- नवसाहित्य
देवराज खरेल
साहित्यकार
माेटरसाइकलमा सवार दुबैजना माेटरसाइकल राेकेर सडककाे पेटीमा हिडदैगरेका अर्धबैसे पुरूषलाई एउटाले गाला चडकाए अर्काले पछाडिबाट लात्तिहाने । चाेटखप्न नसकेर ऊ ढल्याे त्यतिगर्दा पनि रिस मरेन मुर्दातुल्य पैदलयात्रीलाई दुबैजना मिलेर बुट बजारे बेहाेसपारे ।
भीडमा व्यक्तिहरू साेच्दै थिए किनयस्ताे गरेकाे जवाफमा यस्ले हामीलाई थुक्याे हेर्नुस् न भेष्टमा थुक त्यत्राे माेटरसाइकलकाे आवाज नसुन्ने हामी आको देख्दादेख्दै किन थुक्याे यस्ले जनताकाे भीडदेखेपछि माेटरसाइकल स्टार्टगरेर कुलेलमठाेके।
सहायता गर्नेले सुमसुम्याए केहीवेरमा हाेसमा आए । नजीकैकाे औषधी पसलमा पुर्याए।वास्तविक बुझ्न खाेजे तर ऊ पूरै बहिराे
भएकाेखुल्न आयो । थुक्दा झुक्किएर माेटरसाइकल चालकलाई
परेछ त्यहिरिसले पिटाई खायाे । जिउभरि निलडाम देखेपछि उपस्थित समाजले यसाे भन्याे कुरै नबुझि बहिरालाई पिट्ने आँखादेख्ने अन्धाहरू






