Homeसमाचारप्रधानाध्यापक कृष्णप्रसाद खनालको विदाई तथा सम्मान कार्यक्रम २०८२ ।
प्रधानाध्यापक कृष्णप्रसाद खनालको विदाई तथा सम्मान कार्यक्रम २०८२ ।
नवसाहित्य
संप्रस पौडेल
समाचार प्रमुख
हेटौंडा -११, स्थित आनन्दभैरव आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद खनालले शिक्षण पेशाबाट अनिवार्य अवकाश पाउनु भएको छ । स्थापना कालदेखि नै विद्यालयको प्रधानाध्यापका रहनुभएका खनालले ६० वर्ष उमेर हदका कारण आइतबारबाट अनिवार्य अवकाश पाउनुभएको हो ।
उक्त विद्यालयमा २०४५ साल फागुन १ गते संस्थापक शिक्षकका रुपमा नियुक्त हुनुभएका खनालले १५ दिनपछि प्रधानाध्यापकको जिम्मेवारी पाउनुभएको थियो । धेरै मिहिनेत र संघर्षपश्चात् विद्यालयलाई बोरादेखि डेस्कबेन्चमा बस्न सक्ने अवस्थामा पु¥याएको खनालको भनाइ छ ।
अवकाश पाउनुभएका खनालको आइतबार विद्यालयले विदाई गरेको छ । विदाईको क्षणमा विद्यालयको मायामा डुब्नुभएका खनालले विद्यालयमा विद्यार्थी संख्या घटिरहेकोमा दुःख व्यक्त गर्नुभएको छ । उहाँले यसप्रति सरोकारवालाहरुको ध्यानाकर्षण गराउनुभयो ।