दु:खको सागर पिएर मुस्कुराउने बा हुन्। समस्याको पहाडले थिचिएर पनि हरपल रमाउने बा हुन्। जबजब समस्याले गिज्यायो तबतब बा समाधान बनेर आसपासमै रहेर ढाडस दिनु भो।
बा नहुनू हृदयको धड्कन रोकिनु सुरक्षा कबज हराउनु खुसीको रङ्ग मेटिनु घर घरजस्तो नहुनु र जीवनको गोरेटो छुट्नुजस्तै हो।
मेरा बा सदाका लागि हराएपछि बेस्सरी हृदय चहराएपछि बिस्तारै समयको अन्तरालसँगै महसुस भयो कि मैले टेकेको धर्ती मैले पाएको उपलब्धि मेरो खुसी र सफलताको हकदार केवल मेरा बा हुन्
बाजस्तै प्रेमिल बनेर अनि मेरा बाजस्तै मेरो छोराको आदर्श बा बन्न सकूँ बाको धर्म निभाउन म बा बनेर बाको गरिमा बढाउन सकूँ यही आशीर्वाद दिनुस् बाजस्तै बा बन्न सकूँ।।