संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

२० भाद्र, मकवानपुर ।
नवसाहित्य । ‘युवा वर्ष मोती पुरस्कार २०८१’ बालसाहित्यकार तथा रङ्गकर्मी केदार श्रेष्ठलाई अर्पण गरिएको छ । १५९ औँ मोती जयन्तीको अवसरमा एक समारोहबिच ४० हजार रुपैयाँको थैली, स्वर्ण पदक र सम्मानपत्रले उहाँलाई पुरस्कृत गरिएको हो ।

प्रा. रामकुमार पाँडेको संयोजकत्वमा राष्ट्रिय युवा सेवा कोषद्वारा गठित मूल्याङ्कन समितिको सिफारिसको आधारमा धादिङ जिल्ला निवासी श्रेष्ठ पुरस्कृत हुनु भएको हो । बालसाहित्य र रङ्गमञ्चमार्फत् नेपाली भाषा, कला, साहित्य र संस्कृतिमा योगदानबापत पुरस्कृत श्रेष्ठ बालसाहित्य क्षेत्रमा कथा लेखन, कथा–कथन, बालनाटक, चलचित्र लेखन, निर्देशनमा सक्रिय हुनुहुन्छ ।

नेपाली साहित्यमा युवा पुस्तालाई लेखनमा हौसला दिने पुरस्कारका रूपमा चिनिएको यस पुरस्कार राष्ट्रिय विभूति तथा नेपालमा गजल विधा र छापाखानालाई स्थापित गराउने व्यक्तित्व युवाकवि मोतीराम भट्टको सम्झनामा वि.सं. २०४२ मा स्थापना भएको हो ।

४० वर्ष ननाघेका युवा सर्जकलाई नियमित प्रदान गरिँदै आएको ‘युवा वर्ष मोती पुरस्कार’ सर्वप्रथम साहित्यकार दैवज्ञराज न्यौपानेलाई प्रदान गरिएको थियो । यसअघि साहित्यकारद्वय प्रकाश पौडेल/हेम अधिकारी, महेश पौड्याल/मीनकुमार श्रेष्ठ सम्मानित हुनु भएको थियो भने २०७९ को पुरस्कारबाट मकवानपुरका युवाकवि बिर्खे अन्जान सम्मानित हुनु भएको हो ।

लेखनाथ साहित्य सदन, सोह्रखुट्टे काठमाडौँमा आयोजित कार्यक्रमका क्रममा मोतीराम भट्टले सुरू गर्नु भएको समस्यामुलक साहित्य लेखनका सम्बन्धमा कवि सम्मेलन समेत सम्पन्न भएको छ ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

Section Title

डीबी बर्तौलाको ‘उज्यालोका बाछिटा’ रेलमा विमोचन

नवसाहित्य डटकम असोज १५ ।साहित्य सङ्गम मकवानपुरका अध्यक्ष तथा मुक्तक मञ्च मकवानपुरका संस्थापक अध्यक्ष...

श्यामकुमार बानियाँको २ म्युजिक भिडियो सार्वजनिक

संप्रस पौडेल समाचार प्रमुखः नवसाहित्य असोज १४, मकवानपुर ।साहित्यकार श्यामकुमार बानियाँको २ वटा...

अनेसासद्वारा आयोजित खुला अन्तर्राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न

नवसाहित्य डटकम संवाददाता अनेसास : राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसरमा अन्तर्राष्ट्रिय...

नगिताको हास्यव्यङ्ग्य कृति ‘ब्याकबाइटिङ’ आउँदै

संप्रस पौडेल समाचार प्रमुखः नवसाहित्य १० असोज । नगिता लेप्चा राईको हास्यव्यङ्ग्य कृति...

बूढा र रोकायलाई ‘नइ कपिल विद्यापदक’

संप्रस पौडेल समाचार प्रमुखः नवसाहित्य १० असोज । नइ प्रकाशनले २०८० सालको बाह्र कक्षाको परीक्षामा...

‘रुद्रघण्टी’ की कृतिकार गायत्री लम्साल; हास्यव्यङ्ग्यका ऊर्जावान लेखक

संप्रस पौडेल हास्यव्यङ्ग्य सर्जक पाठक प्रतिक्रियाःफेसबुकमा स्टाटस लेख्दै थिएँ- @Gayatri Lamsal...

प्रभासको ‘साँझमा सेल्फी’ पुस्तक सार्वजनिक

संप्रस पौडेल समाचार प्रमुखः नवसाहित्य असोज ६, नवसाहित्य । कवि तथा उपन्यासकार हेमप्रभासको कविता...

गजल मञ्चद्वारा दीपक गौतमका एकल गजल वाचन

नवसाहित्य डटकम असोज ५/नवसाहित्य अनलाइन ।गजल मञ्चका पूर्व अध्यक्ष दीपक गौतमको एकल गजल वाचन कार्यक्रम...

महाकाव्यकार मुना अर्याललाई ५१ हजार राशिको महालक्ष्मी साहित्य पुरस्कार

संप्रस पौडेल समाचार प्रमुखः नवसाहित्य असोज ५, नवसाहित्य ।मातृभूमि साहित्य समाज मकवानपुर र महालक्ष्मी...