Home Blog Page 33

पल्लव चितवनले ९ स्रष्टालाई एकसाथ सम्मान गर्ने

२४ चैत्र, मकवानपुर
नवसाहित्य अनलाइन । पल्लव साहित्य प्रतिष्ठान चितवनले ९ स्रष्टाहरूलाई सम्मान गर्ने भएको छ ।
बोधनाथ-हिमकुमारी लामिछाने स्मृति पुरस्कारबाट काठमाडौँ निवासी प्रा.डा. मोहनप्रसाद तिमल्सिना पुरस्कृत हुनुहुनेछ । काठमाडौँ निवासी डा. नवराज लम्साल शेषनाथ लामिछाने स्मृति बालसाहित्य पुरस्कारबाट पुरस्कृत हुनुहुनेछ । यस्तै भरतपुर निवासी डा. एकनारायण पौडेल चितवन निवासी हुनुहुन्छ भने उहाँ केदारनाथ रिजाल, गुणकुमारी र रोगकुमारी रिजाल स्मृति पुरस्कारबाट पुरस्कृत हुनुहुनेछ ।

त्यस्तै झापाका भानुभक्त कुभिन्डेली मीना-रत्न साहित्य पुरस्कारबाट, मोरङकी मञ्जुश्री गिरी मीना-रत्न साहित्य पुरस्कार, मकवानपुर निवासी महाकाव्यकार मुना धिताल अर्याल युसुफदिन-हलिमा पुरस्कारी र रोगकुमारी रिजाल स्मृति पुरस्कारबाट पुरस्कृत हुनुहुनेछ । नुवाकोटका हरि श्रेष्ठ ‘शिला’ केदारनाथ रिजाल, गुणकुमारी पुरस्कारबाट, झापा निवासी लक्ष्मी अच्यूत ढुङ्गाना युसुफदिन-हलिमा पुरस्कारबाट भरतपुरका श्यामजी अतिथि काजीमान तथा नन्दकुमारी/शान्तकुमारी श्रेष्ठ रत्न पुरस्कारबाट पुरस्कृत हुनुहुने आयोजकले जानकारी दिएको छ । पुरस्कृत स्रष्टाहरूलाई प्रतिष्ठानले पल्लव राष्ट्रिय साहित्य सम्मान-२०८० बाट सम्मानित गरिने आयोजकले जानकारी दिएको छ ।

साहित्यकार मुना अर्याल चितवनमा सम्मानित हुने

२४ चैत्र, मकवानपुर
नवसाहित्य अनलाइन । मकवानपुरकी साहित्य स्रष्टा मुना धिताल अर्याललाई पल्लव साहित्य प्रतिष्ठानले सम्मान गर्ने भ‌एको छ ।

पल्लव राष्ट्रिय साहित्य प्रतिष्ठान भरतपुर, चितवनले साहित्य सम्मान-२०८० समारोहमा उहाँलाई सम्मान गर्न लागेको हो ।

मकवानपुर जिल्ला हेटौँडा-२ निवासी मुना धिताल अर्याललाई नेपाली साहित्य लेखन क्षेत्रमा दिनु भएको योगदानका लागि युसुफदिन-हलिमा पुरस्कार, रोगकुमारी रिजाल स्मृति पुरस्कार तथा पल्लव राष्ट्रिय साहित्य सम्मान-२०८० ले सम्मान गर्ने भ‌एको हो । कार्यक्रममा प्रा.डा. देवी नेपालको प्रमुख आतिथ्यता रहने आयोजकले जानकारी दिएको छ ।

अर्याल ओशोको जीवन कथामा आधारित छन्दोवद्ध महाकाव्य ‘महाकाश’ (२०८०) को कृतिकार हुनुहुन्छ । सोअघि उहाँको ‘आत्म सलिल’ महाकाव्य (२०७६) प्रकाशनमा आएको थियो भने २०६० सालमा अनुवाद कृति ‘ईश्वराम्मा’ प्रकाशनमा आएको थियो ।०००
महाकाव्यकार मुना धिताल अर्याललाई नवसाहित्य अनलाइन परिवार बधाई तथा शुभकामना प्रकट गर्दछौँ ।

मुना धिताल अर्यालसँग सम्बन्धित केही भिडियोहरू

फागु पूर्णिमा/होली : किन मनाइन्छ ? कुन देशमा कसरी मनाइन्छ ? कुन रंग केको प्रतिक ?

रंगहरुको पर्व होली पहाडी जिल्लामा चैत ११ र तराईका जिल्लामा चैत १२ गते मनाइदै छ । हिन्दु धर्मालम्बीहरुको ठूलो पर्वहरु मध्ये होली एक हो । हिन्दू पन्चाङ्ग अनुसार फागुन शुक्ल पक्षको अष्टमी तिथिदेखि होलाष्टक शुरु भएर फागु पूर्णिमाको दिन समाप्त हुन्छ ।

पौराणिक कथा

पौराणिक कथा तथा धर्मग्रन्थ अनुसार हिरन्यकश्यपु नामक राजा कुनै देवता मान्दैन थिए । उनी आफैँ शक्तिशाली भएकाले आफूलाई मात्र मान्न सबैलाई अह्राउथे । तर उनका बालक छोरा प्रल्हाद भने विष्णुभक्त थिए । यस कुराबाट हिरण्यकश्यपु कोध्रित भए र आफ्नो बालक छोरो मार्ने षडयन्त्र गरे ।

राक्षसराज हिरण्यकश्यपुले प्रल्हादलाई मार्ने अनेक उपाय गरे । उनी कहिले हात्तीद्वारा प्रल्हादलाई कुल्चाउथे त कहिले इनारमा फाल्थे । तर विष्णुभक्त प्रल्हादलाई केही हुँदैन थियो । तर हिरण्यकश्यपुले उनलाई मार्ने उपाय लाउन छाडेनन् । प्रल्हाद मार्न हिरण्यकश्यपुले सैनिकलाई तरवारले काट्ने हुकुम दिनेदेखि ठूला नदीमा फाल्ने, भीरबाट झार्ने, विष मिसाएर खाना ख्वाउनेसम्मको काम गरे । तर पनि आफ्नो पुत्रको वध गर्न सकेनन् ।

सोही समयमा हिरण्यकश्यपुकी बहिनी होलीको तपस्यापछि व्रहमाबाट, अग्नीले उनलाई कहिल्यै नडढाउने वर पाएर फर्केकी थिइन् । यसको प्रतीकमा उनले एउटा पछ्यौरी पाइन् ।

जसलाई ओढेपछि होलीका आगोभित्र जति समय बसेपनि उनलाई शितलता प्राप्त हुने वर पाएकी थिइन् । त्यसैले हिरण्यकश्यपुले उनलाई विष्णुभक्त छोराको वध गर्न बहिनीको सहायता मागे ।

उनले पनि दाजूको प्रस्ताव स्विकार गरी फागु पूर्णीमाको दिन दाउराको अग्लो चाङमा प्रल्हादलाई काखमा राखेर वसिन् । उनी बसेको दाउराको चाङमा आगो लगाइयो ।

आगो बढ्दै जादाँ प्रल्हादले भगवान विष्णुको नाम जपे । यो दृश्य समस्त देवताहरू पनि हेरिरहेका थिए । ब्रम्हाले समेत आफूले दिएको वरदानको आडमा होलीकाले प्रल्हादलाई मार्ने षडयन्त्र गरेको देखेपछि अर्नथ हुने ठानी देवताको आज्ञा अनुसार ठूलो वायु चल्यो र होलीकाको शरीरवाट पछ्यौरी उड्यो र होलीकाको दहन भयो । तर प्रल्हादलाई केही भएन ।

त्यही समयबाट होलीका दहन गर्दै फागु पुर्णिमाको दिन होली पर्व मनाउन थालिएको धार्मीक कथा छ । होलीका अर्थात अन्यायको हार र प्रल्हाद अर्थात सत्य विजय भएको प्रतीकका रुपमा होली मनाइएको धार्मीक कथाहरु छन् । यस अलावा होलीका बारेमा अरु कथा समेत छन् ।

कुन देशमा कसरी मनाइन्छ ?

फागु पर्व नेपाल, भारतलगायत अन्य देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ । इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एकापसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ ।

अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिस विभिन्न प्रकारका हास्यात्मक भेषभूषा लगाई प्रतियोगिताको आयोजना गरि विजयीलाई पुरस्कार दिइन्छ । श्रीलङ्का र इन्डोनेसियामा आगोको पूजा गरेर, म्यान्मा र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुलाई दान दिएर, जापान र इन्डोनेसियामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ ।

फरक फरक नाममा मनाइए पनि फागु खेल्ने परम्परा धेरै देशमा भएको पाइन्छ । सबैतिर आपसी सद्भाव एवं सामाजिक एकतालाई प्रवर्द्धन गर्ने मूल उद्देश्यले यो पर्व मनाउने गरिन्छ । नाम फरक भए पनि पर्वको उद्देश्य एकै छ । नेपालमा आज र भोलि होली पर्व मनाइने भए पनि विश्वका विभिन्न देशहरुमा विभिन्न तरिकाले होली खेल्ने चलन छ । होली खेल्ने समय र प्रयोग गर्ने सामग्री फरक भए पनि खेल्ने तरिका भने उस्तै रहेको छ ।

दक्षिण अफ्रिका

दक्षिण अफ्रिकामा गीतहरू गाउने, नाच्ने र साथीभाइहरू जमघट भइ होली खेल्ने चलन छ । विशेषतः भारतीय नागरिकको वर्चस्व रहेको क्षेत्रमा होलीको वातावरण देखिन्छ । दिनभर होली खेलेर साँझपख मिठाई तथा चकलेटहरू बाँडेर होली मनाउने चलन छ ।

सुरिनाम

सुरिनाममा ३५ देखि ४० प्रतिशत हिन्दू छन्, जो भारतको उत्तर प्रदेश तथा विहारबाट गएका हुन् । त्यहाँ पनि होलीका गीत गाउने र रङ खेलेर होली मनाउने चलन छ । यसका साथै विभिन्न प्रकारका मिठाई बनाएर बाँड्ने र खाने चलन छ । साथीभाइ एवं परिवारसँग जमघट गरेर रमाइलो गर्ने चलन पनि छ ।

अमेरिका

अमेरिकाका विभिन्न राज्यमा पनि होलीको रौनक देख्न पाइन्छ। विश्वभरका नागरिक बसोबास गर्ने यो मुलुकमा होली मनाउने आफ्नै परम्परा छ । यसका साथै अन्य नागरिकले पनि आफ्नो समुदाय र प्रचलनअनुसार होली मनाउने गरेका छन् । अमेरिकामा फेसन शो, म्युजिक कन्सर्ट तथा सांगितिक कार्यक्रमहरू आयोजित गरेर होली मनाइन्छ । आफन्तहरूसँगको भेटघाट एवं खानपिन पनि अमेरिकी होलीको महत्त्वपूर्ण पक्ष हो । 

बंगलादेश

बंगलादेशमा पनि होली पर्व मनाइन्छ । यो मुलुक बहुसांस्कृतिक मुलुक हो । यहाँ विशेषतः हिन्दू, बौद्ध एवं मुस्लिम समुदायका मानिसहरू बसोबास गर्छन् । मुस्लिम समुदायको वर्चस्व रहे पनि हिन्दू धर्मावलम्बीहरूले यो पर्व मनाउँछन् । हिन्दू धर्मावलम्बीहरू मन्दिरमा जम्मा भएर रङका साथमा होली खेल्ने चलन छ । बंगलादेशका अधिकांश क्षेत्रमा भारतीय संस्कृतिको प्रभाव छ ।

गुयाना

दक्षिण अमेरिकाको दक्षिण क्षेत्र गुयानामा पनि होली मनाउने चलन छ । उक्त क्षेत्रमा होलीको विशेष महत्त्व छ । यहाँ पानी, रङ र गीत–संगीतका बीच होली मनाउने चलन छ । बालबालिकाहरू पनि पिचकारीले पानी छ्यापेर होली खेल्छन् । भगवान् शिवको नाममा यहाँ होली मनाउने चलन छ । त्यहाँका हिन्दूहरूलाई यो पर्वमा सार्वजनिक बिदासमेत दिइन्छ । पारिवारिक जमघट गरेर पनि रमाइलोका साथ होली पर्व मनाइन्छ ।

बेलायत

बेलायतमा बसोबास गरिरहेका अन्य मुलुकका नागरिकले आ–आफ्नै किसिमले होली मनाए पनि त्यहाँको आफ्नै परम्परा र संस्कृति छ । यहाँ विशेषगरि आफन्त र साथीहरूलाई निम्तो गरेर होली मनाउने चलन छ । कतिपय ठाउँमा टिकट बेचेर होली मनाउने चलन पनि छ । ठूलो मुलुक र थुप्रै समुदाय भएकाले होली विभिन्न समय र प्रकृतिअनुसार मनाइन्छ । होलीमा सांगितिक कार्यक्रमहरू पनि सम्पन्न गरिन्छन् । विशेषतः भारतीय नागरिकको वर्चस्व रहेका क्षेत्रहरूमा धूमधामका साथ होली मनाउने चलन छ ।

मरिसस

अफ्रिकी महादेशमा पर्ने यो मुलुकमा करिब ६३ प्रतिशत नागरिक भारतीय मूलका छन् । यहाँ होलीका दिन सार्वजनिक बिदा दिइन्छ । यहाँ पनि होलीका दहन गर्ने चलन छ । एकआपसमा मिठाई बाँडेर तथा पानी र रङका साथ होली खेलिन्छ । साथीभाइसँग खानपिन गरेर रमाइलो गर्ने चलन छ ।

फिजी

फिजीमा सांगीतिक रमझमका साथ होली मनाइन्छ । राधा र कृष्णको प्रेमभावका गीतहरू गाएर होली मनाउने चलन छ । यहाँ पनि विभिन्न खालका रङ दलेर होली खेलिन्छ । फिजीमा होलीमा मात्र होइन, यो मौसमभरिनै होली गीतहरू गाइन्छ ।

पाकिस्तान

पाकिस्तानमा पनि होली पर्व मनाउने चलन छ । भारतीय संस्कृतिको प्रभाव रहेको यो मुलुकमा हिन्दू धर्म मनाउनेहरूको पनि उपस्थिति छ । यहाँ घर–आँगन सफा गर्ने र विभिन्न खालका मिठाई बनाएर खाने तथा आफन्त एवं इष्टमित्रहरूलाई ख्वाउने चलन छ । पाकिस्तानी होलीमा साथीहरूसँग सांगीतिक वातावरणमा रमाइलो गर्ने चलन पनि छ । प्रायः मन्दिरहरूमा भेला भै होली मनाइन्छ ।

कुन रंग केको प्रतिक ?

होलीमा थुप्रै प्रकारका रङहरु प्रयोग हुन्छ।  त्यसैले पनि होली एउटा रंगीन पर्व हो । होलीमा थरीथरीका रङको समिश्रणले वातावरण नै रंगिन बन्छ । रङ कसलाई मन पर्दैन र ? तर, यसको परिस्थितिअनुकूल सही प्रयोग हुनुपर्छ । रंगले हाम्रो मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । होलीमा विशेषतः रातो, हरियो, पहेँलो तथा नीलो रंग बढी प्रयोग हुन्छ । कुनै पनि रङको प्रयोग गर्नूपूर्व त्यसको फाइदा, बेफाइदा, महत्व र रंगको प्रतीक बुझ्नु आवश्यक छ ।

रातो

अधिकांशलाई मन पर्ने रंग हो– रातो । यसलाई शुद्धता एवं पवित्रताको प्रतीक मानिन्छ । हरेक धार्मिक कार्यमा यसको प्रयोग हुन्छ । स्वच्छ, सफा र चित्त शुद्धिको प्रतीकका रूपमा लिइने यो रंग होलीमा पनि विशेष प्राथमिकताका साथ प्रयोग गरिन्छ । रातो रंगलाई साहस र प्रेमको प्रतीकका रूपमा पनि लिइन्छ । रातो रंग मन पराउने मानिसहरू महत्वाकांक्षीका साथै जिज्ञासु एवं जोसिला हुन्छन् ।

हरियो

हरियो रंगलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ । यसलाई जीवनशक्तिको भित्री मर्म बुझ्ने जीवित रंग पनि भनिन्छ । हरियो रंग मन पराउने मानिसहरू प्रकृतिलाई माया गर्ने खालका हुन्छन् । उनीहरू झैझगडा पटक्कै मन पराउँदैनन् । यो रंग मन पराउने मानिसहरूको आत्मविश्वास कम हुने विश्वास गरिन्छ ।

पहेंलो

यो रंगलाई भक्ति र धर्म परायणताका रूपमा लिइन्छ। यो रंग मन पराउने मानिसहरू धर्मकर्मप्रति बढी विश्वास गर्छन् । होली हिन्दू धर्मावलम्बीहरूको चाड भएकाले यो रंगको विशेष प्रयोग हुन्छ । कतिपय समुदायमा त रातो र पंहेलो अबिर दलेर होली खेल्ने परम्परा पनि छ । यो रंगको सम्बन्ध खुसी र हर्षसँग पनि छ । मनोविज्ञहरूका अनुसार यो रंग मन पराउने मानिसहरू रमाइलो एवं आत्मीय व्यवहार गर्न उत्साहित हुन्छन् ।

नीलो

यो रंगलाई शान्ति र सन्तुलनको प्रतीकका रूपमा लिइन्छ । त्यसैले पनि यो रंगको प्रयोग बढी हुन्छ । यो रंग मन पराउने मानिसहरू सन्तुलित विचारधाराका हुन्छन् । उनीहरू अलि बढी चिन्तित स्वभावका हुने मनोविदहरू बताउँछन् ।

कालो

होलीमा कालो रंगको पनि व्यापक प्रयोग हुन्छ । यो रंग ईष्या र स्वार्थसँग सम्बन्धित हुन्छ । यो रंग मन पराउने मानिसहरू आफ्नो इच्छा र भावना खुलस्त रूपमा भन्न चाहँदैनन् । तुरुन्तै रिसाउने खालका हुन्छन् ।

सेतो

धेरैलाई मन पर्ने रंग हो–सेतो । यो रंगलाई शुद्धताको प्रतीक मानिन्छ । कर्ममा विश्वास राख्ने व्यक्तिहरू सेतो रंग मन पराउँछन् । चहकिलो सेतो रंगलाई सफा एवं आकर्षणको प्रतीकका रूपमा लिइन्छ ।

दौँतरी कार्यक्रमको तेस्रो शृङ्खला शनिबार पोखरामा सम्पन्न ।

पोखरा, १० चैत । नेपाली लेखक संघ, गण्डकी प्रदेशको आयोजनामा दौँतरी कार्यक्रमको तेस्रो शृङ्खला शनिबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा कविद्वय सञ्जीव पौडेल र अल्पज्ञानीले आफ्ना दौँतरी अनुभव र कविता सुनाए ।

दुई दौँतरीलाई मञ्चमा सहजीकरण गरिरहेका थिए अर्का कवि अमृत क्षेत्रीले । दौँतरीहरूको दौँतरी यात्राको सुरुआत, विकास, उतारचढाव र त्यसका विविध आयामलाई समेटेर अमृतले जिज्ञासा राखेका थिए भने कविद्वयले थोरै औपचारिक, थोरै अनौपचारिक ढङ्गले जीवनका अनुभव र अनुभूति पस्केका थिए । पचासको दशकदेखि पोखरेली परिवेशमा साहित्य सिर्जनामा निरन्तर क्रियाशील यी दुई कविले कविता सुन्न र सुनाउनकै लागि विभिन्न मञ्च चाहारेका प्रसङ्ग सुनाए । भोकभोकै कविताका कार्यक्रममा हिँड्दाका दुःख पनि सम्झे ।

प्राध्यापन पेसामा आबद्ध यी दुवै कविले घर सम्झे, आमाबा सम्झे, आफन्त सम्झे, विद्यार्थी सम्झे, समाज हुँदै राजनीतिसम्म सम्झे । कलेज पढ्दाका दिन सम्झे, प्रेम सम्झे र सम्झे आफूजस्तै अरू दौँतरीहरू पनि । कर्मका सिलसिलामा अहिले काठमाडौँ पुगेका अल्पज्ञानीले पोखराबाट अलग हुँदाखेरिका चस्काइ र दुखाइ पनि सम्झन छुटाएनन् भने साथी छोडेपछि दुःख हुन्छ भन्दै सञ्जीवले छेड हाने । दुई साथीका अन्तरकुन्तर खोतल्दै अमृतले दौँतरी गफमा मसला थपिरहेका थिए । ठट्यौली गफ र गम्भीर कविताको आस्वादनमा श्रोताहरू निमग्न देखिन्थे । दौँतरी कविले गफगाफका बिचबिचमा एक दर्जनभन्दा बढी कविता श्रोतामाझ पस्के ।

सोही कार्यक्रमको अवसर पारेर कवि सञ्जीव पौडेलको नवीनतम कवितासङ्ग्रह जून ओर्लेको रात को विमोचन पनि गरियो । नेपाली साहित्यका विशिष्ट साधक सरूभक्त, नेपाली लेखक सङ्घका केन्द्रीय अध्यक्ष कवि तीर्थ श्रेष्ठ, लोकगायिका हरिदेवी कोइराला, सञ्जीवका पिता लक्ष्मण पौडेलले संयुक्त रूपमा उक्त कृतिको लोकार्पण गरेका थिए ।
कवि अल्पज्ञानीको प्रकाशोन्मुख कवितासङ्ग्रह उज्यालो पर्खिरहेको मानिस पनि सोही कार्यक्रममा विमोचन गर्ने तयारी रहेकामा प्रविधिक कारणले असमर्थ भएको संस्थाका अध्यक्ष ईश्वरमणि अधिकारीले बताए । कार्यक्रममा साहित्यकार सरूभक्त र माया पब्लिकेसन प्रा.लि.का निर्देशक विनयभूषण दत्तले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा उपस्थित एवम् कार्यक्रम सम्पन्न गर्नमा योगदान दिने सबैमा धन्यवाद ज्ञापन गर्दै संस्थाका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले कार्यक्रमको समापन गरे ।

कविशिरोमणि पौड्यालको गजलको श्रव्य–दृश्य सार्वजनिक

चैत्र १० काठमाडाैँ ।

कविशिरोमणि लेखनाथ पौड्यालको गजलको श्रव्य–दृश्य सार्वजनिक गरिएको छ । सङ्गीतकार एवं गायक सन्तोष श्रेष्ठको सङ्गीत र स्वर रहेको गजलमा श्रेष्ठ स्वयंको अभिनय छ ।

शनिबार नेपाली शिक्षा परिषद् लेखनाथ साहित्य सदनमा गीतकार, समालोचक प्रा.डा. कृष्णहरि बराल र समालोचक प्रा. रमा शर्माले उक्त गजलको श्रव्य–दृश्य सार्वजनिक गरे ।

अग्रज स्रष्टाप्रतिको सम्मान गर्ने परम्परालाई सिर्जनशील रूप दिँदै आएका सन्तोषले यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको गजल ‘आकाशमा शशी छन्’ को पनि श्रव्य-दृश्य सार्वजनिक गरिसकेका छन् ।

प्रा.डा. बरालले सन्तोषले अग्रज स्रष्टाहरूका गजललाई गायनमा ल्याएर गजलका साथै स्रष्टाको समेत सम्मान गरेका बताए । कवि, कथाकार, नाटककार, निबन्धकारका रूपमा मात्र चिनिँदै आएका पुराना स्रष्टाहरूले गजल पनि लेखेका रहेछन् भन्ने आफूले विद्यावारिधिको शोध गर्ने क्रममा फेला पारेको उल्लेख गर्दै बरालले ती गजल सन्तोषले सङ्गीतमा ल्याउँदा खुसी लागेको सुनाए ।

नेपाली शिक्षा परिषद्की अध्यक्षसमेत रहेकी समालोचक शर्माले सन्तोषले लेखनाथलाई गजलकारका रूपमा समेत चिनाउन गरेको कर्म सराहनीय भएको बताइन् ।

सङ्गीतकार, गायक श्रेष्ठले अग्रजहरूप्रति श्रद्धा र सम्मान गर्नु अनुज स्रष्टाको कर्तव्य भन्दै आफूले अग्रज स्रष्टालाई नै तीर्थ धाम र उनीहरूका सिर्जनालाई प्रसाद ठानेको बताए । ‘कुनै लाभको अपेक्षाले नभएर सम्मान र श्रद्धाले यी काम गरेको हुँ’, श्रेष्ठले भने, ‘मैले यसबाट सन्तुष्टि पाउँछु ।’

श्रव्य-दृश्यको निर्देशन हेमप्रभास अधिकारीले गरेका हुन् भने सम्पादन वीरेन्द्र भाट ‘विपीन’ले गरेका हुन् ।

साहित्य सङ्‍गम मकवानपुरद्वारा ७ सर्जकहरू सम्मानित

नवसाहित्य अनलाइन
मकवानपुर, १० चैत ।

साहित्य सङ्गम मकवानपुरले ७ जना स्रस्टाहरूलाई सम्मानित गरेको छ । कथा, कविता, मुक्तक, गजल आदि सिर्जनाका साथै कलाकारितामार्फत् साहित्यको विकासमा योगदानस्वरुप स्रस्टाहरू सम्मानित भएका हुन् ।

शनिबार ३ सय ४१ औं साहित्य सन्ध्या तथा सम्मान समर्पण कार्यक्रमका सभाध्यक्ष सङ्गमका अध्यक्ष डीबी बर्तौला तथा प्रमुख अतिथि साहित्यकार निर्मोही व्यास लगायतले सर्जकहरूलाई सम्मानित गर्नु भएको हो ।

‘मकवानपुर साहित्यश्री सम्मान २०८०’ ईन्द्रजीत शर्मा चौलागाईँलाई
तत्कालीन जिल्ला विकास समिति मकवानपुर र साहित्य सङ्गम मकवानपुरद्वारा स्थापित १५ हजार ५ सय ५५ रुपैयाँ राशिको ‘मकवानपुर साहित्यश्री सम्मान २०८०’ बाट साहित्य सर्जक तथा कलाकार ईन्द्रजित शर्मा चौलागाईं सम्मानित हुनु भएको छ । उहाँ कान्छी, मेरी बास्सैलगायत हास्य टेलिश्रृङ्खलाहरूमार्फत् अभिनयमा सक्रिय हुनुहुन्छ ।

‘भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८०’ कल्पना काफ्लेलाई
मकवानपुरका साहित्य सर्जक विशाल अधिकारी आशुतोषद्वारा १५ हजार ५ सय ५५ रुपैयाँ राशिको ‘भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८०’ बाट धनकुटाकी स्रष्टा कल्पना काफ्ले सम्मानित हुनु भएको छ । उहाँका “मान सरोवर” र “नेपाली गजलमा नारी हस्ताक्षर (संयुक्त)” साहित्यिक कृतिहरू प्रकाशन भएका छन् ।

‘विनोद-सुनिता सुवेदी साहित्य सम्मान २०८०’ श्रीराम पाण्डेलाई
प्याब्सन मकवानपुरका अध्यक्ष तथा बालजागृति इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुल हेटौँडा २ का प्रिन्सिपल विनोद सुवेदी र शिक्षक सुनिता सुवेदीले स्थापना गर्नु भएको १० हजार राशिको ‘विनोद-सुनिता सुवेदी साहित्य सम्मान २०८०’ बाट ललितपुरका स्रष्टा श्रीराम पाण्डे सम्मानित हुनु भएको छ । पाण्डेका “मातृस्मरण”, “दोछायाँ” र “बन्दीगृहमा समय” साहित्यिक कृतिहरू प्रकाशन भएका छन् ।

‘सुभद्रादेवी-मदन मुडवरी स्मृति सम्मान २०८०’ विश्वनाथ सञ्जेललाई
अमेरिका निवासी दीपक मुडवरीद्वारा स्थापित १० हजार रुपैयाँ राशिको ‘सुभद्रादेवी-मदन मुडवरी स्मृति सम्मान २०८०’ बाट मकवानपुरका साहित्य सर्जक विश्वनाथ सञ्जेल सम्मानित हुनु भएको छ । सञ्जेलका “पलपलको मूल्य”, “क्षितिजयात्रा” र “फर्कियौ किनारबाट” साहित्यिक कृतिहरू प्रकाशन भएका छन् ।

‘मङ्गलादेवी श्रेष्ठ नारी स्मृति सम्मान २०८०’ भावना सापकोटालाई
शिक्षासेवी देवप्रसाद श्रेष्ठले स्थापना गर्नु भएको १० हजार रुपैयाँ राशिको ‘मङ्गलादेवी श्रेष्ठ नारी स्मृति सम्मान २०८०’ बाट मकवानपुरकी साहित्य सर्जक भावना सापकोटा सम्मानित हुनु भएको छ । उहाँ आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष हुनुहुन्छ । उहाँका फुटकर रचनाहरू प्रकाशित छन् ।

‘मुक्ति-तारा सम्मान २०८०’ सानुभाइ विश्वकर्मालाई
साहित्यसेवी मुक्तिगोविन्द वैद्य र तारादेवी वैद्यले स्थापना गर्नु भएको १० हजार राशिको ‘मुक्ति-तारा सम्मान २०८०’ बाट मकवानपुरका साहित्यिक सर्जक सानुभाइ विश्वकर्मा सम्मानित हुनु भएको छ । उहाँ लोकभावना त्रैमासिकका सम्पादक विश्वकर्माका फुटकर रचनाहरू प्रकाशित छन् ।

‘रामहरि-देवु सम्मान २०८०’ किशन पौडेललाई
साहित्य सर्जक तथा अधिवक्ता ऋषि केबी र शिक्षक तथा साहित्य सर्जक पूण्यशिला श्रेष्ठले स्थापना गर्नु भएको १० हजार राशिको ‘रामहरि-देवु सम्मान २०८०’ बाट मकवानपुरका साहित्यकार किशन पौडेल सम्मानित हुनु भएको छ । उहाँ लघुकथा चौतारी मकवानपुरको संयोजक हुनुहुन्छ भने उहाँका अन्तर्द‍ृष्टी र खुसी साहित्यिक कृतिहरू प्रकाशित छन् ।

कार्यक्रममा पुरस्कार संस्थापकहरूमध्येबाट देव श्रेष्ठले मन्तव्य राख्नुभयो भने सम्मानित सातै जनाले आ-आफ्नो रचना वाचनका साथै धन्यवाद ज्ञापन गर्नु भएको थियो । सङ्‍गमका कोषाध्यक्ष मेनु चौलागाईँले स्वागत गर्नु भएको कार्यक्रममा सम्मानित सर्जकहरूको व्यक्तित्वबारे सङ्‍गम उपाध्यक्ष सानु खनालले मन्तव्य राख्नु् भएको थियो । साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा आयोजित कार्यक्रमलाई सङ्‍गमका सचिव मनोज पोखरेलले सहजीकरण गर्नु भएको थियो ।

‘अविरल जनसाहित्य यात्रा– ८८’ मा सुनिए कवि भवानी पौडेल

चैत्र १० गते काठमाडौँ ।

शनिबार बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको ‘अविरल जनसाहित्य यात्रा’ को ८८ औँ शृङ्खलामा प्रगतिवादी कवि भवानी पौडेलका एक दर्जन कविता सुनिएको छ ।

राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारी तथा विशेष अतिथिका रूपमा एमाले केन्द्रीय सदस्य तथा कानुन विभाग उपप्रमुख धर्मराज रेग्मी रहनुभएको थियो । कार्यक्रमको सहजीकरण राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपाल, अविरल जनसाहित्य यात्रा परिचालन समितिका सदस्य ज्ञानु विद्रोहीले तथा अविरल जनसाहित्य यात्रा परिचालन समिति संयोजक डा.हरिप्रसाद सिलवालले कविको बारेमा बोल्नुभएको थियो ।

अध्यक्ष राम विनयले देशैभरिका नेपाली प्रगतिवादी साहित्यमा आफ्नो क्षेत्रबाट योगदान गरिरहेका स्रष्टालाई हरेक महिनाको दोस्रो शनिबार प्रत्यक्ष उपस्थित गराई एक दर्जन कविता सुन्ने र कवितामाथि समीक्षासमेत गरी कविता परिमार्जनमा सघाउ पुर्याउने यो अभियानमा रहेको बताउनुभयो ।

कवि पौडेलले ‘देश बनाउन आऊ’, ‘धर्ती बनाऊँ सौरभ’, ‘फिडेल क्यास्ट्रोको सम्झनामा’, ‘सिर्जनाको मूल’, ‘हाम्रो घर’ र ‘आमा’ शीर्षकका कविता वाचन गर्नुभएको थियो । त्यसैगरी कविहरू शारदा के.सी.क्षेत्रीले ‘त्यो युद्ध’, रूपक अलङ्कारले ‘चैतन्य फेरौँ अब’, सुभानी उपाध्यायले ‘साझा मान्छे’, डम्बर पहाडीले ‘मोटे सार्की’ र हरिश्चन्द्र गौतमले ‘अब जाग्नुपर्छ’ शीर्षकको कविता कविता वाचन गर्नुभएको थियो ।

वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै समीक्षक डा.गोविन्दप्रसाद आचार्यले कवि पौडेलका सबै कविता आशावादी र सामाजिक रूपान्तरण अभियानलाई सघाउने खालका भएका बताउँदै कवितामा समाजका कुप्रवृत्तिका विरुद्धको शङ्खघोष र विभेद तथा शोषणको अन्त्यको आग्रह गरिएको मात्र नभई समानताका पक्षमा वकालत गरिएको बताउनुभयो । यी कविता भोलिको समाजले पनि स्विकार्ने खालका रहेका र जनताका पक्षमा लेखिएका कविता सार्थक रहेका बताउनुभयो ।

प्रमुख अतिथि राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले कवितामा सरल तरिकाले गम्भीर भाव सम्प्रेषण गर्न र कवितामै शालीन व्रिद्रोहका माध्यमबाट रूपान्तरणको सन्देश पनि सम्प्रेषण गर्न सकिने अनुभूति कविता सुनिसकेपछि भएको बताउनुभयो । राजनीतिले मूर्त रूप लिएपछि सामाजिक रूपान्तरण गर्न राजनीति र संस्कृतिको मेल आवश्यक रहेकाले समाजलाई जोड्न संस्कृतिकर्मीको अहम् भूमिका हुने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष आर.सी.न्यौपाने, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, डा.गोविन्दप्रसाद आचार्य, डम्बर पहाडी, खेमराज निरौला, त्रिलोचन आचार्यलगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

आगामी वैशाख महिनामा ८९ औँ ‘अविरल जनसाहित्य यात्रा’मा मोरङका स्रष्टा तिला लेकालीलाई प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

साहित्य सङ्‍गम मकवानपुरकाे एउटै मञ्चमा ७ जनालाई सम्मान ।

मकवानपुर, १० चैत ।

नवसाहित्य अनलाइन
साहित्य सङ्गम मकवानपुरले ७ जना स्रस्टाहरूलाई सम्मानित गरेको छ । कथा, कविता, मुक्तक, गजल आदि सिर्जनाका साथै कलाकारितामार्फत् साहित्यको विकासमा योगदानस्वरुप स्रस्टाहरू सम्मानित भएका हुन् ।

शनिबार ३ सय ४१ औं साहित्य सन्ध्या तथा सम्मान समर्पण कार्यक्रमका सभाध्यक्ष सङ्गमका अध्यक्ष डीबी बर्तौला तथा प्रमुख अतिथि साहित्यकार निर्मोही व्यास लगायतले सर्जकहरूलाई सम्मानित गर्नु भएको हो ।

‘मकवानपुर साहित्यश्री सम्मान २०८०’ ईन्द्रजीत शर्मा चौलागाईँलाई
तत्कालीन जिल्ला विकास समिति मकवानपुर र साहित्य सङ्गम मकवानपुरद्वारा स्थापित १५ हजार ५ सय ५५ रुपैयाँ राशिको ‘मकवानपुर साहित्यश्री सम्मान २०८०’ बाट साहित्य सर्जक तथा कलाकार ईन्द्रजित शर्मा चौलागाईं सम्मानित हुनु भएको छ । उहाँ कान्छी, मेरी बास्सैलगायत हास्य टेलिश्रृङ्खलाहरूमार्फत् अभिनयमा सक्रिय हुनुहुन्छ ।

‘भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८०’ कल्पना काफ्लेलाई
मकवानपुरका साहित्य सर्जक विशाल अधिकारी आशुतोषद्वारा १५ हजार ५ सय ५५ रुपैयाँ राशिको ‘भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८०’ बाट धनकुटाकी स्रष्टा कल्पना काफ्ले सम्मानित हुनु भएको छ । उहाँका “मान सरोवर” र “नेपाली गजलमा नारी हस्ताक्षर (संयुक्त)” साहित्यिक कृतिहरू प्रकाशन भएका छन् ।

‘विनोद-सुनिता सुवेदी साहित्य सम्मान २०८०’ श्रीराम पाण्डेलाई
प्याब्सन मकवानपुरका अध्यक्ष तथा बालजागृति इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुल हेटौँडा २ का प्रिन्सिपल विनोद सुवेदी र शिक्षक सुनिता सुवेदीले स्थापना गर्नु भएको १० हजार राशिको ‘विनोद-सुनिता सुवेदी साहित्य सम्मान २०८०’ बाट ललितपुरका स्रष्टा श्रीराम पाण्डे सम्मानित हुनु भएको छ । पाण्डेका “मातृस्मरण”, “दोछायाँ” र “बन्दीगृहमा समय” साहित्यिक कृतिहरू प्रकाशन भएका छन् ।

‘सुभद्रादेवी-मदन मुडवरी स्मृति सम्मान २०८०’ विश्वनाथ सञ्जेललाई
अमेरिका निवासी दीपक मुडवरीद्वारा स्थापित १० हजार रुपैयाँ राशिको ‘सुभद्रादेवी-मदन मुडवरी स्मृति सम्मान २०८०’ बाट मकवानपुरका साहित्य सर्जक विश्वनाथ सञ्जेल सम्मानित हुनु भएको छ । सञ्जेलका “पलपलको मूल्य”, “क्षितिजयात्रा” र “फर्कियौ किनारबाट” साहित्यिक कृतिहरू प्रकाशन भएका छन् ।

‘मङ्गलादेवी श्रेष्ठ नारी स्मृति सम्मान २०८०’ भावना सापकोटालाई
शिक्षासेवी देवप्रसाद श्रेष्ठले स्थापना गर्नु भएको १० हजार रुपैयाँ राशिको ‘मङ्गलादेवी श्रेष्ठ नारी स्मृति सम्मान २०८०’ बाट मकवानपुरकी साहित्य सर्जक भावना सापकोटा सम्मानित हुनु भएको छ । उहाँ आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष हुनुहुन्छ । उहाँका फुटकर रचनाहरू प्रकाशित छन् ।

‘मुक्ति-तारा सम्मान २०८०’ सानुभाइ विश्वकर्मालाई
साहित्यसेवी मुक्तिगोविन्द वैद्य र तारादेवी वैद्यले स्थापना गर्नु भएको १० हजार राशिको ‘मुक्ति-तारा सम्मान २०८०’ बाट मकवानपुरका साहित्यिक सर्जक सानुभाइ विश्वकर्मा सम्मानित हुनु भएको छ । उहाँ लोकभावना त्रैमासिकका सम्पादक विश्वकर्माका फुटकर रचनाहरू प्रकाशित छन् ।

‘रामहरि-देवु सम्मान २०८०’ किशन पौडेललाई
साहित्य सर्जक तथा अधिवक्ता ऋषि केबी र शिक्षक तथा साहित्य सर्जक पूण्यशिला श्रेष्ठले स्थापना गर्नु भएको १० हजार राशिको ‘रामहरि-देवु सम्मान २०८०’ बाट मकवानपुरका साहित्यकार किशन पौडेल सम्मानित हुनु भएको छ । उहाँ लघुकथा चौतारी मकवानपुरको संयोजक हुनुहुन्छ भने उहाँका अन्तर्द‍ृष्टी र खुसी साहित्यिक कृतिहरू प्रकाशित छन् ।

कार्यक्रममा पुरस्कार संस्थापकहरूमध्येबाट देव श्रेष्ठले मन्तव्य राख्नुभयो भने सम्मानित सातै जनाले आ-आफ्नो रचना वाचनका साथै धन्यवाद ज्ञापन गर्नु भएको थियो । सङ्‍गमका कोषाध्यक्ष मेनु चौलागाईँले स्वागत गर्नु भएको कार्यक्रममा सम्मानित सर्जकहरूको व्यक्तित्वबारे सङ्‍गम उपाध्यक्ष सानु खनालले मन्तव्य राख्नु् भएको थियो । साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा आयोजित कार्यक्रमलाई सङ्‍गमका सचिव मनोज पोखरेलले सहजीकरण गर्नु भएको थियो ।

जनप्रियमा एस‌इइमा सामेल हुँदै गरेका विद्यार्थीकेन्द्रित अभिमूखिकरण कार्यक्रम सम्पन्न ।

९ चैत्र, मकवानपुर ।

एस‌इइमा सामेल हुँदै गरेका जनप्रिय माध्यमिक विद्यालयका विद्यार्थीकेन्द्रित अभिमूखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा परीक्षाको तयारी, परीक्षा केन्द्र जानुअघि र पुगेपछि गरिने बानीव्यवहार, संलग्न हुनुपर्ने सरसामानहरू, समय व्यवस्थापन, उत्तरपुस्तिकामा नाम, विषय, पत्र, सिम्बोल नम्बर आदि लेख्ने तरिकाबारे सिकाइ गरियो ।

नेपाली माध्यमका संयोजक नीरबहादुर खड्का, पूर्व प्र‌अ नमराज अर्याल, बालीविज्ञान संयोजक विजय थिङले परीक्षामा उपस्थितिका विविध तौरतरिका प्रस्तुति तथा शुभकामना मन्तव्य राख्नुभयो ।

अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठ, शिक्षकद्वय सुनिल गौतम र संप्रस पौडेललगायतले प्रस्तुति गर्नुभयो ।

जनप्रिय मिडिया संयोजक सुनिल गौतमले सहजीकरण गर्नुभ‌एको कार्यक्रममा शिक्षक आशिष बललगायत उपस्थित हुनुभ‌यो ।

विद्यार्थीहरूले परिक्षाका सम्बन्धमा आफ्ना विविध जिज्ञासाहरू राखेका यस अभिमुखिकरण कार्यक्रममा बालीविज्ञान, अङ्ग्रेजी माध्यम र नेपाली माध्यममा अध्ययनरत विद्यार्थीहरू सहभागी रहेका थिए ।

प्राज्ञ बूँद राना र बिनोद बिम्बित पुरस्कृत हुँदै

मकवानपुर । नेपाल गजल प्रतिष्ठानले यस वर्ष बरिष्ठ गजलकार एक जना तथा नवोदित गजल साधक एक जना गरी दुई जना गजल साधकहरूलाई पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ ।

स्थापनापश्चात् पहिलो पटक प्रदान गर्न लागिएको ‘पद्मिल गजल बहार पुरस्कार तथा सम्मान–२०८०’ एवं ‘के लत बस्यो मलाई गजल पुरस्कार तथा सम्मान-२०८०’ क्रमश: बरिष्ठ गजलकार प्राज्ञ बूँद राना र नवोदित गजल साधक बिनोद बिम्बितलाई प्रदान गरिने भएको छ ।

३५ हजार रुपैयाँ नगद राशिको ‘पद्मिल गजल बहार पुरस्कार तथा सम्मानुको स्थापनाकर्ता काठमाडौं महानगरपालिका-१४ निवासी दीपशिखा शर्मा हुन् भने १५ हजार रुपैयाँ नगद राशिको ‘के लत बस्यो मलाई गजल पुरस्कार तथा सम्मान’को स्थापनाकर्ता कालिन्चोक-९, दोलखा निबासी गजलकार प्रदीपकुमार मैनाली हुन् ।

उक्त दुवै पुरस्कार एवं सम्मान प्रतिष्ठानले आफ्नो वार्षिक उत्सवको अवसर पारेर २०८० चैत १७ गते आयोजना गरेको ‘साङ्गीतिक गजल गुञ्जन’ कार्यक्रमका अवसरमा प्रदान गरिनेछ ।

यस सटकको साङ्गीतिक गजल गुञ्जनमा स्थापित र नवगायकरगायिकाले गजल प्रस्तुत गर्ने प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले बताए । प्रतिष्ठानले हरेक २ महिनामा ‘गजल मुशायरा’समेत गर्दै आएको उनले जानकारी दिए ।

यस पटकको साङ्गीतिक गजल गुञ्जन चैत १७ गते दिउँसो १२ बजे राष्ट्रिय नाचघर, जमलमा हुने बताइएको छ ।

दुवै पुरस्कार तथा सम्मान छनोट समितिमा गजलकारहरू रवि प्राञ्जल, करुण थापा, टक गुरुङ, आवाज शर्मा र प्रमोद थापा थिए ।