Home Blog Page 9

गजल मञ्चद्वारा दीपक गौतमका एकल गजल वाचन

नवसाहित्य डटकम

असोज ५/नवसाहित्य अनलाइन ।
गजल मञ्चका पूर्व अध्यक्ष दीपक गौतमको एकल गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार आयोजित कार्यक्रममा गौतममले २ सत्र गरी कूल १० गजल सुनाउनु भयो ।

गौतमले ६० र ७० को दशकका साथै नयाँ गजलहरू समेत गरी बहर र बेबहरमा लेखिएका दुवैखाले गजल वाचन तथा गायन गर्नु भयो ।

कार्यक्रममा नवसर्जक साहित्य चौतारीद्वारा प्रशिक्षित ४ वटा विद्यालयका विद्यार्थीहरूबाट समेत गजल वाचन भएका थिए ।

गजल मञ्चका अध्यक्ष केशव समर्पणले गौतमका गजलहरूको प्रशंसा गर्दै गजल लेखन कार्यशाला समेत सञ्चालन गराउनु भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

मकवानपुरका साहित्यकारहरू सहभागी रोयल प्यालेस हेटौँडामा आयोजित कार्यक्रमलाई मञ्चका सचिव हरि पौड्यालले सहजीकरण गर्नु भएको हो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

Section Title

महाकाव्यकार मुना अर्याललाई ५१ हजार राशिको महालक्ष्मी साहित्य पुरस्कार

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

असोज ५, नवसाहित्य ।
मातृभूमि साहित्य समाज मकवानपुर र महालक्ष्मी विकास बैङ्कको संयुक्त रुपमा प्रदान गरिने “महालक्ष्मी साहित्य पुरस्कार, २०८०” महाकाव्यकार मुना अर्याललाई प्रदान गरिएको छ । शनिबार एक कार्यक्रमबिच अर्याललाई ५१ हजार राशिसहित सम्मानपत्रले सम्मान गरिएको हो । यसअघि सो पुरस्कारबाट प्रा.डा. गोविन्दराज भट्टराई सम्मानित हुनु भएको थियो ।

“आत्मसलिल (२०७६)” महाकाव्यकी सर्जक ओशोभक्त अर्यालको अनुवाद कृति “ईश्वराम्मा (२०६०)” प्रकाशित छन् भने तथा “महाकाश (२०८०)” अघिल्लो वर्ष मातृभूमिको स्थापना दिवसकै अवसरमा विमोचन गराउनु भएको हो । यस्तै २०७६ मा नुवाकोटमा सम्मानित आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक अर्याल गत चैत्रमा उहाँ चितवनमा पल्लव राष्ट्रिय पुरस्कार २०८० लगायत ३ पुरस्कारबाट सम्मानित हुनु भएको थियो ।

कार्यक्रममा “मकवानपुर श्री सम्मान २०८१” बाट शिक्षाप्रेमी बद्रीनाथ शर्मा अर्याल सम्मानित हुनु भएको छ । मकवानपुर जिल्लामा रही शिक्षा क्षेत्रबाट जिल्लाको उन्नयनमा महत्त्वपूर्ण भूमिका खेल्दै आउनु भएको भन्दै संस्थाले उहाँलाई सो सम्मान प्रदान गरेको हो ।

“केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०८०” बाट हेटौँडा सन्देश दैनिकका सम्पादक माधवप्रसाद न्यौपाने सम्मानित हुनु भएको छ । १० हजार राशिको सो पुरस्कार समाजसेवी ईश्वर मैनालीले आफ्नो बुबाको स्मृतिमा स्थापना गर्नु भएको हो ।

मातृभूमि साहित्य समाज मकवानपुरका संस्थापक अध्यक्ष हयग्रीव आचार्यले सम्मानित व्यक्तीहरुको संक्षिप्त परिचय दिनु भएको थियो ।

कार्यक्रममा अनुसुया खनाल, मनोज मधुर, स्वस्तिका दाहाल, अमृता लामिछाने, सुवास खनाललगायतले रचना वाचन गर्नुभयो ।

मातृभूमिका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षता तथा बागमती प्रदेशका आन्तिरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा महालक्ष्मी विकास बैङ्कका क्षेत्रीय प्रबन्धक शम्भुप्रसाद पराजुली विशिष्ट अतिथि रहनु भएको थियो ।

कार्यक्रममा मातृभूमिका प्रमुख संरक्षक मुक्तिगोविन्द वैद्य, संस्थापक अध्यक्ष ह्यग्रीव आचार्य, बैङ्कका हेटौँडा शाखा प्रबन्धक अनन्तराज धितालका साथै मकवानपुरका साहित्यकारहरू देवराज खरेल, शान्ति प्रियवन्दना, भावना सापकोटा, निमेष निखिल, डीबी बर्तौला, देवराज तिवारी, राजकुमार लामिछानेका साथै बैङ्कका कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

रोयल प्यालेस हेटौँडामा आयोजित कार्यक्रमलाई मातृभूमिका सानु खनालले सहजीकरण गर्नु भएको हो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

भैरव अर्याल: न भूतो न भविष्यति : -निमेष निखिल

नवसाहित्य डटकम

कवि/गजलकार/मुक्तककार/नियात्राकार

असोज ५/नवसाहित्य ।
८९औँ जन्मजयन्तिको अवसरमा हेटौँडामा एक कार्यक्रम गर्दै भैरव अर्यालको स्मरण गरिएको छ । पुष्पलाल स्मृति पुस्तकालयमा रहेको भैरव अर्यालको प्रतिमामा माल्यार्पण, व्यक्तित्व चर्चा र रचना वाचन गरी अर्यालको स्मरण गरिएको हो ।

मन्तव्यका क्रममा कार्यक्रमका प्रमुख अतिथि निमेष निखिलले भैरव अर्यालको चर्चा गर्दै भन्नुभयो- भैरव अर्याल नेपाली हास्यव्यङ्ग्य लेखनमा अद्वितीय प्रतिभा हुन् । इतिहास, वर्तमान मात्रै नभएर ५० वर्षपछिको भविष्यको समेत कल्पना गरेर लेख्नसक्ने दूर दृष्टियुक्त अर्याललाई हास्यव्यङ्ग्य साहित्यका ‘न भूतो न भविष्यति’ अथक स्रष्टाका रूपमा हामी सम्मान गर्दछौँ ।

कार्यक्रममा चिरञ्जीवि लामिछाने र देवराज तिवारीले व्यङ्ग्य रचनाहरू प्रस्तुत गर्नुभयो ।

महाकाव्यकार मुना धिताल अर्याल तथा साहित्यसेवी मुक्तिगोविन्द वैद्य विशिष्ट अतिथि रहनु भएको कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौला, आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष भावना सापकोटा, मुक्तक मञ्चका अध्यक्ष सागर तिमल्सिना, कवि यश लामा, रजनी पौडेललगायतको उपस्थिति रह्यो ।

साहित्य सङ्गम र सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त आयोजनामा शनिबार सम्पन्न कार्यक्रमलाई साहित्य सङ्गम मकवानपुरका सचिव मनोज पोखरेलले सहजीकरण गर्नुभएको हो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

कवि यश लामाको ‘बहिष्कृत आवाज’ भव्य समारोहबिच सार्वजनिक

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

असोज ५/नवसाहित्य
कवि यश लामाको पहिलो कविता सङ्ग्रह ‘बहिष्कृत आवाज’ सार्वजनिक भएको छ । शनिबार हेटौँडामा आयोजित विमोचन कार्यक्रममा पुस्तक चर्चासहित कृति सार्वजनिक गरिएको हो ।

साहित्यकार निमेष निखिल, डा. रामजी राम, मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली, कवि लामा र उहाँकी छोरीमार्फत् कवितासङ्ग्रह सार्वजनिक भएको हो ।

उच्च शिक्षा अध्ययनदेखि नै लामो समय मकवानपुरलाई कर्म क्षेत्र बनाउँदै आउनु भएका लामा, बाराको निजगढ नगरपालिका– ७ का स्थायीबासी हुनुहुन्छ । उहाँले करिब १० वर्षको अवधिमा लेखेका ४५ वटा कवितालाई ‘बहिष्कृत आवाज’ मा ६ खण्डमा समावेश गरिएको छ।

कवितासंग्रहमा सामाजिक रूपमा पछाडि परेका र समाजबाट बहिष्कृत भएका वर्गको आवाज कवितामार्फत् प्रस्तुत गर्ने प्रयास गरिएको लेखक लामाले बताउनु भएको छ । लामाका कवितालाई कवि स्वयंले पसिनाको अनुहार खण्डको ‘देश यसरी चलेको’ वाचन गर्नुभयो । यस्तै शुक्र प्रजाले कार्यक्रममा स्वागतस्वरूप कविता वाचन गर्नुभयो भने शान्ति प्रियवन्दना र सुबास सजलले सङ्ग्रहभित्रका १/१ कविताहरू वाचन गर्नु भएको थियो ।

साङ्ग्रिला बुक्सद्वारा प्रकाशित कवितासङ्ग्रहको मूल्य ३५० रहेको छ भने एम्बिसन गुरू मोबाइल एप्लिकेसनमार्फत् इ-बुक तथा श्रव्य कविता समेत सुन्न सकिनेछ ।

डा. रामजी राम र मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपालीले पुस्तकमाथि टिप्पणी राख्नु भएको कार्यक्रम रोयल प्यालेस हेटौँडामा किताबघरका सञ्चालक तथा सञ्चारकर्मी छवि अनित्यले सहजीकरण गर्नु भएको हो । ( वक्ताहरूको विचार तथा वाचित कविता भिडियो सामग्रीमा)

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

पठन संस्कृतिको टेवामा बालजागृतिको पुस्तक समीक्षा

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

असोज ५/नवसाहित्य ।
बालजागृति इङ्लिस बोर्डिङ स्कुलले हरेक शुक्रबार गर्दै आइरहेको अतिरिक्त क्रियाकलापका विभिन्न गतिविधिहरूमध्ये पठन संस्कृति पनि एक अभिन्न क्रियाकलापका रूपमा रहीआएको छ ।

विद्यालयमा अध्ययनरत कुनै न कुनै तहका विद्यार्थीहरूलाई तहगत क्रमबद्धता अनुसार पुस्तकालयमा बसी पुस्तक अध्ययन गर्ने गराउने क्रियाकलापलाई समेट्दै आइरहेको शिक्षक रजनी पौडेलले बताउनुभयो ।

सिकाइमा सिकारु जागरुक भए मात्रै सिकाइ प्रभावकारी हुने तथा त्यसका लागि शिक्षकले सहजकर्ताको भूमिकामा रहनैपर्ने हुँदा नवीन प्रविधि र विधिको प्रयोगको विकल्प नरहेको प्रधानाध्यापक विनोद सुवेदीले बताउनुभयो । पठन संस्कृतिलाई जोड दिन कक्षागतरूपमा विद्यार्थीहरूबिच पुस्तक चर्चा र परिचर्चाका कार्यक्रमहरूलाई पनि समावेश गर्दै आइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रधानाध्यापक सुवेदीको सभाध्यक्षता र नियात्राकार रमेश मोहन अधिकारीको प्रमुख अतिथ्यमा सञ्चालित पुस्तक समीक्षा प्रतियोगितामा कक्षा ४ र ५ मा अध्ययनरत ३५ विद्यार्थीहरूको सहभागिता रह्यो ।

पुस्तक परिचर्चा कार्यक्रमका प्रमुख अतिथि अधिकारीले विद्यालयले तल्लो तहदेखि नै पठन संस्कृतिको विकासमा गरेको कार्यको प्रशंसा गर्नुभयो । सहभागी विद्यार्थीहरूले अभिव्यक्त गर्नुभएका पुस्तक माथिका धारणाहरुलाई लिएर आगामी दिनहरुमा साहित्यको क्षेत्रमा उत्कृष्ट पाठकहरूको उत्पादन हुन लागेकोमा खुसी समेत व्यक्त गर्नुभयो । साना कक्षाका विद्यार्थीहरूको अभिव्यक्ति कला माध्यमिकस्तरीय विद्यार्थीहरूभन्दा कम नरहेको कुरा बताउँदै सहभागी विद्यार्थीहरूलाई आगामी दिनमा पनि पुस्तकहरू पढेर पुस्तकमाथिका आफ्ना धारणाहरू प्रस्तुत गरिरहन समेत हौसला दिनुभयो ।

पुस्तक परिचर्चा प्रतियोगितामा प्रत्येक कक्षाका उत्कृष्ट ३ मध्ये कक्षा ४ बाट प्रसिद्धि लामिछाने, क्रिएजन चुनी मगर र युवान शाह तथा कक्षा ५ बाट कोशिका सापकोटा, समृद्धि बर्तौला र आरुसी काफ्ले पुरस्कृत हुनु भएको छ ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

गाम्नागे, गौतम र गिरीलाई भैरव पुरस्कार

नवसाहित्य डटकम

असोज ४/नवसाहित्य । हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई २०८१ सालको “भैरव पुरस्कार” र चूडामणि गौतमलाई “भैरव वाङ्मय पुरस्कार” प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशि एक लाख ११ हजार १११ रुपियाँ रहेको छ ।

५१ हजार १११ रुपियाँ राशिको “भैरव प्रतिभा पुरस्कार” कलाकार लक्ष्मी गिरीलाई प्रदान गरिने भएको छ ।

भैरव पुरस्कार गुठीद्वारा मङ्गलबार सार्वजनिक गरेको विज्ञप्तिमा सो जानकारी दिइएको हो । भैरव पुरस्कार गुठीका अध्यक्ष रोचक घिमिरेको अध्यक्षतामा बसेको बैठकले पुरस्कारका लागि सिफारिस सो नाम अनुमोदन गरेको हो ।

गुठीले साहित्यकार गोपाल बरालको संयोजकत्वमा साहित्यकारद्वय नरनाथ लुइटेल र हरिकला उप्रेती सदस्य रहनुभएको पुरस्कार चयन समिति गठन गरेको थियो ।

सिस्नुपानी नेपालका अध्यक्ष गाम्नागेले हास्यव्यङ्ग्य साहित्यका साथै विविध विधाका कूल १० पुस्तकहरू लेख्नु भएको छ भने उहाँले २०५९ सालमा भैरव प्रतिभा पुरस्कार समेत प्राप्त गर्नु भएको थियो ।

करिब १०० पुस्तक लेख्नु भएका चुडामणि गौतम अङ्ग्रेजी भाषा तथा व्याकरण लेखनमा ख्यातिप्राप्त हुनुहुन्छ ।

नेपाली, भोजपुरी, नेवारी, मैथिलीलगायतका झन्डै १५० चलचित्रमा अभियन गर्नुभएका लक्ष्मी गिरी अभिनयकै माध्यमबाट नाटक, लघुचलचित्र, विज्ञापन आदिमा सक्रिय हुनुहुन्छ ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

दीपा राईको ‘कुनै मधुर धुन’को गीत सार्वजनिक ।

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

४ असोज/नवसाहित्य । कवि, गीतकार एवम् समाजसेवी दीपा राई पुनको नयाँ गीत युट्युबमार्फत सार्वजनिक भएको छ । लामो समयदेखि गीतसङ्गीत, कविता र समाजसेवामा समर्पित राईको शब्दरचना रहेको ‘कुनै मधुर धुन’ बोलको गीतमा प्रशिद्ध सङ्गीतकार एवम् वाध्यवादक सचिन सिंहले सङ्गीत भर्नुभएको छ भने प्रशिद्ध गायिका मेलिना राईले आफ्नो मखमली आवाज भरेकी छन् ।

Deepa Rai Pun Youtube channel मार्फत सार्वजनिक भएको सो म्युजिक भिडियोमा स्राज गराच र रक्षा थापाको जीवन्त अभिनय गरेका छन् । समाजसेवी विमला राईले निर्माण गरेको यस म्युजिक भिडियोमा चर्चित म्युजिक भिडियो निर्देशक निकेश खड्काको निर्देशन रहेको छ ।
साथै दिनेश पराजुलीको सिनेम्याटोग्राफीमा बनेको म्युजिक भिडियोको एडिटिङ बिकेश धमलाले गरेका छन् ।

यस गीतको रेकर्डिङ अकोस्टिङ स्टुडियोमा गरिएको हो भने मिक्सिङ र मास्टरिङ चन्द्र चौधरीले गरेका छन् ।

Deepa Rai Pun Youtube channel मार्फत सार्वनजिक गीतको रेकर्डिष्ट ताजाबाबु चौधरी गरेका हुन् ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

‘स्मृतिका पानाहरू’ सार्वजानिक ।

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

४ असोज/नवसाहित्य ।

मकवानपुरे वरिष्ठ पत्रकार, साहित्यकार, शिक्षक तथा श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपाल मकवानपुरका संस्थापक अध्यक्ष कौशल पाण्डेको स्मृतिमा प्रकाशित ग्रन्थ ‘स्मृतिका पानाहरू’ असोज ३ गते बिहीबार हेटौडामा सार्वजनिक भएको छ ।

प्रगतिवादी अध्येता एवं साहित्यकार डिआर पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेश निवर्तमान खानेपानी ऊर्जा तथा सिचाई मन्त्री एकलाल श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान को विशिष्ट अतिथ्यता रहेको थियो।

कार्यक्रममा राजनैतिक, साहित्यिक, पत्रकारिता र शिक्षण क्षेत्रका व्यक्तित्वहरु भीमसेन महत , सीता बिष्ट , प्रमिला पुलामी श्रद्धा ,राधा तिमल्सिना, सुर्यचन्द्र न्यौपाने , नवीन सिग्देल, फुर्वा दोर्जे लामा,कृष्ण प्रसाद घिमिरे, पुरणबहादुर जोशी, ध्रुव अधिकारी, निमेश निखिल, ह्यग्रीव आचार्य, समीम शाह, रामसागर गुरागाई, संजय साह, किसुन दयाल यादव लगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रकाशित पुस्तकबारे समीक्षकहरू राजबाबु पहाडी र सूर्यप्रसाद शर्माले धारणा राख्नुभएको थियो । पुस्तकबारे बोल्दै समीक्षकहरूले कौशल पाण्डे नेपाली पत्रकारिता,साहित्य, शिक्षण र राजनीतिक क्षेत्रमा बिर्सिन नसकिने नामको रुपमा रहनुभएको किताबबाट जानकारी हुने मत राख्नुभएको थियो। ग्रन्थ प्रकाशन समितिका संयोजक ऋषिराम पोखरेलले स्वागत गर्नुभएको उक्त कार्यक्रम श्याम प्रसाद शर्मा स्मृति प्रतिष्ठानका अध्यक्ष इन्द्र नेपालको सभाध्यक्षतामा भएको थियो। साथै कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सचिव सुवास खनालले गर्नुभएको थियो।

कार्यक्रममा कवि पुरुषोत्तम आचार्य र कौशल पाण्डेकी कान्छी बहिनी शान्तिदेवी ढुङ्गानाले रचनावाचन गर्नुभएको थियो भने प्रतिष्ठानले ‘कौशल पाण्डे स्मृति पुरस्कार’ स्थापना गरी कार्ययोजना बनाएर वार्षिक रुपमा प्रदान गर्ने जानकारी पनि गराएको थियो।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

श्याम बानियाँको अर्को गीत ‘माया भन्नु’ र शून्य शून्य सार्वजनिक हुँदै ।

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

३ असोज/नवसाहित्य ।
आफ्नै शब्द र गायनका सुमधुर गीतहरू ‘आकाश खुल्यो सुस्तरी’ र ‘शून्य शून्य लाग्न थाल्यो सहर’ प्रस्तुत गर्नुभएका श्यामकुमार बानियाँको नवीन गीत ‘माया भन्नु’ र शून्य शून्यको भिडियो टिजर सार्वजनिक गरिएको छ ।

बानियाँले लेख्नु भएका केही गीतहरूमध्ये ‘ए जिन्दगी’ मा नवराज पराजुली तथा ‘हिमालमा घाममा झुल्क्यो’ मा राधा ज्ञवालीले स्वर दिनु भएको छ । त्यसो त उहाँकै ‘म्यासेजको घण्टी’ मा विष्णु अधिकारी र ‘तिमी धेरै माया गर्छौ’ मा आनन्द कार्कीको गायकी रहेको छ ।

केही दिनमैँ सार्वजनिक हुन लागेको सङ्गीतकार लाल श्रेष्ठको सङ्गीत रहेको ‘माया भन्नु’ को म्युजिक भिडियोमा अजर फुयाँल, रिया श्रेष्ठ, बेनु शर्मा, रजनी अधिकारी, सङ्गीता श्रेष्ठ, प्रसुभा देवकोटा, रामु गिरी, तथा बालकलाकारको रुपमा कृषा खड्का लगायतको अभिनय रहेको छ भने यसलाई महेन्द्र ‌ओझाले निर्देशन, छायाङ्कन तथा सम्पादन गर्नु भएको हो ।

नवसाहित्यसँगको कुराकानीका क्रममा उहाँको अर्को गीत ‘देखारीमा घाम लुक्दा’ रेकर्डको क्रम रहेको बानियाँले बताउनुभएको छ ।

बच्चु कैलाश, कुमार सानु, मदनकृष्ण श्रेष्ठ, भक्तराज आचार्य, फत्तेमान राजभण्डारीका गायन प्रवीणताबाट प्रेरित बानियाँ विद्यार्थी जीवनदेखि नै कविता, गीत लेखन तथा गायनमा सक्रिय रहनुका साथै साहित्यिक पत्रकारिताका अनुभवी हुनुहुन्छ । विगतमा शिक्षण पेशामा आबद्ध उहाँ साहित्य सङ्गम मकवानपुरका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार, हेउनपा पाब्सनका नगर सचिव तथा भीमविराग सङ्गीत साहित्य कला प्रतिष्ठानका उपाध्यक्ष रहनु भएको छ । उहाँ हाल हेटौँडा-५ मा रहेको ज्ञानोदय बालबाटिका एकेडेमी सञ्चालन गरिरहनु भएको छ ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

मकवानपुरमा लक्ष्मण गाम्नागेका हास्यव्यङ्ग्य कविताको चर्चा

संप्रस पौडेल

समाचार प्रमुख

३ असोज/नवसाहित्य । हेटौँडामा एक कार्यक्रमबिच सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले चर्चित हास्यव्यङ्ग्य कविताहरू वाचन गर्नुभएको छ ।

सिस्नुपानी नेपाल मकवानपुरको पाँचौँ अधिवेशनका क्रममा गाम्नागेका ‘एकल हास्यव्यङ्ग्य कविता वाचन’ कार्यक्रममा गाम्नागेले आफ्ना १३ कविताहरू प्रस्तुत गर्नुभयो ।

सिस्नुपानी नेपालका सचिव सरोज घिमिरेले सहजीकरण गर्नुभएको वाचन सत्रमा गाम्नागेले ‘१९ रसका कविता’, ‘सहिदका सपना’, ‘हेलो लक्ष्मण गाम्नागे- सञ्चै ?’, ‘बाहिर निस्कनु हानिकारक छ’ लगायतका व्यङ्ग्य कविताहरू सुनाउनुभयो । त्यसो त ‘आमाको चिठी’ र ‘बा’ कविताबाट समाजमा व्यस्त दैनिकी तथा भविष्य बनाउने नाममा सहर पसेर बेपत्ता भएका सन्तानबाट बुढाबुढीप्रतिको बदलिँदो व्यवहारलाई कटाक्ष गर्दा कार्यक्रमस्थल नै गडगड तालीले गुञ्जायमान भएको थियो ।

‘सरकारलाई सघाउनोस्’ भन्दै कविता सुनाउँदा होस् वा ‘खाउँ साथी हो खाउँ’ देखि ‘लेख्न बाँकी एउटा राष्ट्रवादी कविता’ पढ्दै गर्दा स्रोता दर्शक पनि कवितामैँ लिन भइरहेको पाइन्थ्यो । कार्यक्रममा गाम्नागेका २ कविताहरू सिस्नुपानी नेपालका सदस्य चक्र दवाडीले वाचन गर्नुभयो ।

सामाजिक मुद्दादेखि राजनीतिक विसङ्गतिका विषय अनि पारिवारिक विखण्डनदेखि आधुनिक संस्कारमा देखिएका खराब पक्षहरूमाथि हास्य र व्यङ्ग्यमार्फत् पेचिलो लेखनमा सक्रिय गाम्नागेले यस कार्यक्रमबाट हेटौँडेलीहरूको मन जितेका सहभागीहरूले बताएका छन् ।

आफू लामा कविता लेख्न रूचाउने बताउनु भएका गाम्नागेको कविता श्रवणका लागि करिब ३ सय दर्शक/स्रोताहरूको उपस्थिति रहेको थियो ।

सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको नेतृत्वमा गरिएको अन्तिम प्रस्तुतिका रूपमा गाम्नागेका पेचिला कविताहरू वाचन भएका हुन् । बिहीबार सो कार्यक्रमपछि नयाँ कार्यसमिति गठन भएको छ ।

सोही कार्यक्रमका क्रममा सुमार्गी हुमागाईँ तथा साथीहरूले ‘चोर कुन चाहिँ हो ?’ भन्दै प्यारोडी गायन प्रस्तुत गर्नुभयो ।

उच्च अदालत पाटन, हेटौँडा इजलासका माननीय मूख्यन्यायाधीश यमुना भट्टराई, न्यायाधीशद्वय शकुन्तला घिमिरे र मीना गौतम सेढाईँका साथै माननीय सिस्नुपानी नेपालका कोषाध्यक्ष माणिकरत्न शाक्य, शिक्षाविद् पुरनबहादुर जोशी, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, चितवनका गजलकार धनराज गिरी, महाकाव्यकार मुना धिताल अर्याललगायतको उपस्थिति रहेको कार्यक्रम हेटौँडा पार्टी प्यालेसमा सम्पन्न भएको हो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन