- नवसाहित्य
अनिता न्यौपाने
कवि
एकपटक मात्रै हैन
पटक पटक जन्मन मन छ
जति पटक जन्मिए पनि
मलाई छोरी मान्छे हुन् मन छ
चितामा जलेर खरानी भएको हैन
फलाम बनेर आकारमा उभिएको
आफैँले आफैँलाई हेर्न मन छ
जुध्न मन छ छोरी मान्छेलाई हेर्ने आँखाहरूसँग ।
कोपरी दिन मन छ अन्धकारहरूलाई
भत्काइदिन मन छ पुरातनको पर्खाल
च्यातिदिन मन छ साँघुरो चेतना
एकदिन
आगो निलेर
आगो नै ओकल्न मन छ
हो मलाई एकपटक विद्रोही बन्न मन छ ।





