हजुरबा त हुनुहुन्नँ, चिच्याए पनि सुन्नुहुन्नँ, हाँस्दा पनि हाँस्नुहुन्नँ, रूदा पनि रूनुहुन्नँ ।
अझै बाँचेका भए, यसो भन्नुहुन्थ्यो कि- अब उत्पातै विकास हुन्छ, जङ्गल फाँडेर विमानस्थल, खोला थुनेर बालुवा खानी, डाँडा भस्काएर आधुनिक सहर, जीउ बन्धकी राखेर स्वास्थ्य, नीति बेचेर नैतिकता, कुरोबाट बिजुली, ब्याड पुरेर प्लटिङ ।
विदेशीको ऋण र जनजनको ढाड सेक्ने कर बटुलेर नेतृत्वपिच्छे गाडी फेरेर समृध्दि, आयातको टेण्डरमा मौलिकता, ऋण लिएर सुविधा, थकाई बेचेर निन्द्रा, परिवार त्यागेर खुशी, पानी बेचेर तिर्खा, आँखा त्यागेर दृष्टी ।
छ पारिवारिक विछोड बन्यो समाज दयामय हे युवा, उठ पासपोर्ट बनाऊ अर्कैको बैना भइसकेछ तिमीले बाँचेको यो समय ।