- नवसाहित्य
संप्रस पौडेल
समाचार प्रमुख
३ असोज/नवसाहित्य ।
हास्यव्यङ्ग्य साहित्यको क्षेत्रमा क्रियाशील सिस्नुपानी नेपालको मकवानपुरको नवीन कार्यसमिति गठन भएको छ ।
बिहीबार सिस्नुपानी नेपाल मकवानपुरको पाँचौँ अधिवेशनबाट सर्वसम्मतरूपमा संस्थाको अध्यक्षमा संप्रस पौडेलको अध्यक्षतामा १० सदस्यीय समिति गठन भएको हो ।
संस्थाको उपाध्यक्षमा गोविन्द पौडेल, सचिवमा सुमार्गी हुमागाईं, कोषाध्यक्षमा शुभद्रा हुमागाईं, सहसचिवमा अमृता लामिछाने चयन हुनु भएको छ । सदस्यमा चिरञ्जीवी लामिछाने, स्वस्तिका दाहाल, अजर फुयाँल, बैकुण्ठ लामिछाने र सुबास सजल चयन हुनु भएको छ ।
सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको अध्यक्षतामा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेको ‘एकल हास्यव्यङ्ग्य कविता वाचन’ समेत गरिएको थियो ।





