- नवसाहित्य
संप्रस पौडेल
समाचार प्रमुखः नवसाहित्य
भाद्र ४, काठमाडौँ
नवसाहित्य अनलाइन । २५ लघुकथाकारका २५ कृतिहरू एकसाथ लोकार्पण गरिएको छ । आइतबार एक कार्यक्रमबिच २४ लघुकथा कृतिहरू र १ लघुकथा समालोचनाको पुस्तक सार्वजनिक गरिएको हो ।
लघुकथाकार खेमराज पोखरेलको सभाध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ “रोदन” तथा विशिष्ट अतिथिहरु साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली र कल्याण पन्त (पोखरा) बाट संयुक्त रुपमा गरिएको थियो ।
सिलौटो रेस्टुरेन्ट, अनाममनगर, काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, विशिष्ट अतिथिहरु लेकाली र पन्त र अध्यक्ष पोखरेलले आआफ्नो मन्तव्य राख्नुभयो । श्रेष्ठले लघुकथाको मानक सिद्धान्त, लघुकथाको अवस्थाबारे प्रकाश पार्नु भयो भने लेकालीले तीसको दशकमा लघुकथाको अवस्था र लघुकथाले पाएको विधागत मान्यताबारे बोल्नुभयो ।
लघुकथा समाज नेपालका सदस्य रामकुमार पण्डित, हाम्रो लघुकथा केन्द्रकी अध्यक्ष लता केसी, कृतिकारका तर्फबाट अन्जु शर्माले शुभकामना मन्तव्य राख्नुभयो ।
रोशन पराजुली, शुक्रराज कुँवर, गोपाल संग्रौला, छविलाल खड्काले र ममता मृदुलले कृतिभित्रबाट लघुकथा वाचन गर्नुभएको थियो ।
कार्यक्रमका लोकार्पित पुस्तकका लेखकहरू खेमराज पोखरेल, ममता मृदुल, त्रिलोचन ढकाल, गोपाल संग्रौला, अम्बिका धिताल, कुमुदप्रसाद शर्मा प्याकुरेल, भाभा शर्मा, विश्वराज अधिकारी, कुसुमाकर शर्मा, तेज प्रकाश श्रेष्ठ, रञ्जु खनाल, शुक्रराज कुँवर, निर्मला बराल, अञ्जु शर्मा, हिरण्यकुमारी पाठक, रमेन्द्र कोइराला, नवराज शर्मा, प्रा डा कपिल लामिछाने, डा हरि भण्डारी, गङ्गा खड्का, छविलाल खड्का, रोशन पराजुली, पी पी कोइराला, तुलसी पण्डितद्वारा लेखिएका लघुकथाहरू सार्वजनिक गरिएका हुन् भने सुनिता निरौला पौडेलका लघुकथा कृतिहरुमाथि प्रा डा. कपिल लामिछानेको समालोचना कृति समेत सोमा समावेश रहेको थियो ।
साहित्यकार रमेन्द्र कोइरालाले स्वागत गर्नु भएको उक्त कार्यक्रमको संयोजन ममता मृदुल र खेमराज पोखरेलले गर्नुभएको थियो भने कार्यक्रमलाई मृदुलले सजीकरण गर्नु भएको हो ।






