- नवसाहित्य
नवसाहित्य डटकम
६ बैशाख शनिबार । नवसाहित्य अनलाइन । गजल मञ्च मकवानपुरको २२३ औं नियमित गजल यात्रा तथा चौथो अधिवेशन हेटौँडामा एक कार्यक्रमबिच सम्पन्न भएको छ । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यमा नियमित गजल यात्रा तथा अधिवेशन भएको हो ।
विशिष्ट अतिथि साहित्यकार तुलसी घिमिरे रहनुभएको सो कार्यक्रममा मकवानपुरका विभिन्न साहित्यिक संस्थाका प्रतिनिधि तथा अन्य साहित्यकारहरूको जमघट रहेको थियो।
कार्यक्रममा गजलकृतिका कृतिकारद्वय तुलसी घिमिरे र राम कार्कीलाई पनि सम्मान गरिएको छ ।
अधिवेशनबाट गजल मञ्च मकवानपुरको अध्यक्षमा सञ्जित श्रेष्ठ चयन हुनुभएको छ । हेटौँडामा भएको चौथो अधिवेशनले थाहा नगरपालिका वडा नम्बर २ का श्रेष्ठको नेतृत्वमा सात सदस्यीय कार्यसमिति चयन गरेको हो । गजल मञ्चको उपाध्यक्षमा हरिप्रसाद पौड्याल, सचिवमा कमल नेपाल, कोषाध्यक्षमा स्वस्तिका दाहाल, सहसचिवमा गौरी कँडेल चयन हुनुभएको छ भने सदस्यद्वयमा प्रविना प्रयासी र देव दुलाल चयन हुनुभएको हो । नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको रहने छ ।
गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको अध्यक्षता अधिवेशन भएको थियो ।
यसैबीच गजल मञ्च मकवानपुरले दुईजना गजलकारलाई सम्मान गरेको छ । २०७९ सालदेखि ८१ सालमा कृति प्रकाशन गर्ने दुई जनालाई मञ्चले सम्मान गरेको हो । गजल मञ्च मकवानपुरले तुलसी घिमिरेको ‘घामका फूलहरू’ र राम कार्कीको ‘तृप्ति गजल संग्रह’ गजल संग्रहका लागि सम्मान गरेको हो । कार्यक्रममा स्वस्तिका दाहाल, पुरुषोत्तम आचार्य, ईश्वर खड्का, राम कार्की, गौरी कँडेल, अनिल कोइराला, कमल नेपाल र सञ्जित श्रेष्ठले गजल वाचन गर्नुभएको हो ।
गजल मञ्च मकवानपुरका निर्वतमान अध्यक्ष देवराज तिवारी, साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डिबी बर्तौला, गजल मञ्च मकवानपुरका पूर्वअध्यक्ष दीपक गौतम, मुस्कान तिमल्सिना र साहित्यकार शान्ति प्रियबन्दनाले शुभकामना मन्तव्य राख्नु राखेका थियो ।
कार्यक्रममा ईश्वर खड्काले वाद्यवादनसहित गजल गायन गर्नुभयो ।
साहित्य सङ्गम तथा सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त भवनमा आयोजित कार्यक्रमलाई संस्थाका सचिव तथा हालका उपाध्यक्ष हरि पौड्यालले सहजीकरण गर्नुभएको हो।






