संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

आश्विन १/नवसाहित्य ।
बागमती प्रदेश राजधानी हेटौँडामा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेका एकल हास्यव्यङ्ग्य कविता वाचन कार्यक्रम आयोजना गरिँदैछ । सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा असोज ३ गते हुने कार्यक्रममा गाम्नागेका चर्चित नयाँ पूराना कविताहरू वाचन हुनेछन् ।

सो दिन सिस्नुपानी नेपाल मकवानपुरको अधिवेशन समेत रहेकोले नयाँ कार्यसमिति गठन हुने संस्थाका अध्यक्ष राजकुमार लामिछानेले जानकारी दिनुभयो ।

मकवानपुरमा हास्यव्यङ्ग्य रचना लेखन, वाचन, क्यारिकेचर, प्यारोडी गायन, कार्टुन प्रदर्शनीका विविध कार्यक्रममा सक्रिय सिस्नुपानी मकवानपुरले हालसालै प्यारोडी गायन, स्ट्याण्डअप कमेडी, क्यारिकेचर, नाय प्रस्तुतिलगायतका गतिविधि समावेश गरी हास्यव्यङ्ग्यमय गाईजात्रा कार्यक्रम आयोजना गरेको थियो ।

हेटौँडा पार्टी प्यालेस, कमलडाँडामा बिहान ११:०० बजेदेखि सुरू हुने सो कार्यक्रममा स्रोताहरूको उल्लेख्य सङ्ख्या हुने अपेक्षा आयोजकले गरेको छ ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन