Home Blog Page 18

कविता: मैले नबुझेको कुरा / -राजकुमार लामिछाने

२० साउन, मकवानपुर ।
नवसाहित्य अनलाइन

भोट बेचेर
मासु, चिउरा टोक्नेहरू
जसलाई भन्यो उसैलाई ठोक्नेहरू
धान दिवस
र विजय उत्सवमा हामीलाई
काधमा हालेर बोक्नेहरू
तिमीहरू पनि यसो मोज गरन भनेर
दुई चार पेटी माल फाली दियो
बोका,बाख्रा,सर्प र यस्तै व्यवसायमा
केही बजेट हाली दियो
न व्यवसाय टिकाउन सक्छन्
न हामीलाई सधैं रिझाउन सक्छन
उल्टै हाम्रो विरोधमा लागि पर्छन् किन ?
मैले नबुझेको कुरा ।

मैले नबुझेको कुरा
राजकुमार लामिछाने
हेटौँडा, मकवानपुर

कविता: चियावालीसँगको संवाद / -एलिसा एकलास

श्रावण १९, सोमबार
नवसाहित्य अनलाइन ।

जून नअस्ताउँदै
तातो चियाको थर्मस बोकेर
बैँस मुर्झाउन लागेकी दिदी
भर्खरै
ग्यारेजबाट निकालिएको
‘महानगर यातायात’ को ड्राइभरलाई सोध्छिन्
गुरुजी चिया खाने ?

“खान त दूध नै मन थियो”
हातमा कालो चियाको प्लास्टिके कप समाउँदै
गुरुजी मसक्क मस्किन्छन्

म शिर निहुँराउँछु

सोध्दिन, ती दिदीलाई
चुसायौ-चुसाएनौ छातीको लाम्टा पिँठ्युमा बोकिरहेकी छोरीलाई
धान्छ कि धान्दैन
चियाले उनको जिन्दगीको अर्थतन्त्र
‘कर’ लाग्छ कि लाग्दैन उनको व्यापारमा
रहरको बहीखाता कहाँ लुकाएर राखेकी छिन् उनले ?

म सोध्दिनँ
कस्तो हुन्छ
गाडी हाँक्नेको जिस्काई
र,
आफ्नो जीवन आफैँ हाँक्ने महिलाको
आत्मसम्मानको लडाइँ ?

अहँ
मैले सोधिनँ ।

चियावालीसँग मेरो एकोहोरो संवाद सकिन नपाउँदै

महानगर यातायात
‘बेलैमा होश गर सानी, बइमानी वैंशले झुक्याउला’
घन्काउँदै
दगुर्‍यो
तरुनी विद्यार्थी बोकेर
चक्रपथ परिक्रमामा

०००
चियावालीसँगको संवाद 
एलिसा एकलास 
नुवाकोट हालः काठमाडौँ

 

अधिकारीको सातौँ कृति ‘संयात्राको संयोग’ सार्वजनिक

यात्राको उद्देश्य कतै पुग्नु मात्रै होइन, यो एउटा लत हो: अनमोलमणि
श्रावण १९, सोमबार
नवसाहित्य अनलाइन । झरना साहित्य परिवार (झसाप) का संस्थापक रमेशमोहन अधिकारीको नियात्रा कृति ‘संयात्राको संयोग’ सार्वजनिक गरिएको छ । शनिबार एक झसापको ३०६औँ साहित्यिक शृङ्खलाको अवसरमा अधिकारीको सातौँ (पाँचौँ साहित्यक) पुस्तक विमोचन भएको हो ।

विमोचनमा समीक्षकद्वय रजनी पौडेल र दीपक गौतमले आ-आफ्ना समीक्षकीय दृष्टिकोण प्रस्तुत गर्नु भएको थियो । पुस्तकका सम्बन्धमा पौडेलले भन्नुभयो- “नेपालको सुदूर पूर्व हुँदै भारतको दार्जिलिङ सिक्किमदेखि पश्चिममा कर्णाली हुँदै सुदूरपश्चिममा महाकालीपारीका चाँदनी दोधारासम्म, केही वर्षदेखि नेपालको नक्सामा थपिएको लिपुलेक मात्र नभइ दक्षिण भारतका क्षेत्र भ्रमणका क्रममा आफूले देखेका, भोगेका तथा पारिवारिक र साथीसँगीहरूसँगको भ्रमणका क्रममा प्रत्यक्षतः महसुस गरेका घटनाक्रमहरूलाई समावेश गरी पुस्तक लेख्नुभएको छ । तर अधिकारीले आफू जन्मिएको ठाउँका बारेमा गाउँका मानिसहरूको व्यवहार, मायाले पठाउने कोशेली अनि विविध विषयलाई पुस्तकमा समेट्दा समेट्दै पनि आफ्नै पैतृक थलोको नाम किन रह्यो भन्ने कुरालाई उठान गर्दा पाठक भएर ममा उब्जिएका जिज्ञासा मेटिने आशा गर्न सक्थेँ कि !”

लेखकले आफू पुगेको स्थानहरूको नाम के कसरी रहेको, त्यहाँका फरकपन के हुन् तथा छिमेकी मुलुकले सीमा चेपाइको कारणले हस्तक्षेपका विषयहरू उल्लेख भएकैले पाठकले घरमा बसेर आफू पनि सँगसँगै घुमेको आभास हुने अपेक्षा गर्न सकिन्छ । कर्णालीमा आफू पुगेको क्षेत्रमा बाटोको विकास भएको देखेर लेखक छक्कै पर्नु भएको तर सिमामा जङ्गे पिल्लर रातारात सर्नु अनि टनकपुर बाँधमा नेपाल दुख्नु जस्ता भावुक कुराहरू लेखिनुले लेखक देशभक्तिले ओतप्रोत हुनु भएको पाइन्छ । देशमा विकास र समृद्धिको चाहना राखिएको यस नियात्रामा बुढ्यौली साहित्य तथा नवसर्जकहरूका साथमा यात्रा गर्दै गाउँमा अतिथि देवो भवः को संस्कार जीवितै रहेको तर कतिपय होटल व्यवसायमा सुधार गर्नुपर्ने विषय लेखिएका छन् । यस्तै पुस्तकमा सुधार गर्नुपर्ने पक्षहरूका कुरा गर्दा सामान्य प्राविधिक गल्तिहरू देखिएका छन्, त्यसलाई सुधार गर्नु आवश्यक देखिन्छ । लेखक आफू पुगेको स्थानको वस्तुस्थिति तथा गहिराइमा अझै पुग्न सकिने ठाउँ रहेकै छ ।”

समीक्षकीय टिप्पणीका क्रममा दीपक गौतमले भन्नुभयो- “युरोपको भ्रमणका यात्रावर्णन भ‌एता पनि ताना शर्माको ‘मिनाई साँघुको मेला’ देखि ‘बेलायततिर बरालिँदा’ सम्म आइपुग्दा नेपालमा ‘नियात्रा’ लेखनको आरम्भ भ‌एको पाइन्छ । ‘घनघस्याको उकालो काट्दा’ नियात्राले पाठकलाई सँगसँगै डोर्‍याएर हिँडेको आभास हुने हुँदा त्यो नै नियात्राको शक्ति हो । यस्तै अधिकारीले पनि झसाप, नवसर्जकलगायतका संस्थाहरूका साथै पारिवारिक र साथीसँगीसँगको यात्रा, चिया कविता, सहयात्राका साथमा २६ र एकल यात्राका क्रममा २ वटा यात्रा विवरणहरू यस पुस्तकमा समावेश गर्नु भएको पाइन्छ । पुस्तकमा उल्लेखित विषयवस्तुहरूको साक्षी आफू पनि भएको र विभिन्न व्यक्ति र संस्थासँगको सहयात्रा रहेकोले पनि पुस्तकको नाम ‘संयात्राको संयोग’ राखिएको हुनसक्छ ।”

उहाँले नियात्रा लेखन सामान्य यात्रा वर्णन मात्र होइन भन्ने बालकृष्ण पोखरेलको भनाइ उल्लेख गर्दै नियात्रामा चिनिएका नामहरू ताना शर्मा, जय छाङ्छा, निर्मोही व्यासबारे उल्लेख गर्नुभयो । यस्तै उहाँले नियात्रामा गीता त्रिपाठीलगायतका लेखकहरूको धारणा राख्नुभयो । साथै सातै प्रदेशका भूगोल टेक्नु भएका अधिकारीले सेवा निवृत्त जीवनको सदुपयोगस्वरुप बाटो, पुलपुलेसाका नाम, तथ्य र तथ्याङ्कलाई समेत उल्लेख गर्दै पुस्तक लेख्नु भएकोले उहाँकै अघिल्ला कृतिहरूभन्दा परिष्कृत, परिमार्जित र जीवन्त अभिव्यक्तिहरू समावेश भइ पुस्तकाकार भएको उहाँले बताउनुभय भने पुस्तकमाथि आफ्ना पाठकीय तथा समीक्षकीय दृष्टिकोणका साथ मकवानपुरमा सङ्ख्यात्मक हिसाबले नियात्रा लेखनमा अग्रस्थानमा रहनु भएको अधिकारीबाट विगतमा अझ बढी अपेक्षा रहेको बताउनुभयो ।

मन्तव्यकै क्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले भन्नुभयो- “साहित्यमा नेपाल र बाहिर पनि लेखिइरहेका रचनाहरूमा घटनाकेन्द्रित विषयवस्तु बढी भ‌इरहेको तर काव्यात्मक मिठास कतै छुटिरहेको हो कि ! कवितामा बिम्बभन्दा वर्णनात्मक हुँदै ग‌इरहेको पाइन्छ । पुस्तकले नियात्रा लेखनमा मानक कृतिको स्थान लिने विश्वास र कामना गर्दछु ।”

शिक्षाविद् देव श्रेष्ठले झरना साहित्यको स्थापना र सक्रियतामा मकवानपुरमा नै साहित्यिक गतिविधिमा उल्लेख्य योगदान गरेर झसापलाई यहाँसम्म ल्याइपुर्‍याउन लेखक अधिकारीले थुप्रै कामहरू गर्नु भएकोले मकवानपुरले उहाँलाई श्रद्धा गर्ने र लेखनमार्फत् सक्रिय रहिरहनका लागि शुभकामना व्यक्त गर्नुभयो । यस्त उहाँले अग्रजले लेखेका साहित्यहरूमाथि नवपुस्ताले अध्ययन, अनुसन्धान, विमर्श गर्नुपर्ने बताउँदै गणेशलाल श्रेष्ठले पुस्तकहरू प्रकाशन गरी मकवानपुरको पहिलो कविका रूपमा पहिचान बनाउनुभ‌एकोले उहाँलाई सम्झँदै झण्ड‌ै ८ दशकअघि लेख्नुभएको लोक कवि गणेशलाल श्रेष्ठको कविता वाचन गर्नुभयो ।

लेखक अधिकारीले धन्यवाद मन्तव्यका क्रममा अनमोलमणिले सम्पादन गर्नुभ‌एको यो पुस्तकको पछिल्ला पृष्ठमा उहाँको भनाइ रहेको उल्लेख गर्दै समीक्षकहरूको दृष्टिकोणअनुसार आफूले कसैसँग तुलना नगरी आफूलाई लागेको विषयवस्तु र धारणा समावेश गरी पुस्तक लेखेकाे जनाउनुभयो । यस्तै उहाँले थप गर्नुभयो- “आफ्ना अघिल्ला पुस्तकभन्दा अझै परिस्कृत र रचनात्मक रहेको तथा अब बाँकी रहेका नेपालका ५ जिल्लाको भ्रमणपछि सम्पूर्ण जिल्लाहरूको बारेमा धेरथोर ज्ञान लिने ईच्छा रहेको छ ।” एकल भ्रमण गर्ने आफ्नो उमेर र शारीरिक अवस्था समेत नरहेकोले अरूका साथमा घुम्दा कतिपय विषयमाथि अध्ययन कमी हुने वा मिहिनरूपमा बुझ्न नपाइने हुनुका साथै भविष्यमा देश घुमिसकेर मात्रै नजिक नजिकका छिमेकी मुलुकहरू घुम्ने र त्यहाँका विभिन्न विषयवस्तुहरू पुस्तकाकार गर्ने आफ्नो उत्कट इच्छा रहेको बताउनुयो ।

पुस्तकका सम्बन्धमा अनमोलमणिको विचार- “यात्राको उद्देश्य कतै पुग्नु मात्रै होइन, यो एउटा लत हो । समाज देख्ने, जीवन बुझ्ने लत । समाज हामी बाँचेको समय हो । र, आफू बाँचेको समय हेर्न हिँडिरहनु रमेशमोहन अधिकारीको विशेषता हो ।”

झसापकी उपाध्यक्ष गायत्री रूपाखेतीले स्वागत गर्नु भएको कार्यक्रममा अतिथिहरूले शुभकामना मन्तव्य राख्नु भयो । विमोचन कार्यक्रमको अध्यक्षता झसाप अध्यक्ष विश्वनाथ सञ्जेलले गर्नुभयो भने रामचन्द्र आचार्य ‘फुर्सती’को प्रमुख आतिथ्यता रहेको थियो ।

बुलबुल प्रकाशनद्वारा प्रकाशित २०३ पृष्ठको यस पुस्तकको मूल्य ४ सय ५० राखिएको छ । आधा दर्जन साहित्यिक पत्रपत्रिकाहरू सम्पादन गर्नु भएका अधिकारीले झण्डै १ दर्जन संस्थाहरूले सम्मान तथा पुरस्कृत गरेको छ भने उहाँका सम्भावनाको सेरोफेरो (संस्मरण तथा नियात्रा सङ्ग्रह, २०६३), घुम्तीहरू छेलिएपछि (संस्मरण तथा नियात्रा सङ्ग्रह २०७४), गुराँस र युद्ध (कविता सङ्ग्रह, २०७५) र आफैँसँग (संस्मरण तथा नियात्रा सङ्ग्रह, २०७८) पछि ‘संयात्राको संयोग’ पुस्तक प्रकाशन भएको हो । त्यसो त उहाँले नेपाली भाषा व्याकरण र अभ्यास पुस्तक समेत प्रकाशन गराउनु भएको छ ।

मकवानपुर बहुमुखी क्याम्पसमा आयोजित पुस्तक विमोचन कार्यक्रममा साहित्य सर्जक, साहित्यसेवी, पाठक र सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रह्यो ।

(मकवानपुरबाट संप्रस पौडेलद्वारा संप्रेषित)

लालबन्दी नगर वाङ्मय परिषद्‍द्वारा पुरस्कारका लागि १० कृति छनौट

१८ साउन, शुक्रबार

नवसाहित्य अनलाइन लालबन्दी नगर वाङ्मय परिषद् सर्लाहीले भाषा तथा साहित्य पुरस्कार २०८१ का लागि १० कृति छनौट गरेको

भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको विकास, संरक्षण प्रवर्धन हेतु स्थापित परिषदले लालबन्दी नगर वाङ्मय परिषद्भाषा तथा साहित्य पुरस्कार २०८१ का लागि निम्नानुसार कृतिहरू छनोट भएका छन्ः

.अन्तरः रमेश सायन

. काली कर्णालीका लोकसाहित्य संस्कृतिः यज्ञराज उपाध्याय

. जोगियानाः कुमार नगरकोटी

. नेपाली सङ्गीत दरबारः प्रा.डा. ध्रुवेशचन्द्र रेग्मी

. पुरूष परीक्षाः धीरेन्द्र प्रेमर्षि

. प्रश्नहरू बाँकी रहन्छन्ः मोमिला

. बुढीपोल्लीः खेम बतास

. बोराः अखण्ड भण्डारी

. भूपिनका कविताः भूपिन

१०. मुकाम रणमैदानः मोहन मैनाली

५० हजार नगद राशि रहेको यस पुरस्कार अघिल्लो वर्षबाआमाआख्यानका लागि लेखक रामलाल जोशीलाई प्रदान गरिएकोथियो

स्वतन्त्र विज्ञसहित सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा कृति छनोट गरिएको १० कृतिमध्ये उत्कृष्ट लाई पुरस्कृतगरिने परिषद् अध्यक्ष अच्युत अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत् जानकारी गराइएको

वाङ्मय परिषद्‍द्वारा पुरस्कारका लागि १० कृति छनौट

१८ साउन, शुक्रबार

नवसाहित्य अनलाइन लालबन्दी नगर वाङ्मय परिषद् सर्लाहीले भाषा तथा साहित्य पुरस्कार २०८१ का लागि १० कृति छनौट गरेको

भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको विकास, संरक्षण प्रवर्धन हेतु स्थापित परिषदले लालबन्दी नगर वाङ्मय परिषद्भाषा तथा साहित्य पुरस्कार २०८१ का लागि निम्नानुसार कृतिहरू छनोट भएका छन्ः

.अन्तरः रमेश सायन

. काली कर्णालीका लोकसाहित्य संस्कृतिः यज्ञराज उपाध्याय

. जोगियानाः कुमार नगरकोटी

. नेपाली सङ्गीत दरबारः प्रा.डा. ध्रुवेशचन्द्र रेग्मी

. पुरूष परीक्षाः धीरेन्द्र प्रेमर्षि

. प्रश्नहरू बाँकी रहन्छन्ः मोमिला

. बुढीपोल्लीः खेम बतास

. बोराः अखण्ड भण्डारी

. भूपिनका कविताः भूपिन

१०. मुकाम रणमैदानः मोहन मैनाली

५० हजार नगद राशि रहेको यस पुरस्कार अघिल्लो वर्षबाआमाआख्यानका लागि लेखक रामलाल जोशीलाई प्रदान गरिएकोथियो

स्वतन्त्र विज्ञसहित सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा कृति छनोट गरिएको १० कृतिमध्ये उत्कृष्ट लाई पुरस्कृतगरिने परिषद् अध्यक्ष अच्युत अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत् जानकारी गराइएको

विद्युत प्राधिकरणमा कविता पठाउने म्याद २१ गतेसम्म

१८ साउन, शुक्रबार

नवसाहित्य अनलाइन नेपाल विद्युत प्राधिकरणले कविता प्रतियोगिताका लागि कविता माग गरेको

प्राधिकरणको ३९औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिताका लागि यही साउन २१ गते सोमबार रातको १२:०० बजेभित्रपठाइसक्नुपर्ने सूचनामार्फत् जानकारी दिएको

सूचनामा नेपाली भाषामा लेखिएको, मौलिक अन्त कतै प्रकाशित वा प्रशारित नभएको कविता प्रतियोगितामा पठाउनुपर्ने मुक्तक, गजल, गीत आदि उपविधा विगतमा पठाइएकोमा नपठाउन आग्रह गरिएको २०० सय शब्दसीमा तोकिएको कविताका लागि३९औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कविता प्रतियोगिताका लागि प्रेषित कविताभन्ने वाक्य अनिवार्य प्रयोग गर्नुपर्नेजानकारी गराइएको

neapoem@gmail.com मा प्रेषण गर्न सकिने कविता प्रिती वा कालिमाटी फन्टमा टाइप गरी पठाउन सकिनेलगायतका विस्तृतजानकारी सूचनामार्फत् प्रकाशन गरिएको

पद्मश्री साहित्य पुरस्कार २०८० का लागि पुस्तकहरूको संक्षिप्त सूची सार्वजनिक

साउन १८, शुक्रबार
नवसाहित्य अनलाइन । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले ‘पद्मश्री साहित्य पुरस्कार २०८०’ का लागि उत्कृष्ट पुस्तकको संक्षिप्त सूची सार्वजनिक गरेको छ।

यसअघि प्रतिष्ठानले १५ पुस्तक समेटिएको उत्कृष्ट विस्तारित सूची सार्वजनिक गरेको थियो भने मंगलबार सोमध्येबाट पाँच पुस्तकहरू छनोटमा परेका हुन् । जसमा निम्न पुस्तकहरू रहेका छन्ः
१. कृष्ण गौतमको उपन्यास अद्वैत
२. सानु शर्माको कथा संग्रह अर्को देशमा
३. रोशन शेरचनको निबन्ध संग्रह गल्ली संसार
४. कुमार नगरकोटीको संस्मरण जोगियाना
५. गोविन्द कुसुमको उपन्यास भृकुटी

२०८० सालमा प्रकाशित १८६ वटा साहित्यिक पुस्तकबाट उत्कृष्ट पुस्तक छानिएको प्रतिष्ठानले जनाएको छ। यीमध्ये एउटा पुस्तकले तीन लाख राशिको पद्मश्री साहित्य पुरस्कार प्राप्त गर्नेछ।

वार्षिक रूपमा दिइने सो पुरस्कार वि.सं. २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरूमध्ये उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ।  गणेश रसिकको ‘दशगजामा उभिएर’ कृतिलाई पहिलो पद्मश्री पुरस्कार दिइएको थियो भने २०७९ मा डा. देवीप्रसाद सुवेदीको ‘मनु’ कृति पुरस्कृत गरिएको हो ।

रमेशमोहन अधिकारीकृत ‘संयात्राको संयोग’ कृति विमोचन

१८ साउन, शुक्रबार

नवसाहित्य अनलाइन साहित्यकार रमेशमोहन अधिकारीद्वारा लिखित नियात्रा संग्रहसंयात्राको संयोगविमोचन हुने भएको

साहित्यकारद्वय दीपक गौतम रजनी पौडेलले समीक्षा गर्नुहुने अधिकारीको यो सातौँ पुस्तक रहेको

झरना साहित्यिक परिवार (झसाप) मकवानपुरको आयोजनामा १९ गते शनिबार कृति विमोचन गर्न लागिएको झसाप अध्यक्षविश्वनाथ सञ्जेलले बताउनुभयो झसापको ३०६औँ साहित्य शृङ्खलाका क्रममा अधिकारीको कृति मकवानपुर बहुमुखीक्याम्पसको सभाहलमा विमोचन गरिने अध्यक्ष सञ्जेलले जानकारी दिनु भएको

कविता: आगो / – देवराज तिवारी

१८ साउन, मकवानपुर

नवसाहित्य, अनलाइन ।

आगो

आगो त्यत्तिकै

आगो भएको होइन

आगोमा आगोको गुण हुन्छ

पानी त्यत्तिकै

पानी भएको होइन

पानीमा पनि आगोकै गुण हुन्छ

तर त्यसरी नै

फरक हुन सक्छ

आगोको आगो

अनि

पानीको आगोमा

जस्तो कि

समग्रमा बेथिति विरुद्ध

मनमा पुत्ताइरहेको रिसको आगो हुन्छ 

 

कविता: लोक कविको नाउँमा / -अनसूया खनाल

श्रावण १७, बिहिबार
नवसाहित्य अनलाइन ।

भीमफेदीमा जन्मेका थे एक छवि राम्रा
पछि यिनै हुन गए लोक कवि हाम्रा
कतै भए शीतल जून कतै न्यानो घाम
गणेशलाल श्रेष्ठ थियो एउटा प्रिय नाम

साहित्यमा थियो उनको धेरै योगदान
हुन गए लोक कवि पाए ठूलो मान
सिर्जनाका विधाहरु रच्थे थरिथरि
सारा कीर्ति फैलिएर पुग्यो देशैभरि

गीत लेख्थे भजन लेख्थे मिलाएर लय
चेतनाका नाटक लेखी गर्थे अभिनय
वरपर समाजमा जे जे कुरा देखे
तिनै कुरा मिसाएर व्यङ्ग्य पनि लेखे

शब्द सङ्गीत आफैँ रचे गीत आफैँ गाए
आफ्नै गाउँ पाखासँग मीठो प्रीत लाए
बहुमुखी प्रतिभाका थिए धनी उनी
आफ्ना धेरै कृतिभित्र बाँचे जुनी जुनी

सिर्जनामा रमाउँथे सम्झी आफ्नै माटो
बरालिने युवालाई देखाइदिन्थे बाटो
अँध्यारोमा उनी थिए चेतनाका ज्योति
भिमफेदीको माटोभित्र उब्जिएको मोति

मलाई पनि तिमीजस्तै कवि हुन मन छ
तिम्रोजस्तै नाम राखी चुली छुन मन छ
अमूल्य यो समयलाई खेर फाल्नु साटो
अबदेखि पछ्याउँछु म नि तिम्रो बाटो

कुनै दिन जाने छु म तिम्रो जन्म गाउँ
चढाउँछु दुइटा फूल सम्झी तिम्रो नाउँ
तिमीलाई सम्मान गर्छु मन फुकाएर
श्रध्दा भक्ति अर्पण गर्छु शीर झुकाएर ।।

शीर्षकः लोक कविको नाउँमा
-अनसूया खनाल
हेटौँडा-१२, मकवानपुर ।

कविता: अनुरोध / -सविता

श्रावण १७,बिहिबार
नवसाहित्य अनलाइन ।
आज
सक्छौ भने !
भालेहरू नबास्नू,
चुराहरू नबज्नू,
मन्दिरहरू घण्ट नबजाउनू,
मस्जिदहरू नवाज नपढ्नू,
चराहरू बिहानै नचिर्बिराउनू,
ढोकाहरू च्यारचुर नगर्नू,
बतास सुस्तरी चल्नू,
शीतहरू बिस्तारै खस्नू,
बिस्तारै चिहाउनु रवि,
रोगले थलिएकी मेरी आमा भर्खरै निदाएकी छिन् ।

हेटौंडा, मकवानपुर