संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

२८ भाद्र/नवसाहित्य । अतिरिक्त क्रियाकलापमार्फत् व्यक्तित्व विकासका निम्ति महत्वपूर्ण र प्रभावकारी अस्त्र मान्दै बालबालिकाकेन्द्रित क्रियाकलापलाई जोड गर्दै आइरहेको बालजागृति इङ्लिस सेकेण्डरी स्कुलले ६०औँ बालदिवसका पूर्वसन्ध्यामा सोहीअनुरूपका कार्यक्रमहरू सम्पन्न गरेको छ ।
यसै सन्दर्भमा प्रिन्सिपल विनोद सुवेदीले भन्नुभयो- उमेर सुहाउँदो र समय सापेक्ष ज्ञान दिनु बाहेक विद्यालयको अर्को महत्वपूर्ण काम भनेको हरेक विद्यार्थीको व्यक्तित्वको सबै आयामको विकास गर्नु हो।

अतिरिक्त क्रियाकलाप बिना कक्षा कोठाको सीमित पाठ्यवस्तु सिकाइले मात्र विद्यालय र विद्यार्थीको शिक्षाप्रतिको भोकलाई कदापि पुरा गर्न सक्दैन भन्ने आशयले विद्यालयभित्र सञ्चालित अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीहरूका शारीरिक मानसिक संवेगात्मक बौद्धिक नैतिक एवं चेतनामूलक ज्ञानको विकास गराउने उद्देश्यले ती कार्यक्रमहरू आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्ता क्रियाकलापहरूले विद्यार्थीहरूमा शारीरिक रुपमा चेतनशील बनाई नियमित अध्ययन अध्यापनलाई चुस्त एवं पूर्ण बनाउन मद्दत पुर्‍याउने उद्देश्यले विद्यालयले हरेक शुक्रबारलाई पुस्तकविहिन दिवस (बुकलेस डे) का रूपमा विविध क्रियाकलापहरू सञ्चालन गर्दै आइरहेको छ । विद्यालयमा शुक्रबारीय गतिविधिका रूपमा व्यवहारमूलक ज्ञान अन्तर्गतका दुना टपरी बनाउने, बाती (बत्ती) कात्ने, पराल/खोस्टाबाट चकटी बनाउने, प्रयोगपछि खेर गइरहेका प्लास्टिकजन्य वस्तुहरूबाट पुनः प्रयोगमा ल्याउन सकिने हस्तकलाका सामानहरू बनाउनुका साथसाथै योग, ध्यान, चित्रकला, खेलकुदअन्तर्गत बौद्धिक परीक्षण, स्क्र्याबल, टेबल टेनिस, बुद्धिचाल, लामो तथा छोटो दूरीको दौड, अभिव्यक्ति कला अन्तर्गत निबन्ध लेखन, वादविवाद, कविता लेखन, वक्तृत्व कला लगायतका अन्य थुप्रै क्रियाकलापहरू हरेक साता सञ्चालन हुँदै आइरहेका छन् प्रिन्सिपल सुवेदीले बताउनुभयो ।
हेटौडा २ बासुदेव मार्गमा अवस्थिति स्कुलले सीमित पाठ्यवस्तु सिकाइ शुक्रबार विविध प्रतियोगितात्मक कार्यक्रम आयोजना गरेको हो। कक्षा नर्सरी देखि कक्षा १० सम्म अध्यापन हुँदै आएको विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ३ सम्ममा बल पासिङ, छोटो तथा लामो दुरीको दौड, चित्रकला प्रतियोगिता लगायत अन्य प्रतियोगिताहरूको आयोजना भयो। कक्षा ४ देखि कक्षा ७ सम्मका विद्यार्थीहरूका बिच वक्तित्व कला प्रतियोगिता चित्रकला प्रतियोगिता बौद्धिक परीक्षण प्रतियोगिता दुना टपरी बनाउने प्रतियोगिता बुद्धिचाल प्रतियोगिता लगायत प्रतियोगिताका साथै कक्षा ९ र १० का लागि स्क्राबल प्रतियोगिता, धीमा गतिमा (स्लो स्पीड) साइकल दौड र टेबल टेनिस प्रतियोगिता सञ्चालन भयो । प्रतियोगिताहरूमा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान एवं पुरस्कार वितरण गरियो । साथै कक्षा ५ नेपाली विषय अन्तर्गत रहेर विद्यार्थीहरूले तयार पार्नुभएका परियोजना कार्यमध्ये उत्कृष्ट विद्यार्थीहरूलाई विषयगत शिक्षक रजनी पौडेलले हौसला स्वरूप केही पुस्तकहरूसमेत प्रदान गर्नुभयो।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

Section Title

ढुङ्गा : प्रकृतिको मौन गुरु/श्यामकुमार बानियाँ

नवसाहित्य डटकम गन्तव्यमा पुग्न हतारिएको थिएँ, ठेस लाग्यो । रन्थनिएँ । दाहिने गोडाको बुढी औँलोमा...

हेटौँडामा जनगायक जीवन शर्मा सम्मानित हुने

संप्रस पौडेल कवि/गजलकार/मुक्तककार/नियात्राकार १३ वैशाख २०८२ । नवसाहित्य अनलाइन । जनता अनि राष्ट्रको...

‘बहुरूपी’ को चर्चा

संप्रस पौडेल समाचार प्रमुखः नवसाहित्य १३ वैशाख २०८२, नवसाहित्य अनलाइन । “जोगीले खरानी घसेजस्तै...

सङ्गमको विशेष साधारणसभामा १२ कृतिकार सम्मानित

संप्रस पौडेल समाचार प्रमुख १३ वैशाख २०८२/नवसाहित्य । साहित्य सङ्गम मकवानपुरले १२ जना पुस्तकका...

सिस्नुपानी मकवानपुरमा चौलागाईँ मनोनित

नवसाहित्य डटकम बैशाख ६, मकवानपुर । नवसाहित्य अनलाइन । सिस्नुपानी नेपाल मकवानपुरले सङ्गीतकार प्रलय...

गजल मञ्च मकवानपुरमा सञ्जित श्रेष्ठको नेतृत्व

नवसाहित्य डटकम ६ बैशाख शनिबार । नवसाहित्य अनलाइन । गजल मञ्च मकवानपुरको २२३ औं नियमित गजल यात्रा तथा...

हेटौँडामा पारिजात स्मृति दिवस मनाइयो

५ बैशाख, शनिबार ।हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० मा रहेको साहित्यकार पारिजातको प्रतिमामा...

सङ्गमको नियमित सन्ध्यामा साङ्गितीक कार्यक्रम

चैत्र ९, शनिबार । साहित्य सङ्गम मकवानपुरको ३५३औँ नियमित साहित्य सन्ध्याको क्रममा साङ्गितीक कार्यक्रम...

लेखक सङ्घद्वारा हेटौँडा स्कुल अफ म्यानेजमेन्टका २ विद्यार्थीहरू पुरस्कृत

चैत्र २, हेटौँडा । नेपाली लेखक सङ्‌घ मकवानपुरको चौथो जिल्ला अधिवेशन शनिबार सम्पन्न भ‌एको छ । नवौँ...