संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

आश्विन २/नवसाहित्य ।
कवि यश लामाका कवितासङ्ग्रह ‘बहिष्कृत आवाज’ असोज ५ मा एक कार्यक्रमबिच विमोचन हुन लागेको छ ।

विमोचन कार्यक्रममा वक्ताद्वयका रूपमा मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मान कुमारी नेपाली र डा. रामजी राम रहनुहुने लामाले बताउनु भएको छ । सङ्ग्रहमाथि विमर्श समेत रहेको कार्यक्रममा लामाले आफ्ना प्रतिनिधिमूलक कविताहरू वाचन गर्नुहुनेछ ।

विद्यार्थी कालदेखि नै कविता लेख्दै आउनुभएका कवि लामा निजगढ, बारा निवासी हुनुहु्न्छ । शिक्षण पेशामा आबद्ध लामाले करिब १० वर्ष अवधिमा लेखिएका ४५ वटा कविताहरूलाई ‘बहिष्कृत आवाज’ मा ६ खण्डमा विभाजन गरी समावेश गरिएको बताउनु भएको छ ।

कवि लामाका बारेमा एसके निधन भन्नुहुन्छ- “यश लामा सतही माटोको कविता लेख्दैनन् । माटो सुमसुम्याउछन, बासनाको स्वाद लिन्छन् र माटोको उर्वराशक्तिमा उर्जात्मकता थप्ने गरि कविता लेख्छन् । उनका कविता मान्छेमाथि हुँदैनन् । उनले ती अमान्छेमाथि बज्र हान्छन् जसले मान्छेलाई मान्छे हुन रोकिराखेका छन् ।”

कवि लामा र उहाँका कविताका सम्बन्धमा कवि निमेष निखिल भन्नुहुन्छ- “कोमल काव्यिक चेतनामा प्रतिरोधी स्वर सुसेल्ने युगसचेत कवि हुन् यश लामा । आफ्नोपनको महक बोकेका उनका कविताहरूमा शालिन विद्रोहको टड्कारो हुङ्कार पाइन्छ । नवीन बिम्ब, नवीन प्रतीक र नवीन काव्यिक शिल्पको निर्माणमा अघि बढ्दै गरेका लामा समयको क्यानभासमा क्रान्ति र विद्रोहको रातोपन पोत्न उत्सुक देखिन्छन् । भुइँमान्छेको पक्षधरता, समकालीन चेतनाको गुञ्जन, शिल्पसचेतता र किनारीकृतहरूसँगको सहयात्राको आग्रहले उनका कविताको धरातल बलियो बनेको छ । कवितामा यस प्रकारको वैचारिक स्पष्टताले लामालाई अरू समकालीनबाट सहजै छुट्याउँछ । उनको पहिलो सङ्ग्रह ‘बहिष्कृत आवाज’ लाई नेपाली समाजले यसैको साक्ष्यका रूपमा पाउने छ ।

अधिवक्ता तथा लेखक ऋषि केबी भन्नुहुन्छ- “यश लामालाई चिनेको छु, सुनेको छु, पढेको छु । त्यसैले पनि ‘बहिष्कृत आवाज’ चेतना र बिद्रोहको त्यो क्रान्तिकारी छलाङ् हो भन्ने मेरो आधार र कारणसहितको ठोकुवा हो ।”

सामाजिक विषयवस्तुलाई लिएर वहिष्करणमा परेकाहरूको आवाजका साथै विभेद र असमानताका विरूद्ध साहित्यिक लेखनबाट चिनिनु भएका लामा गजलमा समेत दख्खल राख्नुहुन्छ । साङ्ग्रिला बुक्सद्वारा प्रकाशित सो कवितासङ्ग्रह लामाको पहिलो पुस्तकाकार कृति विमोचन कार्यक्रम शनिबार बिहान ११:४५ मा रोयल पार्टी प्यालेसमा आयोजना हुनेछ ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

Section Title

मुक्तक मञ्च मकवानपुरको चौथो वार्षिकोत्सव, दोस्रो अधिवेशन एवं स्रष्टा सम्मान फागुन १६ मा

नवसाहित्य डटकम संवादाता हेटौँडा । नेपाली साहित्यको मर्मस्पर्शी विधा मुक्तकको श्रीवृद्धिका लागि...

गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

नवसाहित्य डटकम समाचारदाता गीतकार श्रीराम राईको नयाँ गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन...

मोनिटाइजमा महाराजको दिव्योपदेश

नवसाहित्य डटकम एकाबिहानै फेसबुकको एउटा “मोनिटाइजका लागि सहकार्य गरौँ” भन्ने ग्रुपमा राष्ट्रनायक...

पर्याकविता प्रतियोगितामा पौडेल, जोशी र किरण सिवा पुरस्कृत

संप्रस पौडेल समाचार प्रमुख पौष २६, नवसाहित्य । राष्ट्रिय पर्याकविता प्रतियोगिता २०८२ मा मकवानपुरका...

‘तेस्रो राष्ट्रिय पर्याकविता उत्सव-२०८२’ – बहस एवम् कविता प्रतियोगिता हुँदै।

नवसाहित्य डटकम समाचारदाता                हेटौँडा, २५ पुस । साहित्य सङ्गम मकवानपुरको ३९ औँ...

कवि नवराज पराजुली कविताका गुच्छाहरू लिएर कन्सर्टका क्रममा हेटौँडा आउँदै हुनुहुन्छ ।

२४ पुष, हेटौँडा । नेपाली कविता लेखन र वाचनमा छुट्टै पहिचान बनाउनुभएका कवि विशेषता युवा पुस्तामाझ...

डरलाग्दो अन्त्य मानव सभ्यताको

सुबास सजल कवि डरलाग्दो अन्त्य मानव सभ्यताको मलाईदर्दनाक लाग्दैन,बाघले मृग खाइरहेको दृश्य!...

अमेरिका ! ओ अमेरिका!

सुबास कवि अमेरिका ! ओ अमेरिका! अझै कति निर्दोषहरुको रगत पिएपछिमेट्ने हो तिम्रो, पूँजीवादको तिर्खा?...

“म”लाई आकार

सुबास सजल कवि “म” लाई आकार उडेर पुग्छन् अचानक गोप्य सूचना!प्रशासनको कानसम्म। आजकान्छामान...