अनिता न्यौपाने

कवि

एकपटक मात्रै हैन
पटक पटक जन्मन मन छ
जति पटक जन्मिए पनि
मलाई छोरी मान्छे हुन् मन छ
चितामा जलेर खरानी भएको हैन
फलाम बनेर आकारमा उभिएको
आफैँले आफैँलाई हेर्न मन छ

जुध्न मन छ छोरी मान्छेलाई हेर्ने आँखाहरूसँग ।
कोपरी दिन मन छ अन्धकारहरूलाई
भत्काइदिन मन छ पुरातनको पर्खाल
च्यातिदिन मन छ साँघुरो चेतना

एकदिन
आगो निलेर
आगो नै ओकल्न मन छ
हो मलाई एकपटक विद्रोही बन्न मन छ ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन