नवसर्जक साहित्य चौतारी नेपाल बागमती प्रदेश अध्यक्ष रोश्नी चौलागाईँको एकल कविता वाचन कार्यक्रम गरिएको छ ।
नवसर्जक साहित्य चौतारी नेपालको आयोजनामा शुक्रबार भएको कार्यक्रममा हास्यव्यङ्ग्यकार आरसी रिजालको प्रमुख आतिथ्यता रह्यो भने कार्यक्रम केन्द्रिय अध्यक्ष कृतिका लौडारीको अध्यक्षतामा आयोजना गरिएको हो ।
चौलागाईँद्वारा वाचित आधा दर्जन कविताहरूमाथि नेपाल कवि शान्ति प्रियवन्दना वक्ताका रूपमा आफ्ना भनाइहरू राख्नुभयो ।
कवि चौलागाईँको वैदेशिक अध्ययनको यात्रा र बसाइ सुखद रहने शुभेच्छाका साथ कार्यक्रम गरिएको अध्यक्ष लौडारीले जानकारी दिनुभयो ।
साहित्य सङ्गम र सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त हलमा आयोजित कार्यक्रम उपमहासचिव रचना भण्डारीले स्वागत मन्तव्य तथा कवि परिचय दिनुभयो भने संस्थाकी महासचिव स्वस्तिका दाहालले कार्यक्रमलाई सहजीकरण गर्नुभएको हो ।