तीन पटक भइसक्यो हजुर, अहिलेसम्म म कसरी बाँचेको छु । त्यति भन्दै ती महिला सुँक्क सुँक्क रून थालिन् । यहाँ सबै कुरा नआत्तिएर भन्नुहोस् दिदी ! अब त हामी छौँ । त्यो भुँडिवाल जस्तो देखिने अग्लो मान्छेले भन्यो । ती महिलाको गला अवरुद्ध थियो । पछ्यौरीको फेरले आँशु पुछ्दै उनले भन्न थालिन् ।
त्यो दिन ……………
म गाउँमा केहि काम नभएको कारण अर्को देश मुग्लान पसेको थिएँ । मुग्लान् पसेको दुईतीन दिन भइसकेको थियो । काम खोज्न साह्रै मुस्किल भयो । तैपनि मैले बिहानको एक छाक खाना खान पुग्ने जति कमाउने पैसाको काम पाएँ । त्यो काम पाएर म साह्रै खुसी भएँ र मैले त्यो काम गर्न सुरु गरेँ । मैले काम गरिरहेको बेला एउटा अग्लो मान्छे मेरो अगाडि टुप्लुक्क आइपुग्नुभयो र उहाँले मलाई हेरेर सोध्नुभयो । हजुर यहीँ काम गर्नुहुन्छ ? अ.. म यहि काम गर्छु भनेर मैले भनेँ । म पनि यहीँ काम गर्छु । हामीले मिलेर काम गर्यौँ । उहाँले मलाई त्यतिकै सघाउनुभएको होइन रहेछ, माया गरेर सघाउनु भएको रहेछ कि त्यो मलाई थाहा भएन । मेरो मन पनि त्यतै गइसकेको रहेछ । हामी एक अर्कालाई धेरै माया गर्थ्यौँ । हामीले काम गर्ने क्रमसँगै हाम्रो विवाह भयो । केही समयपछि हामीले हाम्रो दुईवटा छोरीहरूलाई जन्म दियौँ ।
उता, गाउँमा भने वृद्ध हुनुभएको आमा र बुवालाई पनि गाउँमै छोडेर आएको थिएँ । केहि समयसम्म त म घरमै बसेँ । तर मेरो श्रीमान घरमा बस्नु हुँदैनथ्यो । श्रीमान बाहिरतिर गएर असल साथीको होइन खराब साथीको संगतमा लागेर उहाँले जाँड, रक्सी पिउने, चुरोटहरू खान थाल्नुभयो । पहिला त त्यस्तो हुनुहुन्थेन । म काम गएको बेला केही काम परेर अरु कोहीसँग बोलेँ भनेँ राती घर आएपछि तँ दिउँसो कोसँग बोलेको ? त्यो मान्छेसँग तेरो के सम्बन्ध छ ? भन् ! त्यो मान्छेसँग किन बोलिस् ? भनेर मलाई कराउनु हुन्थ्यो । हाम्रो झगडा जति बेला हुन्थ्यो, त्यतिबेला मेरा छोरीहरू श्रीमानको पाखुरामा झुन्डिन्थे । मलाई मात्र नभएर पाखुरामा झुन्डिएका छोरीहरूलाईसमेत झम्टिनुभयो । म त मरेँ नि बाँचे केही हुने थिएन तर मेरो छोरीहरूलाई यहाँ खेर बचाउन सकिँदैन भनेर म मेरो छोरीहरूको लुगाफाटो हालेर गाउँ जान बाध्य बनाउनुभयो ।
उता, आमा र बुबाको निधन भइसकेको थियो । गाउँमा भने मेरो आफन्त भन्ने कोही पनि हुनुहुन्थेन । तै पनि म मेरो छोरीहरूलाई लिएर म पहिलेकै गाउँ गएँ । त्यहाँ मेरो एक जना आफन्त पर्ने दिदी हुनुहुन्थ्यो । मैले मेरो बारेमा सबै त्यो दिदीलाई भनेँ । यति सबै कुरा सुनेपछि त्यो दिदीले मलाई श्रीमती बित्नु भएको मान्छेसँग दोस्रो विवाह गर्न अनुरोध गर्नुभयो । मैले पनि अब सो हुदैन होला भनेर त्यो दिदीको कुरा मानेर दोस्रो बिवाह गरेँ । मेरो श्रीमानको एउटा छोरा थियो, जो मेरी दुई वटी छोरीहरूभन्दा जेठो थियो । दोस्रो विवाह गरेको श्रीमानले पनि जाँड, रक्सी पिउनु हुन्थेन । केही समयपछि उहाँले पनि मेरो पहिलेको श्रिमानले जस्तै जाँड, रक्सी पिउन थाल्नुभयो । हा…….
एक दिनको कुरा हो, मेरो गोठबाट अचानक अनौठो आवाज आयो । मैले त गाई अल्झेछ क्यार भनेर ढोका खोलेर जानासाथ जेठो छोराले जेठी छोरीलाई बलात्कार गर्न लागेको रहेछ । धन्न ! म बेलैमा पुगेँ र मेरी छोरीलाई बचाएँ । योभन्दा अघि दुई पटक पनि उसले आत्महत्या गर्न लागेको बेला म भगवानको साथले समयमै पुगेर छोरी बचाएँ । यदि मैले मेरी छोरीलाई बचाएको भए उनी अहिले यो संसारमा हुने थिइनन् । मेरो बुढेसकालको सहारा पनि कोही हुने थिएन । म भगवानसँग यहीँ प्रार्थना गर्छु कि मेरो दुई वटा छोरीहरूलाई सकुशल हुन देऊ ।
मेरो जिन्दगी “सिंहको गुफाबाट बचेर जाऊँ भन्दा बाघको गुफामा छिरे” जस्तो भयो ।
गरीबहरूलाई निःशुल्क पढ्न पाइने भन्छन् । पढ्न भने कहीँ पाइएन । सरकार र नेता मिलेर खान्छन्, पैसा अनि भाषण छाड्छन् । भ्रष्टचारी नेता त्यसै भनेको हो र ? यस्तो अन्याय र अत्याचार कति सहने ।
‘गल्ली गल्ली’ भन्ने संस्थाले यति सबै कुरा सुनीसकेपछि भन्नुभयो, हामी हजुरको छोरीहरूले जतिसम्म पढे पनि हामीले त्यतिसम्म नै पढाउने छौँ । तपाईँलाई पनि केही काम खोज्ने छौँ । अब हामी तपाईको छोरीहरूलाई भर्ना गर्छौँ भन्दै ती संस्थाका मानिसहरू कारमा चढेर गए । त्यो कार जति टाढासम्म देखिन्छ, त्यतिबेलासम्म मेरो आँखा त्यतै पट्टि लाग्यो ।
कक्षा-७, जनप्रिय मावि हेटौँडा-१६, मकवानपुर ।









