजालले मन्तव्य राख्नु भएको थियो ।
पुस्तकका सम्बन्धमा लेखक रेग्मी भन्नुहुन्छ-

“लगभग दुई दशकको निरन्तर प्रयास र प्रयत्‍नपश्चात् नेपाली सङ्‍गीतको इतिहाससम्बन्धी अङ्ग्रेजी र नेपाली भाषामा प्रकाशित अनुसन्धानमूलक दुई वटा कृति नै ‘नेपाली सङ्‍गीत दरबार’ र ‘Music, Myth and Melody’ हो ।

लेखकका यसअघिका पुस्तकहरू ‘Music in Nepal During Rana Period’, ‘Glimpses of Nepali Music’ र ‘विश्वका केही प्राचीन सङ्‍गीत पद्धति’ पुस्तक प्रकाशन भइसकेका छन् । हाल प्रकाशित पुस्तक ‘नेपाली संगीत दरबार’ २६८ पेजमाथि रहेको छ । ‘Music, Myth and Melody’ को मूल्य ९ सय ९९ रहेको छ भने यी पुस्तकमा मूख्य विषयवस्तुको रूपमा नेपाली सङ्गीतको इतिहास रहेको लेखकले जानकारी दिनु भएको छ ।
एक शास्त्रीय सङ्‍गीतज्ञ, वरिष्ठ सितारवादक प्रा.डा. ध्रुवेशचन्द्र रेग्मीद्वारा लिखित नेपालको सङ्गीतकलाको ऐतिहासिक तथ्यहरु तथा सङ्गीतको ऐतिहासिकदेखि आधुनिक इतिहासका विषयवस्तु समावेश यस पुस्तकलाई बुक हिल पब्लिकेसनले प्रकाशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्