- नवसाहित्य
नवसाहित्य डटकम
संवाददाता
२१ साउन, मकवानपुर ।
नवसाहित्य अनलाइन
साहित्यकार एवम् पहिलो राष्ट्रगानका रचयिता स्व. चक्रपाणि चालिसेको नाममा स्थापित चक्रपाणि स्मारक प्रतिष्ठानले राष्ट्रव्यापी खुल्ला आधुनिक कथा प्रतियोगिता-२०८१ गर्ने भएको छ । यस प्रतियोगिताको प्रथम विजेताले रु. ३० हजार पुरस्कार प्राप्त गर्नेछन् भने क्रमशः द्वितीयले २० हजार र तृतीयले १० हजार रकम पुरस्कार स्वरूप प्राप्त गर्नेछन् भने चुनिएका २० वटा कथाको पुस्तक प्रकाशन गरिनेछ । प्रतियोगितमा यसभन्दा अघि छापा, डिजिटल वा कुनै पनि माध्यमबाट अप्राकाशित कम्तिमा १५०० देखि बढिमा ५००० सम्म शब्दसिमाभित्र लेखिएका कथालाई देशैभरिबाट ईच्छुक कथाकारले सहभागिताको लागि पठाउन सक्ने प्रतिष्ठानका सदस्य सचिव राम गोपाल ‘आशुतोष’ले नवसाहित्यलाई जानकारी दिनुभयो । नेपाली कथा र लेखनशिल्पलाई पछिल्ला पुस्ता एवम् जनमानसमा पुर्याई राम्रा कथाकार जन्माउन यस प्रतियोगिताले थोरैभए पनि भुमिका खेल्ने प्रतिष्ठानका अध्यक्ष राममणि ढुङ्गेलले बताउनुभयो ।
प्रतियोगिताका लागि सर्त तथा नियम
- कथा नेपाली भाषामा लेखिएको हुनुपर्नेछ ।अन्य भाषामा लेखिएका अप्रकाशित मौलिक कथालाई नेपालीमा अनुवाद गरी पठाउन सकिनेछ । अनुवाद लेखक आफैँले गर्नुपर्नेछ ।
- निर्णय प्रक्रियामा कथाको भाषिक शुद्धतालाई पनि महत्व दिइनेछ ।प्रतियोगिताका लागि पठाइएको कतै वा कुनै माध्यमबाट अप्रकाशित वा अप्रसारित हुनुपर्ने छ ।
- प्रतियोगिताको नतिजा सार्वजनिक नहुञ्जेल पठाइएको कथा कतै पनि प्रकाशन वा प्रसारण गर्न पाइने छैन ।
- छनोटमा परेका कथा कुनैपनि छापा वा विद्युतीय माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ ।
- ‘चक्रपाणि कथा प्रतियोगितामा’ भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रूपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रसारण गर्न ‘चक्रपाणि’ स्मारक प्रतिष्ठानको पूर्वस्वीकृति अनिवार्य छ ।
- कथा कम्तीमा १५०० शब्द र बढीमा ५००० शब्दसम्मको हुनुपर्नेछ ।
- प्रतियोगीले कथासँगै आफ्नो पूरा परिचय, सम्पर्क मोबाइल नम्बर र हालसालै खिचिएको फोटो अनिवार्य पठाउनुपर्नेछ ।
- प्रतियोगिताका लागि छानिएका कथाकारलाई ‘चक्रपाणि’ स्मारक प्रतिष्ठानले इमेल तथा फोनमार्फत् सम्पर्क गर्नेछ ।
- यस प्रतियोगितामा आयोजक समिति र कार्यसमिति सदस्यका कुनै पनि परिवारजन सामेल हुन पाइने छैन ।
- समयसीमाभित्र प्राप्त कथा मात्र प्रतियोगितामा सामेल गराइने छ ।
- अन्य ठेगानाबाट प्राप्त कथा मान्य हुनेछैन ।
प्रथम, द्वितीय र तृतीय हुने कथाकारले क्रमशः रु. ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नुहुनेछ ।
कथा पठाउनका लागि इमेल–
chakrapanichalise1940@gmail.com
सम्पर्क : ९८४१३५८१३४ अध्यक्ष, ९८५१११४५७५ सदस्य सचिव
कथा आइपुग्नुपर्ने अन्तिम मितिः २०८१ भाद्र २० गते विहीबार
आयोजक : चक्रपाणि स्मारक प्रतिष्ठान, बानेश्वर, काठमाडौँ






