- नवसाहित्य

संप्रस पौडेल
समाचार प्रमुखः नवसाहित्य
१३ वैशाख २०८२, नवसाहित्य अनलाइन । “जोगीले खरानी घसेजस्तै गेहुँको ऑटा घसेर सेतो देखिएपछि मात्र नागरिकताको सिफारिसमा तोक लाग्छ भने म खेतमा धान लगाउँदिन मालिक पूरा साल म गेहुँमात्र उगाउँछु !”
०००
युवा लेखक श्रेयज सुवेदीको पहिलो पुस्तक ‘बहुरूपी’ को चर्चा चुलिएको छ । गत हप्ता देशको राजधानीका ७ ठाउँबाट एकसाथ सार्वजनिक ‘बहुरूपी’ कथासङ्ग्रह हो भने यसका कृतिकार हुन् श्रेयज सुवेदी । पाठकहरूसँगको अन्तरक्रिया, पुस्तक हस्ताक्षर र बिक्रीसँगै पुस्तक सार्वजनिक पुस्तकको प्रचारप्रसार फिल्मको बजारीकरण गरेजस्तै शैलीमा भएको थियो ।
सधैं शान्त बस्न रूचाउने श्रेयज घुमन्ते पनि हुन् । विभिन्न भुगोल र समाजको अध्ययन गर्नमा रूची राख्ने श्रेयजका यथेष्ट फुटकर कथाहरू प्रकशित भइरहेका छन्। त्यसो त २०७८ मा बाह्रथरी कथा प्रतियोगितामा उत्कृष्ट २५ मा समावेश उहाँको कथा लेख्ने शैलीले पाठकहरूलाई भिन्न स्वाद पस्कने गरेको पाइन्छ । त्यसो त २०७७ को सोही प्रतियोगितामा श्रेयजको कथा ‘बेजोडा’ ले दोस्रो स्थान प्राप्त गरेको हो ।
‘मेरा कथामा मेरै शैलीको मेरैपन भएकोले केही फरक होस् भन्ने थियो, आजको लोकार्पणले त्यसको शुरूवात भएको छ।’ भन्ने श्रेयज हेटौँडाका स्थायी बासिन्दा हुनुहुन्छ भने हाल काठमाडौँमा बस्नुहुन्छ ।
कथावाचनको परम्परागत शैलीभन्दा भिन्न रहेर ६ वटा खण्डमा विभाजन गरिएका १५ वटा कथाहरू बहुरूपीमा रहेका छन् । ती हरेक कथाले मधेशको जीवन, प्रकृति, भूगोल, भाषा र स्थानीयपनलाई बोक्नुका साथै युवाका मनोविज्ञान, सपना र भोगाइलाई आकर्षक शैलीमा प्रस्तुत गरिएको लेखकले नवसाहित्य अनलाइनलाई बताउनुभयो ।
बुकहिलका भुपेन्द्र खड्का लेख्नुहुन्छ- “सबैतिर उज्यालोकै खोजी छ ! सायद नेपाली साहित्यमा श्रेयज सुवेदी नव-उज्यालो हुन सक्छन् ।”
बुकहिल प्रकाशनले बजारमा ल्याएको हो भने पुस्तकको आवरण कवि तथा कलाकार रसिकराजले तयार गर्नुभएको हो । प्रकाशनले आफ्नो महत्त्वाकांक्षी पुस्तकको रूपमा सार्वजनिक गरेको २२८ पृष्ठको पुस्तकको बजार मूल्य ५५५ रूपैयाँ रहेको छ। त्यसो त थुप्रै डट कमले E-book मूल्य २२५ रुपैयाँ राखेको छ ।
०००
श्रेयज सुवेदीका निकै पढिएका लेखहरूः
– उ-हारी कि बुहारी (अन्नपूर्ण, २०७६)
https://annapurnapost.com/story/132522/
– कर्पोरेट कुकर : जहाँ तलबभन्दा बढी तनाव थापिन्छ (नयाँ पत्रिका राष्ट्रिय दैनिक, २०७७)
https://jhannaya.nayapatrikadaily.com/news-details/1087/2020-08-22
– पर-सरी (अन्नपूर्ण, २०७६)
https://annapurnapost.com/story/137011/
– नजन्मेको विरोध (सेतोपाटी, २०७७)
https://www.setopati.com/literature/204199
– खच्चडसँगै खप्तड (सेतोपाटी, २०७४)
https://www.setopati.com/new-news/64763
– एसिडको सिड (साहित्यपोस्ट,
https://sahityapost.com/sifarish/samaj/12528/