- नवसाहित्य
नवसाहित्य डटकम
संवाददाता
श्रावण २६, शनिबार
नवसाहित्य अनलाइन ।
हास्यव्यङ्ग्यात्मक कार्यक्रमहरूमार्फत् फरक छाप छोड्दै आइरहेको सिस्नुपानी नेपाल मकवानपुरले यहि भदौ ३ गते सोमवार हास्यव्यङ्ग्यात्मक गाईजात्रा कार्यक्रम गर्ने भएको छ ।
सामाजिक मुद्दामाथि हास्यसहित पेचिला व्यङ्ग्यमार्फत् समाज सुधारको अपेक्षासहित गायन, वाचन तथा नाटकीय प्रस्तुतिहरू गर्दै आएको अध्यक्ष राजकुमार लामिछानेले जानकारी दिनु भएको छ ।
सिस्नुपानी मकवानपुर परिवार र स्थानीय कलाकारहरूको सहकार्यमा मनोरञ्जनात्मक क्यारिकेचर, प्यारोडी गायन, व्यङ्ग्यात्मक कविता, प्रहसन/नाटकीय प्रस्तुतिलगायत विविध गतिविधिहरू सञ्चालन हुने कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष मीनप्रसाद लामिछानेले बताउनु भएको छ ।
हेटौँडा उपमहानगरपालिका ४ नं. वडाको विशेष प्रवर्धनमा सो कार्यक्रम ओम्याक्स सिनेमा हलमा आयोजना हुनेछ । कार्यक्रमका लागि अनिवार्य प्रवेश पत्र (पास) को व्यवस्था गरिएको छ संस्थागत तथा पेशागत व्यक्तिहरूले ४ नं. वडाबाट प्रवेश पत्र प्राप्त गर्न सक्ने तथा सिस्नुपानी मकवानपुरमा सम्पर्क गर्न सकिने वडाध्यक्ष नवीन सिग्देलले जानकारी दिनु भएको छ ।
सिस्नुपानी मकवानपुर र साहित्य सङ्गम मकवानपुरको संयुक्त भवनमा शनिबार आयोजित पत्रकार सम्मेलनका क्रममा कार्यक्रमबारे जानकारी दिइएको हो ।
राजनीतिक, सामाजिक, आर्थिक, प्रशासनिकलगायत रहेका विकृति र विसंगतिविरूद्ध हास्यव्यङ्ग्य सिर्जना गरिरहेको सिस्नुपानी मकवानपुरले हास्यव्यङ्ग्यात्मक सिर्जनाहरू; प्रहसन, प्यारोडी, कविता, क्यारिकेचर जस्ता प्रस्तुतिमार्फत् मनोरञ्जन समेत प्रदान गर्दै आइरहेको छ । सिस्नुपानी नेपालको एक मात्र शाखाका रूपमा रहेको यस संस्थाले वार्षिक रूपमा ३ वटा पुरस्कार प्रदान गर्दै आइरहेको छ भने नियमित ४ वटा कार्यक्रम गर्दैआइरहेको छ भने यस संस्थाले स्थानीय सङ्गीतकार तथा कलाकारहरूका साथमा यस्ता प्रस्तुतिहरू गर्दै आइरहेको छ ।





