Home Blog Page 5

‘बहुरूपी’ को चर्चा

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

१३ वैशाख २०८२, नवसाहित्य अनलाइन । “जोगीले खरानी घसेजस्तै गेहुँको ऑटा घसेर सेतो देखिएपछि मात्र नागरिकताको सिफारिसमा तोक लाग्छ भने म खेतमा धान लगाउँदिन मालिक पूरा साल म गेहुँमात्र उगाउँछु !”
०००
युवा लेखक श्रेयज सुवेदीको पहिलो पुस्तक ‘बहुरूपी’ को चर्चा चुलिएको छ । गत हप्ता देशको राजधानीका ७ ठाउँबाट एकसाथ सार्वजनिक ‘बहुरूपी’ कथासङ्ग्रह हो भने यसका कृतिकार हुन् श्रेयज सुवेदी । पाठकहरूसँगको अन्तरक्रिया, पुस्तक हस्ताक्षर र बिक्रीसँगै पुस्तक सार्वजनिक पुस्तकको प्रचारप्रसार फिल्मको बजारीकरण गरेजस्तै शैलीमा भएको थियो ।

सधैं शान्त बस्न रूचाउने श्रेयज घुमन्ते पनि हुन् । विभिन्न भुगोल र समाजको अध्ययन गर्नमा रूची राख्ने श्रेयजका यथेष्ट फुटकर कथाहरू प्रकशित भइरहेका छन्। त्यसो त २०७८ मा बाह्रथरी कथा प्रतियोगितामा उत्कृष्ट २५ मा समावेश उहाँको कथा लेख्ने शैलीले पाठकहरूलाई भिन्न स्वाद पस्कने गरेको पाइन्छ । त्यसो त २०७७ को सोही प्रतियोगितामा श्रेयजको कथा ‘बेजोडा’ ले दोस्रो स्थान प्राप्त गरेको हो ।

‘मेरा कथामा मेरै शैलीको मेरैपन भएकोले केही फरक होस् भन्ने थियो, आजको लोकार्पणले त्यसको शुरूवात भएको छ।’ भन्ने श्रेयज हेटौँडाका स्थायी बासिन्दा हुनुहुन्छ भने हाल काठमाडौँमा बस्नुहुन्छ ।

कथावाचनको परम्परागत शैलीभन्दा भिन्न रहेर ६ वटा खण्डमा विभाजन गरिएका १५ वटा कथाहरू बहुरूपीमा रहेका छन् । ती हरेक कथाले मधेशको जीवन, प्रकृति, भूगोल, भाषा र स्थानीयपनलाई बोक्नुका साथै युवाका मनोविज्ञान, सपना र भोगाइलाई आकर्षक शैलीमा प्रस्तुत गरिएको लेखकले नवसाहित्य अनलाइनलाई बताउनुभयो ।

बुकहिलका भुपेन्द्र खड्का लेख्नुहुन्छ- “सबैतिर उज्यालोकै खोजी छ ! सायद नेपाली साहित्यमा श्रेयज सुवेदी नव-उज्यालो हुन सक्छन् ।”

बुकहिल प्रकाशनले बजारमा ल्याएको हो भने पुस्तकको आवरण कवि तथा कलाकार रसिकराजले तयार गर्नुभएको हो । प्रकाशनले आफ्नो महत्त्वाकांक्षी पुस्तकको रूपमा सार्वजनिक गरेको २२८ पृष्ठको पुस्तकको बजार मूल्य ५५५ रूपैयाँ रहेको छ। त्यसो त थुप्रै डट कमले E-book मूल्य २२५ रुपैयाँ राखेको छ ।
०००
श्रेयज सुवेदीका निकै पढिएका लेखहरूः
– उ-हारी कि बुहारी (अन्नपूर्ण, २०७६)
https://annapurnapost.com/story/132522/

कर्पोरेट कुकर : जहाँ तलबभन्दा बढी तनाव थापिन्छ (नयाँ पत्रिका राष्ट्रिय दैनिक, २०७७)
https://jhannaya.nayapatrikadaily.com/news-details/1087/2020-08-22

पर-सरी (अन्नपूर्ण, २०७६)
https://annapurnapost.com/story/137011/

नजन्मेको विरोध (सेतोपाटी, २०७७)
https://www.setopati.com/literature/204199

खच्चडसँगै खप्तड (सेतोपाटी, २०७४)
https://www.setopati.com/new-news/64763

– एसिडको सिड (साहित्यपोस्ट,
https://sahityapost.com/sifarish/samaj/12528/

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

सङ्गमको विशेष साधारणसभामा १२ कृतिकार सम्मानित

संप्रस पौडेल

समाचार प्रमुख

१३ वैशाख २०८२/नवसाहित्य । साहित्य सङ्गम मकवानपुरले १२ जना पुस्तकका स्रष्टाहरूलाई सम्मान गरेको छ । ३५४ औँ नियमित साहित्य सन्ध्या तथा विशेष साधारण सभाका क्रममा २०८१ सालभित्र प्रकाशन भएका मकवानपुर जिल्लाभित्रका साहित्यकारहरूलाई सम्मान गरेको हो ।

अघिल्लो वर्ष मकवानपुरका सर्जकहरूका २ मुक्तक सङ्ग्रह, २ गजल सङ्ग्रहका साथै १/१ कविता/नियात्रा/कथा/अनुसंस्करण/गीत/संस्मरण सङ्ग्रह प्रकाशन भएका थिए ।
सम्मानित स्रष्टाहरूका पुस्तक निम्नानुसारका छन्ः
१. अनुभूतिका आँखाहरू अनुसंस्मरण सङ्ग्रहः ऋषिराम उपाध्याय पोखरेल
२. घामका फूलहरु – गजल सङ्ग्रहः तुलसी घिमिरे
३. संयात्राको संयोग – नियात्रा संग्रहः रमेशमोहन अधिकारी
४. बहिष्कृत आवाज – कविता सङ्ग्रहः यश लामा
५. आउँछ यादहरु – गीत सङ्ग्रहः महेश सी आरोह
६. उज्यालोका बाछिटा – मुक्तक सङ्ग्रहः डीबी बर्तौला
७. तृप्ति – गजल सङ्ग्रहः राम कार्की
८. सम्झूँ कि बिर्सुँ – संस्मरण सङ्ग्रहः निर्मोही व्यास
९. गल्छेडाका धुनहरु – मुक्तक सङ्ग्रहः राजबाबु पहाडी
१०. अन्तरध्वनि – मुक्तक संग्रहः किशन पौडेल
११. बन्द ढोकाको चित्कार  – मुक्तक संग्रहः दिनेश शर्मा
१२. कठै – कथा संग्रहः श्यामप्रसाद श्रेष्ठ

लेखकहरूलाई सम्मानपत्रसहित सम्मान समर्पण गरिएको कार्यक्रममा ओमभक्त भण्डारी, राजकुमार चौधरी, सानुभाइ बिश्वकर्मा, सुबास सजल, जनार्दन खनाल, अनिल कोइराला, पुरूषोत्तम आचार्य, मनोज मधुर, उमेश तिमल्सिना, देवराज तिवारीले रचना वाचन गर्नुभएको हो ।

कार्यक्रम साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षता, सल्लाहकार तुलसी घिमिरेको प्रमुख आतिथ्य, ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देलको विशिष्ट आतिथ्य रहेको थियो । आँचल साहित्यकला मकवानपुरका संस्थापक तथा महाकाव्यकार मुना अर्याल, संस्थाका सल्लाहकारहरू निमेष निखिल, सुवास खनाल, नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य कवि शान्ति प्रियवन्दना, सिस्नुपानी नेपाल मकवानपुरका निवर्तमान अध्यक्ष राजकुमार लामिछाने, साहित्यकार तथा पत्रकार देवराज खरेल, साहित्यसेवी मुक्ति गोविन्द वैद्यको आतिथ्यका साथै विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिहरू, साहित्यकारहरू, पत्रकार तथा सरोकारवालाहरूको उपस्थिति‌ रह्यो ।

आमन्त्रित अतिथिहरू नवीन सिग्देल र शान्ति प्रियबन्दनाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा लघुकथाकार ओम श्रेष्ठले आफ्नो पुस्तकहरू पुष्पलाल पुस्तकालयका लागि हस्तान्तरण समेत गर्नुभएको छ ।
साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनालले स्वागत गर्नुभएको कार्यक्रम हेटौँडा क्याम्पसको सभाहलमा सम्पन्न भएको हो भने कार्यक्रमलाई संस्थाका सचिव मनोज पोखरेलले सहजीकरण गर्नुभएको हो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

Section Title

मुक्तक मञ्च मकवानपुरको चौथो वार्षिकोत्सव, दोस्रो अधिवेशन एवं स्रष्टा सम्मान फागुन १६ मा

नवसाहित्य डटकम संवादाता हेटौँडा । नेपाली साहित्यको मर्मस्पर्शी विधा मुक्तकको श्रीवृद्धिका लागि समर्पित मुक्तक मञ्च मकवानपुरले आफ्नो स्थापनाको चौथो वर्षगाँठलाई विशेष उत्सवका रूपमा मनाउने भएको छ। यही...

गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

नवसाहित्य डटकम समाचारदाता गीतकार श्रीराम राईको नयाँ गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। एकतर्फी प्रेमको संवेदनशील अनुभूति र आत्मीय...

मोनिटाइजमा महाराजको दिव्योपदेश

नवसाहित्य डटकम एकाबिहानै फेसबुकको एउटा “मोनिटाइजका लागि सहकार्य गरौँ” भन्ने ग्रुपमा राष्ट्रनायक स्वयं सक्रिय देखिए ।इतिहास पढ्न अब किताब पल्टाउनु पर्दैन रहेछ, फेसबुक स्क्रोल गरे पुग्ने । पुस २७ मा...

पर्याकविता प्रतियोगितामा पौडेल, जोशी र किरण सिवा पुरस्कृत

संप्रस पौडेल समाचार प्रमुख पौष २६, नवसाहित्य । राष्ट्रिय पर्याकविता प्रतियोगिता २०८२ मा मकवानपुरका किशन पौडेल (कविताः दोहन) प्रथम हुनु भएको छ । प्रतियोगितामा कैलालीका मोहित जोशी (कविताः समयको अन्त्यको...

‘तेस्रो राष्ट्रिय पर्याकविता उत्सव-२०८२’ – बहस एवम् कविता प्रतियोगिता हुँदै।

नवसाहित्य डटकम समाचारदाता                हेटौँडा, २५ पुस । साहित्य सङ्गम मकवानपुरको ३९ औँ वार्षिकोत्सवको अवसरमा भोलि २०८२ पुस २६ गते शनिबार हेटौँडामा ‘तेस्रो राष्ट्रिय पर्याकविता उत्सव–२०८२’ तथा विशेष...

कवि नवराज पराजुली कविताका गुच्छाहरू लिएर कन्सर्टका क्रममा हेटौँडा आउँदै हुनुहुन्छ ।

२४ पुष, हेटौँडा । नेपाली कविता लेखन र वाचनमा छुट्टै पहिचान बनाउनुभएका कवि विशेषता युवा पुस्तामाझ रूचाइनु भएको छ । अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गर्नुभएका पराजुलीको कविता संग्रह सगरमाथाको गहिराईले...

डरलाग्दो अन्त्य मानव सभ्यताको

सुबास सजल कवि डरलाग्दो अन्त्य मानव सभ्यताको मलाईदर्दनाक लाग्दैन,बाघले मृग खाइरहेको दृश्य! देखेरलाग्दैन घिन,सिनो लुछिरहेको गिद्द। बरू लागिरहन्छआखिर किन मान्छेहरूलुकाएर आफ्नै नरभक्षी स्वरूपक्रुरता...

अमेरिका ! ओ अमेरिका!

सुबास कवि अमेरिका ! ओ अमेरिका! अझै कति निर्दोषहरुको रगत पिएपछिमेट्ने हो तिम्रो, पूँजीवादको तिर्खा? तिम्रो कहिल्यै नअघाउने पेटमा अझै के के अट्न बाँकी छन् ? अझै कतिजनातिम्रो विपक्षमा बोल्नेहरूलाई...

“म”लाई आकार

सुबास सजल कवि “म” लाई आकार उडेर पुग्छन् अचानक गोप्य सूचना!प्रशासनको कानसम्म। आजकान्छामान तामाङ्गको घरमागाईको मासु पाक्दैछ। हतारमा पुग्छन् प्रशासनहड्कडी बोकेर!र,फुर्सदमा उठाइन्छ मुचुल्का...

सिस्नुपानी मकवानपुरमा चौलागाईँ मनोनित

नवसाहित्य डटकम

बैशाख ६, मकवानपुर । नवसाहित्य अनलाइन । सिस्नुपानी नेपाल मकवानपुरले सङ्गीतकार प्रलय चौलागाईँलाई सदस्यमा मनोनित गरेको छ । यसअघि असोज ३ मा नवगठित १० सदस्यीय कार्यसमितिले चौलागाईँलाई मनोनित गरेको हो ।

हास्यव्यङ्ग्य प्रस्तुतिमार्फत् समाजमा रहेका कुरीति र बेथितिका विरूद्धमा सचेत गराउने उद्देश्यले हरेक वर्ष देउसीभैलो र गाईजात्राका साथै रचना वाचनका विविध कार्यक्रम आयोजना गर्ने गरेको छ । राष्ट्रव्यापि हास्यव्यङ्ग्य कविता प्रतियोगिता समेत आयोजना गरेको यस संस्था २०५५ सालमा स्थापना भएको हो । साहित्यकारहरू आरसी रिजाल, रामचन्द्र आचार्य फुर्सती, निमेष निखिल आदि संस्थापक रहनु भएको सिस्नुपानी मकवानपुरमा हाल संप्रस पौडेलको नेतृत्व रहेको छ ।

विगतदेखि नै सिस्नुपानीको विभिन्न कार्यक्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएका चौलागाईँसँगको सहकार्यले कार्यक्रमलाई पाठक तथा स्रोतामाझ रूचीपूर्ण बनाउनुका साथै रचनात्मक बनाउनमा सहयोग मिल्ने र सबै सरोकारवालाहरूको सहयोगले संस्थाका कार्यक्रमहरूमा दर्शक तथा स्रोताहरूको उल्लेख्य उपस्थिति रहने गरेको अध्यक्ष पौडेलले बताउनुभयो ।

११ सदस्यीय कार्यसमितिमा हास्यव्यङ्ग्य लेखक, प्रहसन कलाकारका साथै गायक तथा साहित्य सर्जकहरूको संयोजन रहेको र हास्यव्यङ्ग्य साहित्यको उन्नयनमा अझ मद्दत पुग्ने विश्वास लिइएको उपाध्यक्ष गोविन्द पौडेलले जानकारी दिनुभयो ।

भैरवरोड, हेटौँडा ४ मा आफ्नै भवन रहेको यस संस्थाले हास्यव्यङ्ग्य विधाका सर्जकहरूलाई सम्मान तथा पुरस्कार समेत प्रदान गर्दै आइरहेको छ भने बैशाख २० गते हास्यव्यङ्ग्य साहित्यकार कृष्णमुरारी गौतम (चट्याङ्‍मास्टर) र हास्यव्यङ्ग्य कलाकार सुबोध गौतम (यदुमे) लाई पुरस्कार राशिसहित सम्मान गर्न लागेको संस्थाका सहसचिव अमृता लामिछानेले जानकारी दिनु भएको छ ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

गजल मञ्च मकवानपुरमा सञ्जित श्रेष्ठको नेतृत्व

नवसाहित्य डटकम

६ बैशाख शनिबार । नवसाहित्य अनलाइन । गजल मञ्च मकवानपुरको २२३ औं नियमित गजल यात्रा तथा चौथो अधिवेशन हेटौँडामा एक कार्यक्रमबिच सम्पन्न भएको छ । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यमा नियमित गजल यात्रा तथा अधिवेशन भएको हो ।

विशिष्ट अतिथि साहित्यकार तुलसी घिमिरे रहनुभएको सो कार्यक्रममा मकवानपुरका विभिन्न साहित्यिक संस्थाका प्रतिनिधि तथा अन्य साहित्यकारहरूको जमघट रहेको थियो।

कार्यक्रममा गजलकृतिका कृतिकारद्वय तुलसी घिमिरे र राम कार्कीलाई पनि सम्मान गरिएको छ ।

अधिवेशनबाट गजल मञ्च मकवानपुरको अध्यक्षमा सञ्जित श्रेष्ठ चयन हुनुभएको छ । हेटौँडामा भएको चौथो अधिवेशनले थाहा नगरपालिका वडा नम्बर २ का श्रेष्ठको नेतृत्वमा सात सदस्यीय कार्यसमिति चयन गरेको हो । गजल मञ्चको उपाध्यक्षमा हरिप्रसाद पौड्याल, सचिवमा कमल नेपाल, कोषाध्यक्षमा स्वस्तिका दाहाल, सहसचिवमा गौरी कँडेल चयन हुनुभएको छ भने सदस्यद्वयमा प्रविना प्रयासी र देव दुलाल चयन हुनुभएको हो । नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको रहने छ ।

गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको अध्यक्षता अधिवेशन भएको थियो ।
यसैबीच गजल मञ्च मकवानपुरले दुईजना गजलकारलाई सम्मान गरेको छ । २०७९ सालदेखि ८१ सालमा कृति प्रकाशन गर्ने दुई जनालाई मञ्चले सम्मान गरेको हो । गजल मञ्च मकवानपुरले तुलसी घिमिरेको ‘घामका फूलहरू’ र राम कार्कीको ‘तृप्ति गजल संग्रह’ गजल संग्रहका लागि सम्मान गरेको हो । कार्यक्रममा स्वस्तिका दाहाल, पुरुषोत्तम आचार्य, ईश्वर खड्का, राम कार्की, गौरी कँडेल, अनिल कोइराला, कमल नेपाल र सञ्जित श्रेष्ठले गजल वाचन गर्नुभएको हो ।
गजल मञ्च मकवानपुरका निर्वतमान अध्यक्ष देवराज तिवारी, साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डिबी बर्तौला, गजल मञ्च मकवानपुरका पूर्वअध्यक्ष दीपक गौतम, मुस्कान तिमल्सिना र साहित्यकार शान्ति प्रियबन्दनाले शुभकामना मन्तव्य राख्नु राखेका थियो ।

कार्यक्रममा ईश्वर खड्काले वाद्यवादनसहित गजल गायन गर्नुभयो ।
साहित्य सङ्गम तथा सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त भवनमा आयोजित कार्यक्रमलाई संस्थाका सचिव तथा हालका उपाध्यक्ष हरि पौड्यालले सहजीकरण गर्नुभएको हो।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

हेटौँडामा पारिजात स्मृति दिवस मनाइयो

५ बैशाख, शनिबार ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० मा रहेको साहित्यकार पारिजातको प्रतिमामा माल्यार्पणका साथै उहाँद्वारा लिखित तथा उपस्थित रचनाकारहरूको रचना वाचन गरी पारिजात स्मृति दिवस मनाइयो।

साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षता तथा १० नम्बर वडाका अध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्यमा सो कार्यक्रम साहित्य सङ्गम मकवानपुर र आदर्श टोल विकास संस्थाको संयुक्त आयोजनामा सञ्चालन गरिएको हो।

आदर्श टोल विकास संस्थाका सचिव नमराज न्यौपानेले स्वागत गर्नुभएको कार्यक्रममा साहित्यकार देवराज तिवारीले पारिजातको व्यक्तित्व बारे बोल्नुभयो ।

वडा अध्यक्ष लामाले बसपार्क क्षेत्रमा स्थापना हुँदै गरेको घण्टाघर मा पारिजात स्मृति कक्ष रहने र पारिजातसँग सम्बन्धित विभिन्न पुस्तकका साथै खोजमूलक सामग्रीहरू आदि अध्ययन गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा साहित्यकारहरू देवराज तिवारी, पुरुषोत्तम आचार्य र संप्रस पौडेलले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका सल्लाहकारहरू, सदस्यहरु, साहित्यकारहरू र सरोकारवालाहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमलाई साहित्य सङ्गम मकवानपुरका सदस्य रजनी पौडेलले सहजीकरण गर्नुभएको हो ।

सङ्गमको नियमित सन्ध्यामा साङ्गितीक कार्यक्रम

चैत्र ९, शनिबार । साहित्य सङ्गम मकवानपुरको ३५३औँ नियमित साहित्य सन्ध्याको क्रममा साङ्गितीक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा गीत गायनका साथसाथै सर्जकहरूद्वारा रचना वाचन समेत गरिएको छ ।

कार्यक्रममा कवि एस के निधनले ‘उज्यालो बिडम्बना’ र ‘भोक’ कविताहरू छोरीहरूप्रति समर्पित गर्दै वाचन गर्नुभयो । स्वस्तिका बानियाँको कविता तथा मातृभूमि साहित्यिक पत्रिकाका सम्पादक देवराज खरेल र राम कार्कीले गजल वाचनका साथै नवसर्जक साहित्य चौतारी नेपालको महासचिव स्वस्तिका दाहालको गजल गायन रहेको थियो ।

सिस्नुपानी नेपाल मकवानपुरका निवर्तमान अध्यक्ष राजकुमार लामिछाने र दिबिशा रूम्बाले मुक्तक वाचन गर्नुभएको कार्यक्रममा विभिन्न सर्जकहरूले आआफ्ना रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा केदार न्यौपानेको शब्दमा रहेको गीत ‘गोदावरी फूल’ लाई सुरेश न्यौपानेले गाउँनुभयो भने डोल्मा लामाले उकाली ओरालीहरूमा गीत गाउनुभ‌यो ।

सुस्केरा परिवारबाट राम कार्की र यादव श्रेष्ठले ईश्वर खड्काको शब्द र सङ्गीतमा रहेको गीत प्रस्तुत गर्नुभएको कार्यक्रममा पिएम सेन्टरका सञ्चालक प्रमेन्द्र महर्जनले मनोज शाहीको वाद्यवादन सहयोगमा भीम विरागको शब्दमा रहेको ‘आखिरी तिमीलाई’ गीत गायन गर्नुभयो । कार्यक्रममा पुरूषोत्तम आचार्य र यादव श्रेष्ठलगायतले समेत गायन गर्नुभयो ।

पिएम सेन्टरको सङ्गीत संयोजनमा आयोजित कार्यक्रमको अध्यक्षता साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौला, प्रमुख आतिथ्य भीमविराग सङ्गीत कला साहित्य प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठको रहेको थियो भने अतिथि तुलसी घिमिरे कार्यक्रमका विशिष्ठ अतिथि रहनु भएको थियो ।

सिस्नुपानी नेपाल/साहित्य सङ्गम मकवानपुरको संयुक्त भवनमा आयोजित कार्यक्रममा उपस्थित स्रोताहरूलाई सङ्गमका उपाध्यक्ष सानु खनालले स्वागत गर्नु भएको हो भने कार्यक्रमलाई सचिव मनोज पोखरेलले सहजीकरण गर्नु भएको हो ।

लेखक सङ्घद्वारा हेटौँडा स्कुल अफ म्यानेजमेन्टका २ विद्यार्थीहरू पुरस्कृत

चैत्र २, हेटौँडा । नेपाली लेखक सङ्‌घ मकवानपुरको चौथो जिल्ला अधिवेशन शनिबार सम्पन्न भ‌एको छ । नवौँ साधारण सभा तथा जिल्ला अधिवेशनका क्रममा २ विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको छ ।

अघिल्लो वर्षदेखि प्रदान गर्दै आइरहेको दामोदर-लोकप्रिया स्मृति पुरस्कार हेटौँडा स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीद्वय प्रतिक ढुङ्गाना र साक्षीकुमारी लाललाई समर्पण गरिएको हो । जनही ११ हजार राशि तथा प्रमाणपत्रको सो पुरस्कार अघिल्लो वर्ष समेत सोही शैक्षिक संस्थाका विद्यार्थीहरूले प्राप्त गरेका थिए ।

सङ्घकी सदस्य विनिता महतले स्वागत गर्नु भएको कार्यक्रममा सदस्य ज्योत्स्ना श्रेष्ठ, गजलकार हरि पौड्याल, देवराज तिवारी, ज्योत्स्ना श्रेष्ठ, सानु खनाल, लगायतले आआफ्ना रचनाहरू वाचन गर्नुभयो ।

प्रमुख अतिथि हयग्रीव आचार्यले कक्षा १२ मा नेपाली विषयमा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई दिइने सो पुरस्कारका संस्थापकद्वय विष्णु गौतम तथा उहाँका मामा माधव पोखरेलका साथै पुरस्कृत विद्यार्थी, सम्बन्धित विद्यालय तथा शिक्षकहरूका साथै अभिभावकलाई समेत बधाई ज्ञापन गर्नुभयो । पुरस्कार संस्थापक गौतम र हेटौँडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरणबहादुर जोशीलगायतले मन्तव्य राख्नु भएको थियो । मन्तव्यका क्रममा जोशीले लेखकहरूको लेखन निकै शक्तिशाली हुने हुँदा उनीहरूले प्रश्न उब्जाउने मात्रै नभएर समाधानका उपाय समेत लेख्नुपर्नेमा जोड गर्नुभयो ।

साहित्यकारहरूको तर्फबाट सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले आफ्नो मन्तव्य राख्नुभएको कार्यक्रममा नेपाली लेखक सङ्घ मकवानपुरका अध्यक्ष छवि अनित्यको सभाध्यक्षतामा आयोजित कार्यक्रममा उहाँले अध्यक्षको प्रतिवेदन वाचन गर्नुका साथै यस कार्यकालमा सम्पन्न भएका विविध कार्यक्रमहरूबारे चर्चा गर्नुभयो ।

नेपाली लेखक सङ्घका केन्द्रिय सदस्य हयग्रीव आचार्यको संयोजकत्वमा अप्सरा बस्नेत र हेमन्त ढुङ्गेलसहितको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ भने सोही समितिले नयाँ कार्यसमिति चयनको प्रक्रिया निर्णय गरिएको छ ।

पल्पसा प्याराडाइजमा आयोजित कार्यक्रमलाई सङ्घका सचिव केशव सुवेदी समर्पणले सहजीकरण गर्नु भएको हो ।

प्रतिनिधिमूलक गजलहरू सबैले पढ्नुपर्नेः यश लामा

चैत्र २, हेटौँडा । गजल मञ्च मकवानपुरले २२२औँ गजल यात्रा सम्पन्न गरेको छ । गजल वाचनमा राजकुमार चौधरी, मसान उपासक, डीबी बर्तौला, चिरञ्जीवि लामिछाने, सानु खनाल, यश लामा र देवराज तिवारी सहभागी हुनुभयो ।

कवि गजलकार यश लामाले मञ्चका अध्यक्ष केशव सुवेदी समर्पणसहितका देशभरिका १० गजलकारका २०० गजल सङ्ग्रहित प्रतिनिधिमूलक गजलहरू सबैले पढ्नुपर्ने बताउनुभयो ।

विशिष्ट अथिति निमेष निखिल रहनुभ‌एको‌ कार्यक्रममा प्रमुख अतिथि तुलसी घिमिरेले संयुक्त सङ्ग्रहमार्फत् साहित्य लेखन र पुस्तक प्रकाशनमा जोड गर्न सल्लाह दिँदै अतिथि मुक्तिगोविन्द वैद्यलाई‌ सम्बोधनसहित ‘डिलमा परेको उमेरमाथि लेखिएको’ भन्दै गजल गायन गर्नुभयो ।

नवसर्जक तथा विद्यालयकेन्द्रित गजल सिर्जनाका विविध कार्यक्रम, महोत्सव, बहस-विमर्श, विमोचन, वाचनलगायतका क्रियाकलापहरू गरिरहेको मञ्चले आउँदो कार्यकालका लागि नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्नेगरी तयारी गरिरहेको बताउँदै सचिव हरि पौड्यालले आफ्नो गजल गायन गर्नुभयो ।

गजल मञ्चले नियमित वाचन कार्यक्रमलाई परिमार्जन गर्दै बहस अनि समीक्षालाई नियमित गर्नुपर्ने बताउँदै अध्यक्ष समर्पणले आफ्ना २ गजलहरू सुनाउनुभयो । साहित्य सङ्गम/सिस्नुपानी नेपालको संयुक्त हलमा सञ्चालित कार्यक्रमलाई सचिव हरि पौड्यालले सहजीकरण गर्नुभ‌एको हो ।

चितवनमा ‘गजलसँग’ को १० औँ शृङ्खला हुने।

नवसाहित्य डटकम

संवाददाता

चितवन, ५ चैत ।
नेपाली गजलको प्रवर्द्धन गर्ने तथा सर्जकहरूलाई मञ्च प्रदान गर्ने उद्देश्यले ‘गजल मञ्च चितवन’ ले आयोजना गर्दै आएको ‘गजलसँग’ कार्यक्रमको १०औँ शृङ्खला यही चैत ९ गते शनिबार हुने भएको छ । कार्यक्रम दिउँसो १ बजे, भरतपुर महानगरपालिका – ९ शरदपुरस्थित होटल काव्या इनमा आयोजना गरिनेछ ।

गजल मञ्च चितवनले नेपाली गजलको उन्नयन, संरक्षण र प्रवर्द्धनका लागि निरन्तर काम गर्दै आएको छ । गजलकारहरूलाई सिर्जना वाचनका लागि उचित मञ्च उपलब्ध गराउँदै आएको यस संस्थाले विभिन्न कार्यक्रमहरूको आयोजना गरी गजलप्रेमी तथा नवोदित सर्जकहरूलाई लेखनमा थप प्रेरणा दिँदै आएको छ । यसै शृङ्खलालाई निरन्तरता दिँदै आयोजना गरिएको १०औँ शृङ्खलामा विभिन्न स्थानका ४ जना गजलकारहरूको विशेष प्रस्तुति रहनेछ ।

शृङ्खलामा प्राञ्जल (गुल्मी), सागर तिमिल्सिना (हेटौंडा), प्रकाश किरण (जाजरकोट) र सरला जोशी (चितवन)
ले गजल प्रस्तुत गर्नेछन् ।
`उहाँहरूले आफ्ना सशक्त र भावनात्मक गजल वाचन गर्नुहुनेछ, जसले स्रोतालाई नेपाली गजलको सौन्दर्यमा डुबाउने विश्वास हामीले लिएका छौँ ।´ गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासले भने – `यी ४ जना सर्जकहरू आ-आफ्ना क्षेत्रका चर्चित गजलकारहरू हुनुहुन्छ, जसले नेपाली गजलमा छुट्टै पहिचान बनाइसक्नु भएको छ ।

गजल मञ्च चितवनले हरेक शृङ्खलामा भिन्न-भिन्न गजलकारहरूलाई प्रस्तुत गर्दै नेपाली गजल साधनालाई मजबुत बनाउँदै आएको छ । गजल सिर्जना, प्रस्तुति र श्रवण संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने यस कार्यक्रममा गजल लेखनका विविध पक्षहरूबारे चर्चा हुने र स्रष्टाहरूबीच आपसी अनुभव आदानप्रदान गर्ने अवसर पनि रहनेछ ।

यस पटकको शृङ्खलामा स्थानीय गजलकारहरूसँगै बाहिरी जिल्लाबाट आएका गजलकारहरूको सहभागिता रहने भएकाले कार्यक्रम थप आकर्षक हुने आयोजकको अपेक्षा छ । आयोजकका अनुसार, नेपाली गजललाई साहित्यिक चेतनाको मूल प्रवाहमा ल्याउने कार्यमा यस्ता शृङ्खलाहरू महत्त्वपूर्ण रहन्छन् ।

चितवन र वरपरका गजलप्रेमी, साहित्य अनुरागी तथा सर्जकहरूलाई कार्यक्रममा सहभागी भई गजल सुन्न र अनुभूत गर्न आयोजक टिमले अनुरोध गरेको छ । गजलमा रुचि राख्ने नयाँ पुस्ताका लागि यस्ता कार्यक्रमहरू एउटा प्रेरणाको स्रोत बन्न सक्छन् ।

कार्यक्रम निःशुल्क रूपमा आयोजना गरिँदै छ, जसले गजलप्रेमीहरूलाई आफ्ना प्रिय सर्जकहरूसँग प्रत्यक्ष साक्षात्कार गर्ने अवसर दिनेछ । गजलकारहरूका उत्कृष्ट सिर्जना श्रवण गर्दै उनीहरूसँग साहित्यिक छलफल गर्ने मौका गजल अनुरागीहरूले पाउनेछन् ।

गजल मञ्च चितवनले भविष्यमा गजल कार्यशाला, गजल प्रतियोगिता, तथा राष्ट्रिय स्तरका गजल सम्मेलनहरू आयोजना गर्ने योजना समेत अघि सारेको छ । नेपाली गजललाई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रवर्द्धन गर्ने दीर्घकालीन उद्देश्यसहित काम गरिरहेको गजल मञ्च चितवनले आगामी शृङ्खलाहरूलाई अझ व्यवस्थित बनाउँदै लैजाने योजना बनाएको छ ।

गजल मञ्च चितवनद्वारा आयोजित गजल सँगको १०औँ शृङ्खला नेपाली गजल साधक तथा प्रेमीहरूका लागि एक महत्वपूर्ण अवसर बन्नेछ । यस कार्यक्रममा विभिन्न स्थानका गजल सर्जकहरूबीच अनुभव आदान-प्रदान हुनेछ भने गजल श्रवण गर्नेहरूको लागि एक अविस्मरणीय बन्नेछ ।

साहित्यप्रेमीहरूलाई कार्यक्रम स्थलमा उपस्थित भई नेपाली गजलको भाव, सम्वेदना र सौन्दर्यमा रमाउन आयोजकले विशेष आह्वान गरेको छ ।

#गजल

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

मुक्तक दिवस विशेष मुक्तक वाचन कार्यक्रम सम्पन्न। मकवानपुरले गर्बिलो काम गरेको छ: डा‍. कौशिला रिसाल।

नवसाहित्य डटकम

संवाददाता

माघ १८ मकवानपुर,
     मुक्तक दिवसको अवसरमा मुक्तक दिवस विशेष मुक्तक वाचन कार्यक्रम अनलाइन जुम मार्फत सम्पन्न भएको छ। मुक्तक मञ्च मकवानपुर शाखाले आयोजना गरेको कार्यक्रम‌लाई मञ्चका अध्यक्ष सागर तिमल्सिनाले सभाध्यक्ष ग्रहण गर्दै मञ्चका सचिव सुबास सजलले सञ्चालन गर्नुभयो।
     मुक्तक मञ्च केन्द्रीय सल्लाहकार एवम् नेपाल प्रज्ञा प्रतिष्ठान समाजशास्त्र विभागका प्रमुख डा.कौशिला रिसाल प्रमुख अतिथिको रुपमा रहनु भएको कार्यक्रमलाई मकवानपुरका बालसाहित्यकार अनुसुया खनालका गहकिला मुक्तक वाचन सहित सुरुवात गरिएको थियो। मुक्तक मञ्च मकवानपुर शाखाका संस्थापक अध्यक्ष एवम् सल्लाहकार डी.बी बर्तौलाज्यूले शुभकामना मन्तव्य सहित मुक्तक वाचन गर्नुभयो, साथै मञ्चका सल्लाहकार सानु खनाल, मुक्तक मञ्च केन्द्रीय उपाध्यक्ष किरण ढकाल, मुक्तक मञ्च काठमाडौँ शाखाका उपाध्यक्ष बसन्त पोखरेल दिवस, साहित्यकार यस लामा, रामकृष्ण अनायस, तिलक पोखरेल, राजुराम राउत, समिता पौडेल न्यौपाने, भवानी तिमल्सिना, अनु रोक्का, केदार राणा, कुशल अधिकारी लगायत दर्जनभन्दा बढी सर्जकहरूले आफ्ना मुक्तकहरू वाचन गर्नुभयो। मुक्तक दिवसको औचित्य र मुक्तक दिवसको सुरुवातमाथि बोल्दै यसलाई अझ जनस्तरमा लैजानुपर्ने केन्द्रीय उपाध्यक्ष किरण ढकालले बताउनुभयो।

    कार्यक्रममा वाचित मुक्तकहरूमाथि छोटकरीमा समीक्षकीय धारणा राख्दै मुक्तकमा हुनुपर्ने गुण, दोष र यसका आयामहरूलाई सबैले बुझ्नु जरुरी छ। विद्यालय स्तरका पाठ्यक्रममा पनि मुक्तक समावेश गर्न अझ सशक्त तरिकाले लागिपर्नुपर्दछ। विद्यालय स्तरका नानीबाबुहरूमा मुक्तक विषयक प्रशिक्षण एवम् जानकारीहरू दिइराख्नुपर्दछ। प्रज्ञा प्रतिष्ठान सदैव यस्ता कार्यक्रमहरूलाई तन मनले सहयोग गर्न तत्पर छ। भन्दै कार्यक्रमका प्रमुख अतिथि डा कौशिला रिसालज्यूले बुँदागत रुपमा आफ्ना भनाइहरू व्यक्तभयो।

    यही २०८० माघ २६ गते शनिबार बिहान ११ बजे साहित्य सङ्गम र सिस्नुपानी मकवानपुरको संयुक्त सभाहलमा मुक्तक मञ्च मकवानपुर शाखाको तेस्रो वार्षिकउत्सव कार्यक्रम हुने र उक्त कार्यक्रममा मुक्तकार द्वय मुक्तकार नीलञ्जला भारद्वाज र मुक्तककार अस्मिता दाहाललाई क्रमश बहादुर नन्द स्मृति मुक्तक सम्मान र इन्दिरा देवी स्मृति मुक्तक सम्मानद्वारा सम्मानित गरिने मञ्चका सचिव सुभाष सजलले जानकारी दिनुभयो।

     मुक्तकको उन्नयनका लागि आफू र आफ्नो कार्य समिति सदैव तत्पर रहेको मुक्तकमा लामो समयदेखि आफ्नो कलम चलाइरहनुभएको अग्रजहरूको साथ एवं समर्थन पाइरहे मुक्तक मञ्च मकवानपुरले आगामी दिनहरूमा अझ राष्ट्रव्यापी कार्यक्रमहरू गर्न सकिने जानकारी गराउँदै मञ्चका अध्यक्ष सागर ज्यूले कार्यक्रम समापन गर्नुभयो।

#मुक्तक मञ्च मकवानपुर

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन