Home Blog Page 29

राष्ट्रिय कविता महोत्सव–२०८१ का लागि कविता आह्वान ।

१८ बैशाख, मकवानपुर ।
नवसाहित्य अनलाइन । नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव–२०८१ का लागि कविता आह्वान गरेको छ ।

प्रतिष्ठानको ६७औं वार्षिकोत्सवको अवसरमा हुने कविता महोत्सवका लागि कविता आह्वान गरिएको हो ।

कविता महोत्सवमा समावेशी सहभागितामूलक र बहुभाषिक हुने भएकाले सबै भाषा/मातृभाषाका कविता मान्य हुने प्रतिष्ठानले जनाएको छ ।

सूचना‌अनसार मातृभाषामा पठाएका कविताको नेपाली अनुवाद भने अनिवार्य हुनुपर्नेछ । यस्तै कविता पूर्णतः मौलिक तथा राष्ट्रिय कविता महोत्सव–२०८१ सम्पन्न नभएसम्म कुनै पनि छापा तथा विद्युतीय माध्यमबाट प्रकाशित गर्न पाइने छैन । साथै, म्याद नाघी आएका तथा तोकिएको मापदण्डविपरीत रहेका कवितालाई महोत्सवको मूल्याङ्कनमा समावेश गरिने छैन ।

कविता पठाउँदा कविहरूले आफ्नो प्रदेशसहितको ठेगाना खुलाई हालसालै खिचिएको एकप्रति पासपोर्ट साइज फोटो र सम्पर्क नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ सूचनामा उल्लेख गरिएको छ ।

प्राप्त कविताहरूमध्येबाट उत्कृष्ट १० कवितालाई असार ९ गते आयोजना हुने प्रतिष्ठानको ६७औं वार्षिकोत्सवमा ३० हजार रुपियाँसहित कदरपत्र प्रदान गरिने र कविता kavitamahotsav2081@gmail.com मा जेठ २२ गतेसम्म पठाउन सकिने आयोजकले जानकारी दिएको छ ।

किशन पौडेलकृत अंतरद‍ृष्टिका ३ लघुकथाहरू

समकालीन नेपाली साहित्य क्षेत्रका सक्रिय साहित्य सर्जक हेटौँडा उपमहानगरपालिका-४ निवासी किशन पौडेल कविता, कथा, गजल, मुक्तक, हाइकु आदि लेखनमा कलम चलाउनुहुन्छ । लघुकथा चौतारी मकवानपुरका संयोजक पौडेलको हालसालै लघुकथा सङ्ग्रह ‘अंतर्दृष्टि’ प्रकाशन भएको छ । भारतबाट प्रकाशित यस पुस्तक नेपालीमा समेत अनुवाद भइसकेको छ भने बङ्गाली र आसामी भाषामा समेत प्रकाशन भएर देशबाहिरका पाठकहरूले अध्ययन गरिरहनु भएको छ । यस सङ्ग्रहभित्र ३८ लघुकथाहरु समावेश छन् जसमा राजनीति, धर्म, मानवीय आकाङक्षालगायतका विषयवस्तुहरूको प्रचुरता पाइन्छ । हालसालै रामहरी-देबु सम्मान २०८० ले सम्मानित उहाँका हिन्दी भाषामा लिखित लघुकथा सङ्ग्रह ‘अंतर्दृष्टि’ मा सङ्ग्रहित केही लघुकथाहरू प्रस्तुत गरिएको छ ।

३ लघुकथाहरू

आशीर्वाद

उसे ऊपर पहुँचना था। उसने एक आशाजनक चाकरी की सीढ़ी देखी। अपना सिर झुका कर बोला-
‘प्रभु! मेरे लिए अवसर का द्वार खोल दीजिए।’
‘ठीक है ऊपर चढ़ लो ।´

उसे मालिक का आशीर्वाद मिल गया । वह अपने विवेक पर लगाम लगाकर एक सीढी ऊपर चढ़ गया।
ऊपर उसने मीठे अंगूरों का एक गुच्छा देखा और लालच का लंबा हाथ बढ़ाकर कहा-
‘जनाब मुझे वहाँ तक पहुँचना है!’
‘पकड़ लो हाथ।’
उसने चापलूसी की रस्सी पकड़ी और ऊपर चढ़ गया।
ऊपर जाकर वह जीवन के रंग-बिरंगे सपने देखने लगा। ऊँची उड़ान भरने की चाहत में अपने महत्वाकांक्षी पंखों को फड़फड़ाते हुए बोला – ‘महोदय! मुझे शिखर पर पहुँचना है, कृपा करें।’
-‘बेशक!’
उसे आशीर्वाद मिला।
वह अपनी निष्ठा को रौंदते हुए शिखर पर पहुँच गया।

वहाँ उस जैसे अवसरवादी अपनी नैतिकता को दाँव पर लगा रहे थे।
उसने पूछा – मालिक ‘अब मैं क्या करूँ?’
-‘दे दो बलिदान।’
उसने अपनी नैतिकता का बलिदान किया और अवसर की खिड़की से अन्दर कदम रखकर ईमान का दरवाजा बन्द कर लिया।
ऊँचे शीशमहल के भीतर धीरे-धीरे उतरते हुए उसने शीशे में अपना चेहरा देखा। स्वाभिमान का सिर नहीं था।
°°°

मृत्यु का भय

डॉक्टर ने ब्लड-रिपोर्ट देखने के बाद उसके चेहरे को गंभीरता से निहारा और कहा-
‘तुम्हें ब्लड कैंसर है। यहाँ इलाज संभव नहीं है। जल्द से जल्द किसी अच्छे अस्पताल में जाकर अपना इलाज करवाओ।’

डॉक्टर के इस सुझाव और खून की रिपोर्ट के बारे में जानकार वह चिंता में पड़ गया। उसके होंठ, मुँह और तालू अचानक सूख गए। हाथ-पैर धीरे-धीरे सुन्न पड़ने लगे। यह उसके लिए अकल्पनीय था।

दो-चार दिन पहले शरीर में हल्का दर्द महसूस होने पर वह फुल बॉडी चेकअप कराने के इरादे से पास के एक निजी अस्पताल में गया था। उसे उम्मीद नहीं थी कि ऐसी अकल्पनीय रिपोर्ट आएगी।

वह अपनी रिपोर्ट लेकर सोच में डूबा हुआ अस्पताल से निकलकर सड़क पर आगे बढ़ने लगा। सुबह जिस जोश और उत्साह के साथ घर से निकला था, अब वह नहीं था। उसके हाथ-पैर थके हुए थे।

घर के नन्हे-मुन्नों को याद कर उसका मन उदास हो उठा। मरने के बाद उनकी देखभाल कौन करेगा? पत्नी घर कैसे चलाएगी? शादी हुए अभी पाँच साल ही हुए हैं। इसी तरह की निराशा भरी बातें सोचता हुआ वह किसी तरह घर तक पहुँचा।

बच्चे एक-दूसरे के गले लगकर खुशी से झूम उठे, ‘पापा आ गए… पापा आ गए।’
‘क्या हुआ आपको?’ पत्नी ने आश्चर्य से पूछा परंतु वह कुछ नहीं बोल पाया और जाकर कुर्सी पर चुपचाप बैठ गया। उसे अपनी आँखों के सामने साक्षात मृत्यु नजर आ रही थी और भय के बादल उसके आसपास मँडराने लगे। अपनी देह में उसे असहनीय पीड़ा महसूस हो रही थी।

तभी उसके मोबाइल की घंटी बजी। उसे उठाने की हिम्मत भी नहीं कर पा रहा था । दो-तीन बार घंटी बजने पर आखिरकार उसने मोबाइल उठाया ।

‘नमस्ते! मैं लाइफ केयर हस्पिटल से बोल रहा हूँ। क्षमा करें, आप जो रिपोर्ट ले गए थे वह भूलवश बदल गई थी।`
°°°

रहस्य के परदे

देखते-देखते ही सोमनाथ ने महँगी गाड़ी खरीद ली और शहर में आधुनिक दो मंजिला मकान भी बनवा लिया था।
मैं उसका रहन-सहन देखकर आश्चर्यचकित था। उसकी शानोशौकत बिल्कुल अलग हो चुकी थी।
कुछ साल पहले तक हमदोनों एक ही मकान में डेरा लेकर साथ ही रहा करते थे। उनकी और मेरी नौकरी में वेतन भी एक ही जैसा था। सस्ते कपड़े और रूखा-सूखा खाकर भी हम सन्तुष्ट थे।
देखते-देखते वह समृद्धि के शिखर पर पहुँच गया। तरक्की लेकर अब एक बड़ा अधिकारी भी बन चुका था।
तनख्वाह मिलती है पर बचत नहीं हो पाता है। घर-दफ्तर का जीवन बड़ी कठिनाई से गुजर रहा है।
दोस्त सोमनाथ इतनी अमीरी के शिखर तक कैसे पहुँचा होगा? उसके असाधारण जीवन को देखकर मुझे ताज्जुब हो रहा था।
एक दिन उसने मुझे एक महँगे रेस्टोरेंट में डिनर पर आमंत्रित किया। उसकी वेशभूषा, हावभाव अजीब से लग रहे थे। मेंने अपनी मन की बात और जिज्ञासा उसके सामने रखी।
‘दोस्त, मुझे भी इस तरक्की का रहस्य बताओ ताकि मेरी हालत भी सुधर जाए।’
वह मेरे कान के पास आया और गर्व से बोला-
‘ये सभी उपलब्धियाँ मैंने अपने तीन अभिन्न मित्रों की मदद से हासिल की है।’
मेंने उत्सुकता से मित्रों का नाम पूछा। वह कह रहा था-
‘चाकरी, चापलूसी और भ्रष्टाचार।’

कहर गजल सङ्ग्रह, खुसी लघुकथा सङ्ग्रह, विश्व लघुकथा सङ्ग्रह (हिन्दी र बङ्गाली) लेखिसक्नु भएका उहाँको मुक्तक सङ्ग्रह अन्तरध्वनी प्रकाशोन्मुख रहेको छ । उहाँका संयुक्त गजल सङ्ग्रह हैसियत र संयुक्त कविता सङ्ग्रह अभिव्यञ्जना प्रकाशन भएका छन् । साहित्य सङ्गम, मातृभूमि साहित्य समाजलगायत संस्थामा आबद्ध भइसक्नु भएका उहाँका विभिन्न पत्रपत्रिकामा प्रशस्त फूटकर रचनाहरू प्रकाशित छन् ।

विभिन्न ९ जना व्यक्तित्वलाई सम्मान गर्दै आँचलको वृहत साहित्यिक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न ।

मकवानपुरका महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्जले विभिन्न ९ जना व्यक्तित्वलाई सम्मान गरेको छ । शनिबार बिहान हेटौँडामा एक समारोहका बीच नवप्रतिभा सम्मानबाट स्वस्तिका बानियाँ, ईश्वर लम्साल स्मृति पत्रकारिता पुरस्कारबाट सरिता शशी, तुलसीमाया श्रेष्ठ युवा प्रतिभा पुरस्कारबाट दीपक गौतमलाई सम्मान गरिएको छ ।

यस्तै आँचलले प्रतिभा धिताल छन्द सम्मानबाट नुवाकोटकी सुमित्रा सुमी, टीकादत्त–मायादेवी–कुलकुमारी साहित्य सम्मानबाट पोखराकी प्रभा बराल, अप्सरा तिमल्सिना स्मृति साहित्य सम्मानबाट डा. नेत्र एटम सम्मानित हुनुभएको छ । यस्तै आँचल सम्मान–२०८० बाट हरिवंश भेटुवाल, बालकुमारी–जगन्नाथ भेटुवाल स्मृति साहित्य सम्माबाट रेनुका जिसी र मंगलादेवी श्रेष्ठ बाल प्रतिभा सम्मानबाट प्रसिद्धी लामिछाने सम्मानित हुनुभएको छ ।

आँचलकी अध्यक्ष भावना सापकोटाको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यमा सम्मान समारोह भएको हो । सम्मानित साहित्यकारहरुले सम्मानपछि रचना वाचन समेत गरेका थिए । आँचलले वृहत साहित्यिक तथा साँस्कृतिक कार्यक्रमअन्तर्गत कविता, गजल र मुक्तक वाचनको कार्यक्रम समेत राखेको छ । यस्तै समकालीन नेपाली साहित्यमा लैंगिक चेतसम्बन्धी बहसका साथै अन्तरविद्यालयस्तरीय एकल गायन प्रतियोगिता समेत आयोजना हुँदैछ ।

मेयर बालेनको कविता सङ्ग्रह शनिबारदेखि बजारमा

१५ बैशाख, मकवानपुर
नवसाहित्य अनलाइन । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले कविता सङ्ग्रह ‘अश्र’ सार्वजनिक गर्नु भएको छ । शुक्रबार जन्मदिनको अवसरमा सार्वजनिक कवितासङ्ग्रहभित्र १ सय ९५ कविताहरू रहेका छन् ।

सङ्ग्रहको पहिलो खण्डमा प्रेम, दोस्रोमा प्रेम–वियोग, तेस्रोमा राजनीति र चौथोमा दर्शनसम्बन्धी छोटा–छोटा कविता समावेश भएका छन् ।

सामाजिक सञ्जालमा शुक्रबार पुस्तकको तस्बिर सार्वजनिक गर्दै मेयरले जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवादसमेत दिनु भएको छ ।

पुस्तकमा हरेक पृष्ठमा कवितासँग मिल्दा स्केच समेत समावेश गरिएका छन् । यस पुस्तकलाई बुकहिल पब्लिकेसन प्रालिले प्रकाशन गरेको हो । पुस्तकका सम्बन्धमा बुकहिल प्रकाशनका भुपेन्द्र खड्काले मेयर बालेन शाहको कवि अवतार ‘अश्र’ बाट पदार्पण भएको उल्लेख गर्नु भएको छ । ६ सय ६६ रुपैयाँ मूल्यको यस पुस्तक शनिबारदेखि बजारमा उपलब्ध हुने बालेनले सामाजिक सञ्जालबाट जानकारी दिनु भएको छ ।

विद्यालयस्तरीय एकल गायन प्रतियोगिता: नाम दर्ता बिहीबारसम्म

११ बैशाख, मकवानपुर
नवसाहित्य अनलाइन ।
मकवानपुर । आँचल साहित्य कला पुञ्ज, मकवानपुरले विद्यालयस्तरीय एकल गायन प्रतियोगिता गर्ने भएको छ । हेटौँडा उपमहानगरपालिकाको सहयोगमा चैत १५ गते शनिबार एकल गायन प्रतियोगिता हुने भएको हो ।

वृहत् साहित्यक साँस्कृतिक कार्यक्रमसहित हुने गायन प्रतियोगितामा जिल्लाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुले सहभागिता जनाउन सक्ने अध्यक्ष भावना सापकोटाले जानकारी दिनु भएको छ ।
प्रतियोगीहरुले नेपालीपन झल्किने, सन्देशमूलक स्वदेशगान तथा आधुनिक गीत गाउनु पर्ने उहाँले बताउनु भएको छ । प्रतियोगितामा एउटा विद्यालयबाट २ जना विद्यार्थीहरुले सहभागिता जनाउन सक्ने प्रतियोगितामा सहभागिताका लागि बैशाख १२ गते बिहीबारसम्म नाम दर्ता गराइसक्नुपर्नेछ ।

विजेताहरू प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ८ हजार, ६ हजार, ४ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगितामा गायनका साथसाथै स्रष्टा सम्मान, बहस र रचना वाचन कार्यक्रमसमेत हुनेछ ।

आँचलले ९ स्रष्टाहरुलाई एकसाथ सामान गर्ने ।

१० बैशाख, मकवानपुर
नवसाहित्य अनलाइन ।  आँचल साहित्य कला पुञ्ज मकवानपुर मकवानपुरमा रहेको महिलाहरूको कृयाशील संस्था हो । वि. सं. २०६९ सालमा स्थापना भएको यस संस्थाले मकवानपुरमा रहेर विभिन्न साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ । हरेक महिनाको तेस्रो शनिबार नियमित भेटघाटको कार्यक्रम अन्तर्गत महिलाहरू मात्र जम्मा भएर साहित्यिक गतिविधि सञ्चालन गर्दै आइरहेको यस संस्थाले वर्षमा चारओटा वृहत कार्यक्रम गर्दै आइरहेको छ । यस संस्थाले हरेक वर्ष नौ जना श्रष्टालाई फरक फरक सम्मान तथा पुरस्कार प्रदान गर्ने गरेको छ ।

आँचल साहित्य कला पुञ्जले घोषणा गरेको सम्मान तथा पुरस्कारहरू
१) बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मानः –२०८०
समाजसेवी हरिवंश भेटवाल र उहाँकी धर्मपत्नी बिजुला भेटवालले आफ्नो मातापिताको नाममा स्थापना गर्नुभएको बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान– रेणुका जि.सी.का लागि लाई प्रदान गर्ने निर्णय भएको छ । उहाँलाई रु १०००१/– राशि र सम्मानपत्रसहित सम्मानित गरिने छ । १ लाख २५ हजारको अक्षयकोष स्थापना गरेर सुरुवात गरिएको यो सम्मान २०७४ सालमा स्थापना भएको हो । साहित्यमा कलम चलाउने नारी साहित्यकारलाई मात्र दिइने यो सम्मानबाट २०७४ मा कवि प्रतिमा पाठक, २०७५ मा साहित्यकार रुकु कार्की, २०७६ मा साहित्यकार डा. विन्दु शर्मा २०७७ मा समालोचक / कवि ज्ञानु अधिकारी, २०७८ मा मकवानपुरे साहित्यिक साहित्यकार तथा साहित्यिक संगठक तीर्थदेवी सिलवाल, २०७९ मकवानपुर, हेटौँडा–८ निवासी कवि तथा गजलकार बवी थापालाई प्रदान गरिएको थियो । यो सम्मान आँचलमा संस्थामा स्थापना भएको अक्षयकोष सहितको पहिलो सम्मान हो ।

२) प्रतिभा धिताल छन्द पुरस्कार–२०८०
आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक अध्यक्ष मुना अर्यालले आफ्नी दिदी प्रतिभा धितालको नाममा स्थापना गर्नु भएको प्रतिभा धिताल छन्द पुरस्कार– २०८० नुवाकोट निवासी सुमित्रा सुमीलाई प्रदान गर्ने निर्णय भएको छ । रु १ लाख अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष छन्दमा कलम चलाउने नारी साहित्यकारलाई यो पुरस्कार प्रदान गरिने छ । रु. १० हजार १ (दशहजार एक) राशिको यो पुरस्कार २०७५ सालमा स्थापना भएको हो । यो पुरस्कारबाट साहित्यकार २०७५ मा बुनु लामिछाने २०७६ मा प्रभा भट्टराई, २०७७ मा नवलपरासी निवासी कृष्णदेवि शर्मा, २०७८ मा भुषिता वशिष्ठ, २०७९ इटहरीकी टीका आत्रेयलाई सम्मानित भइसक्नु भएको छ ।

३) ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान –२०८०
आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष स्वर्गीय अप्सरा तिम्सिना लम्साल तथा छोरा प्रकाश लम्सालले आफ्नो ससुराबा/बुबाको नाममा स्थापना गर्नु भएको ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान–२०८० मकवानपुरे पत्रकारितामा लामो समयदेखि निरन्तर क्रियाशील पत्रकार सरिता दाहाललाई प्रदान गर्ने निर्णय भएको छ । १ लाख रुपैयाँको अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष पत्रकारिताको क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्तिलाई यो सम्मान दिइँदै आएको छ । २०७५ सालमा स्थापना भएको यो सम्मानमा रु. ७५००/– सहित सम्मानपत्रले सम्मानित गरिने छ । २०७५ सालमा स्थापनाभएको यो सम्मानबाट २०७५ मा अग्रज पत्रकार कौशल पाण्डे, २०७६ मा नवराज शर्मा, २०७७ मा प्रताप विष्ट, २०७८ मा कृष्णराम परियार, २०७९ मा राममणि दाहाल सम्मानित भइसक्नु भएको छ ।

४) टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०८०
साहित्यकार रुकु कार्कीलगायत उहाँको बहिनीहरू प्रमिला शर्मा, अम्बिका उप्रेती, अन्जु उप्रतीले आफ्ना स्वर्गीय पिता तथा माताद्धयको नाममा स्थापना गर्नु भएको टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०८० काठमाडौँ निवासी साहित्यकार प्रभा बराललाई प्रदान गरिने भएको छ । रु. ११,१११ राशी र सम्मानपत्र सहित सम्मानित गरिने छ । १ लाख ५० हजारको अक्षयकोष स्थापना गरेर सुरुवात गरिएको यो सम्मान २०७६ सालमा स्थापना भएको हो । यो सम्मानबाट २०७६ मा कवि ललिता दोषी, २०७७ मा कवि निमेष निखिल, २०७८ र देवराज खरेल, २०७९ मा साहित्यकार माधव पोखरेल सम्मानित भइसक्नु भएको छ ।

५) अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान–२०८०
आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष तथा २०७३ देखि २०७५ सम्म अध्यक्षको कार्यभार सम्हाल्नु भएकी स्वर्गीय अप्सरा तिम्सिनाको नाममा उहाँका मातापिता गजाधर तिम्सिना तथा यशोधरा तिम्सनाले स्थापना गर्नुभएको अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान २०८० साहित्यकार नेत्र एटमलाई प्रदान गरिने भएको छ । रु. १ लाख ९० हजार रुपैयाँको अक्षयकोषको प्राप्त व्याजबाट प्रत्येक वर्ष साहित्यको क्षेत्रमा विशेष योगदान पुर्‍याउनु हुने व्यक्तिहरुलाई रु. १५,००१ /–राशीसहित सम्मान प्रदान गरिने छ । । यो सम्मानबाट २०७६ मा मकवानपुरे साहित्यकार आरसी रिजाल, २०७७ काठमाडौं निवासी कवि प्राज्ञ लक्ष्मी माली, २०७८ मा चितवन निवासी साहित्यकार सरिता तिवारी, २०७९ मा आख्यानकार माया ठकुरी सम्मानित भइसक्नु भएको छ ।

६) मंगलादेवि श्रेष्ठ बाल प्रतिभा पुरस्कार सम्मान–२०८०
शिक्षासेवी देवप्रसाद श्रेष्ठले स्थापना गर्नु भएको मंगलादेवि श्रेष्ठ बाल प्रतिभा पुरस्कार–२०८० बालजागृति इङलिस स्कुलकी प्रसिद्धी लामिछानेलाई प्रदान गर्ने निर्णय गरिएको छ । नगद ३ हजार ५ सयसहित सम्मानपत्रबाट सम्मानित गरिने यो सम्मान २०७६ सालबाट प्रदान गरिएको हो । यो पुरस्कारबाट २०७६ मा त्रिभुवन मावि हटियाका २०७७ मा अमर माविका प्रज्वल ढुंगाना, २०७८ मा बालजागृत सेकेन्डरीका ऋत्विक केबी, २०७९ मा जि.एस. निकेतनमा अध्ययनरत समर्पण न्यौपाने सम्मानित भइसक्नु भएको छ । यो पुरस्कार विद्यालय तहमा अध्ययनरत विशेष प्रतिभा भएका विद्यार्थीहरूलाई प्रदान गरिने गरिएको छ ।

७) मुक्ति–तारा नवप्रतिभा सम्मान–२०८०
साहित्यसेवी मुक्तिगोविन्द वैद्य तथा उहाँकी धर्मपत्नी तारादेवी वैद्यले २०७७ मा स्थापना गर्नु भएको मुक्ति–तारा नवप्रतिभा सम्मान–२०८० मकवानपुरे नवप्रतिभा स्वस्तिका बानियाँलाई प्रदान गर्ने निर्णय भएको छ । २०७७ सालबाट प्रदान गर्न लागिएको यो सम्मानमा ५ हजार १ रुपैयाँ राशीसहित सम्मानपत्र रहेको छ । यो पुरस्कारबाट २०७७ मा मकवानपुरे नवप्रतिभा प्रसिद्धिका लम्साल, २०७८ मा प्रसन्ना चौलागाइ, २०७९ मा कृतिका लौडारी सम्मानित भइसक्नु भएको छ ।

८) सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान– २०८०
समाजसेवी चन्द्र किरण श्रेष्ठ र उहाँकी धर्म पत्नी मेनुका शर्माले आफ्ना २०७७ मा स्थापना गर्नुभएको सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान– २०८० साहित्यकार दीपक गौतमलाई प्रदान गरिने भएको छ । २०७७ सालबाट प्रदान गर्न लागिएको यो सम्मानमा १० हजार १ रुपैयाँ राशीसहित सम्मानपत्र रहेको छ । यस सम्मानबाट २०७७ मा कवि सुवास खनाल, २०७८ मा कवि छवि अनित्य, २०७९ मा मकवानपुरका बाँसुरीवादक विष्णु बहादुर विश्वकर्मा सम्मानित भइसक्नु भएको छ ।

९) आँचल सम्मान – २०८०
आँचल साहित्य कला पुञ्जले प्रदान गर्ने गरेको आँचल सम्मान २०८० मकवानपुरमा रहेर निरन्तर रुपमा साहित्य श्रीवृद्धिका लागि योगदान गर्नु हुने सामाजिक व्यक्तित्व/साहित्यसेवी हरिवंश भेटवाललाई प्रदान गरिने भएको छ । संस्थाको अक्षयकोक्ष स्थापना गरेर सहयोग गर्नुका साथै आफूलेसमेत अक्षयकोष स्थापना गरेर आँचललाई संस्थागत गर्न सघाउ पुर्‍याउनु भएकाले उहाँप्रति कदर भावका साथ यो सम्मान गर्न लागिएको हो आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाले जानकारी दिनु भएको छ ।

लघुकथाको ६० औं शृङ्खला सम्पन्न

८ बैशाख, पाेखरा
नवसाहित्य अनलाइन ।

लघुकथा प्रतिष्ठान पोखराको नियमित रचनावाचनको ६० औँ शृङ्खला शनिबार पोखरामा सम्पन्न भएको छ ।

प्रतिष्ठानका कार्यवाहक अध्यक्ष कल्याण पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै संस्थाका आजिवन सदस्य तथा लघुकथाकार विष्णु बास्तोलाले संख्यात्मक भन्दा पनि गुणात्मक सिर्जनाले लेखनको सार्थक रुप लिने भन्दै शुभकामना मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा साहित्यकार अल्पबिराम पोखरेली, कल्याण पन्त, स्ट्रगल राना, काजी गाँउले, पशुपति श्रेष्ठ, शोभा लामिछाने, ढाकामोहन बराल, तेजबहादुर गुरुङ लगायतले लघुकथा वाचन गरेका थिए ।

संस्थाका सचिव अमृतले सञ्चालन गरेको कार्यक्रममा सदस्य विष्णु बास्तोलाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

सङ्गमद्वारा एकै मञ्चमा १४ लेखकहरू सम्मानित

८ बैशाख, मकवानपुर
नवसाहित्य अनलाइन । साहित्य सङ्गम मकवानपुरले वर्ष २०८० भित्र पुस्तक प्रकाशन गराएका लेखकहरूलाई एकै मञ्चमा सम्मान गरेको छ ।
सम्मानित स्रष्टाहरूको पुस्तक र नामावली यसप्रकार रहेको छः
१) माटोको मोह- तुलसी घिमिरे
२) महाकाश- मुना अर्याल
३) अकिञ्चनका आर्तहरू- देवराज खरेल
४) घुम्दै फिर्दै- जनार्दन खनाल
५) अनुत्तरित प्रश्न- समीर पाख्रिन
६) जुनेली- पुरूषोत्तम आचार्य
७) बैङ्किङ क्षेत्रमा बढेका पाइलाहरू- सुदर्शन अधिकारी
८) अन्तर्दृष्टी- किशन पौडेल
९) व्यथाभित्रको कथा- श्यामप्रसाद श्रेष्ठ
१०) म कथा भन्छु नि ल- सिएम रिमाल
११) हार्न नसक्ने मान्छे म- गणेशकुमार तिमल्सिना
१२) प्रारम्भिक संस्कृत व्याकरण- उदिम पन्त
१३) पल्लवित पाइला- कृशु अर्याल
१४) मेकिङ इट इजी- आदर्श पौडेल

साहित्य सङ्गमका उपाध्यक्ष सानु खनालले स्वागत गर्नु भएको कार्यक्रममा कान्छी स्रष्टाका रूपमा अनुशुया खनालले बालोरी छन्दको कविता वाचन गर्नुभयो । राजबहादुर बुढा, राजकुमार चौधरी, एलिजा ढकाल, ऋषिराम पाण्डे, स्वस्तिका दाहालले कविता वाचन गर्नु भयो भने मसान उपासक, देवराज तिवारीले र देवराज खरेलले गजलका साथै सुबास सजलले मुक्तक वाचन गर्नुभयो । सम्मानित स्रष्टाहरूले रचना वाचन तथा मन्तव्य राख्नु भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले कार्यक्रम आयोजकहरूले समय व्यवस्थापन र उद्देश्यअनुरूप कार्यक्रमलाई छोटो छरितो बनाउनु आग्रह गर्दै सम्मानित स्रष्टाहरूलाई शुभकामना दिनुभयो ।

प्रमुख अतिथि नवराज शर्मा तिमल्सिनाले पुस्तक प्रकाशन गराएका स्रष्टाहरूलाईज्ञ सम्मान गर्ने परम्पराले अन्य पुस्तक लेखन र प्रकाशनमा हौसला मिल्ने जानकारी दिनुभयो ।

सभाध्यक्ष तथा सङ्गमका अध्यक्ष डीबी बर्तौलाले सम्मानित स्रष्टाहरूलाई सम्मान गर्ने अघिल्लो कार्यसमितिदेखिको परम्पराले निरन्तरता पाएको, सम्मान कार्यक्रमलाई हेटौँडा १८ का लक्ष्मण भुजेलले आर्थिक सहयोग गर्नु भएको, लेखक गणेशकुमार तिमल्सिनाले ५० प्रति पुस्तक सहयोग प्रदान गर्नुभएको बताउनुभयो । यस्तै उहाँले विधान संशोधनका क्रममा रहेको बताउँदै हालको कार्यसमितिमार्फत् सहयोग सङ्कलन गरिएको रू. ४ लाख ५० हजार रुपैयाँ साइराम बचत तथा ऋण सहकारी संस्थामा बचत गरिएको जानकारी दिनुभयो ।

समीरको मिलन मन्त्र बजारमा

वैशाख ८ गते
मकवानपुर ।

स्याङ्जा निवासी युवा मुक्तककार मिलन समीरको नयाँ कृति मिलनमन्त्र बजारमा आएको छ । उनको नवीनतम् मुक्तक काव्य कृतिका रुपमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाले “मिलनमन्त्र” बजारमा ल्याएकाे हो ।

प्रेमिल मुक्तकहरूको सङ्ग्रहका रुपमा यो काव्य कृति बजारमा आएको लेखकले बताए । “यसमा मायालु मुक्तकहरु छन् ।” उनले भने “सबै मुक्तकहरू प्रेमिल विषयमा लेखिएकाले सङ्ग्रहको नाम मिलनमन्त्र सुझाएको हो ।”

प्रस्तुत मुक्तक काव्य कृतिमा विशुद्ध मायाप्रेमसँग सम्बन्धित २४९ वटा मायालु मुक्तकहरु समावेश गरिएको छ ।

यस अगाडि समीरका “प्रिय दुश्मन” (शृङ्खला कविता–२०७९), “मिलन समीर र मिलन समीरहरु” (शृङ्खला कविताहरु–२०८०) प्रकाशित भएका छन् ।

आँचलको वक्तृत्वकलामा आकाङ्क्षा प्रथम, कृतिका द्वितीय र सुनिल तृतीय

५ चैत्र, मकवानपुर
नवसाहित्य अनलाइन । आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ३१औँ पारिजात स्मृति दिवसको सन्दर्भमा ‘नेपालको सामाजिक रूपान्तरणमा राजनीतिक आन्दोलनको भूमिका’ विषयक खुला वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा आकाङ्क्षा निरौला प्रथम, कृतिका लौडारी द्वितीय, सुनिल न्यौपाने तृतीय र प्रियान्सु पोखरेललाई सान्त्वना स्थान मिलेको हो । बालजागृति इङ्लिस सेकेण्डरी स्कुलमा कक्षा ५ मा अध्ययनरत युगेश ढकालले नगद राशी ५०० सहित प्रोत्साहन पुरस्कार प्राप्त गर्नुभयो ।
प्रथम, द्वितीय, तृतीय, सान्त्वना स्थान प्राप्त गर्न सफल वक्ताहरूलाई क्रमशः ८ हजार, ६ हजार, ४ हजार, २ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा हेउनपा १० नं. वडा सदस्य तथा कार्यपालिका सदस्य साधना श्रेष्ठ, हेउनपा १० नं. वडाका जनप्रतिनिधिहरू गोमा सुनुवार, ईश्वर प्रसाद मैनाली, साहित्यसेवी मुक्ति गोविन्द वैद्य, साहित्यकारहरू देवराज खरेल, सुदर्शन अधिकारी, रमेशमोहन अधिकारी, शम्भुप्रसाद बाँसकोटा, जनार्दन खनाल, इन्द्र नेपाल, छवी अनित्य, डि.बि. बर्तौला, सानु खनाल, मञ्जु खरालको आतिथ्यता रहेको कार्यक्रममा देवराज तिवारी (गजल), शान्ति प्रियवन्दना (कविता), संप्रस पौडेल (व्यङ्ग्य कविता), अमृता लामिछाने (मुक्तक),जनार्दन खनाल, ऋषिराम पाण्डेयले आ-आफ्ना रचनावाचन गर्नुभएको थियो ।

बागमती प्रदेशका प्रथम मुख्य मन्त्री डोरमणी पौडेलको प्रमुख अतिथि तथा आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष भावना सापकोटा सभाध्यक्ष रहनुभएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका १० नं. वडा अध्यक्ष फुर्वा दोर्जे तामाङ तथा आँचल साहित्य कला पुञ्जमकवानपुरकी सल्लाहकार पुर्णकला घिमिरे विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा घनश्याम घिमिरे, निरा शर्मा र श्रवण बर्तौला निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो ।

हेटौँडा उपमहानगरपालिका १० नं. वडा कार्यालयको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा १८ प्रतियोगीहरूको सहभागिता थियो । संस्थाका सदस्य एलिजा पुडासैनीले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रमलाई भवानी तिमल्सिना न्यौपानेले सहजीकरण गर्नुभएको हो ।