Home Blog Page 16

एपेक नेपालद्वारा ‘विश्व-ज्योति काव्य पुरस्कार’ का लागि पाण्डुलिपि आह्वान

नवसाहित्य डटकम

संवाददाता

श्रावण २८, सोमबार
नवसाहित्य अनलाइन । एपेक नेपालद्वारा प्रदान गरिने विश्व-ज्योति काव्य-पुरस्कार २०८१ का लागि कविहरूलाई आफ्नो अप्रकाशित कविता सङ्ग्रहको पाण्डुलिपि पठाउन आग्रह गरिएको छ ।
 
२०८१ पुस मसान्तसम्म एपेक नेपालको कार्यालयमा हार्डकपी वा इमेलमार्फत् पिडिएफ पठाउन सकिने एपेक नेपालले सूचनामा जनाएको छ भने छनोट भएको सर्वोत्कृष्ट पाण्डुलिपिलाई एपेक नेपालको वार्षिकोत्सव (चैत्र २५ गते) का अवसरमा लोकार्पण गरिने सूचनामा जानकारी गराइएको छ । 
 
एउटा पनि कविता सङ्ग्रह प्रकाशित नभएको र ४० वर्ष ननाघेको कुनै पनि युवाले नेपाली भाषामा लेखेको कविता सङ्ग्रहको पाण्डुलिपि पठाउनुपर्ने एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठले बताउनु भएको छ । साधनारत युवा कविहरुका लागि पाण्डुलिपि तयारी गर्नलाई समय पर्याप्त पुगोस भन्ने अभिप्रायले  सुचना यथासमय सार्वजनिक गरिएको उहाँले जानकारी दिनु भएको छ ।
 
एपेक नेपालले पाण्डुलिपिका लागि ‘विश्व-ज्योति काव्य पुरस्कार’ साथसाथै ५१ हजार राशिको ‘विश्व ज्योति साहित्य सम्मान’ सम्मान दिने घोषणा गरेको छ ।
 
एपेक नेपाल लेखक, पत्रकार र सम्पादकहरूको लेखन चौतारीका रूपमा विगत २५ वर्षदेखि सक्रिय संस्था हो । काठमाण्डौँबाहिर समेत काव्य उत्सव आयोजना गरिरहेको यो संस्थाले विगतमा ‘उहाँलाई मन परेको कविता’ शृङ्खलामार्फत् अनुज कविहरूद्वारा अग्रज कविका र अग्रज कविहरूले अनुज कविका कविताहरू वाचन गरिएको थियो ।
 
किताब जात्रामार्फत् चर्चा पाएको यस संस्थाले हालसालै वरिष्ठ कविहरूका साथै ७ प्रदेशका १४ कविहरूलाई ‘एपेक राष्ट्रिय काव्यमहोत्सव २०८१’ कार्यक्रममार्फत् कविता प्रस्तुति गराएको छ ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

तामाङ भाषामा अनूदित कविता: मन्जुश्री || –राजु झल्लु प्रसाद

राजु झल्लु प्रसाद

कवि

ऊबेला हामी
माछा थियौँ
गड्यौला थियौँ
भ्यागुतो थियौँ
सर्प थियौँ

हामी पोखरीमा थियौँ !
तिमीले जब खड्कले काटेउ पोखरी
र, बनायौ यो उपत्यका
हामी काकाकुल भयौँ
हामी प्यासी भयौँ

अन्ततः हामी मान्छे भयौँ !

ज्याम्पाल

थे दुइरि ङानि
तार्ङा मुबा
सालिगोदाइ मुबा
बाल्बा मुबा
पुख्रि मुबा

ङानि ग्योइरि मुबा !
एसे थे दुइरि खोट्यासे थासिपिन्जि ग्योइ
ओम, स्होसिपिन्जि चु ह्रोङ
ङानिसे क्यु थुङबारि आम्याङबा ताजि
क्युइ फुइसि ङानिला सुङ खार्सि टिजि

थेलिच्छा, ङानि म्हि दोजि !

ईश्वर थोकर

अनुवादक/कवि

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

कविता: फेरि एकपटक विद्रोही बन्न मन छ || अनिता न्यौपाने

अनिता न्यौपाने

कवि

एकपटक मात्रै हैन
पटक पटक जन्मन मन छ
जति पटक जन्मिए पनि
मलाई छोरी मान्छे हुन् मन छ
चितामा जलेर खरानी भएको हैन
फलाम बनेर आकारमा उभिएको
आफैँले आफैँलाई हेर्न मन छ

जुध्न मन छ छोरी मान्छेलाई हेर्ने आँखाहरूसँग ।
कोपरी दिन मन छ अन्धकारहरूलाई
भत्काइदिन मन छ पुरातनको पर्खाल
च्यातिदिन मन छ साँघुरो चेतना

एकदिन
आगो निलेर
आगो नै ओकल्न मन छ
हो मलाई एकपटक विद्रोही बन्न मन छ ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

नवसर्जक साहित्य चौतारीको कथा लेखन प्रतियोगितामा ५ सर्जकहरू पुरस्कृत

श्रावण २६, शनिबार
नवसाहित्य अनलाइन । नवसर्जक साहित्य चौतारी नेपालद्वारा आयोजित स्थलगत ‘बाल/किशोर कथा लेखन प्रतियोगिता’ सम्पन्न गरेको छ । शनिबार अनलाइनमार्फत् भएको प्रतियोगितामा ३३ सहभागीमध्ये प्रतियोगीमध्ये ५ जनालाई उत्कृष्ट स्थान हासिल भएको छ ।

उत्कृष्ट तीनअन्तर्गत प्रेरक गौतम (कक्षा-८, जी. एस. निकेतन मावि, हेटौँडा), आध्या भट्टराई (कक्षा-७, हेटौँडा एकेडेमी, हेटौँडा), अनसूया खनाल (कक्षा-६, तुलसीमेहर मावि, हेटौँडा) पुरस्कृत पाँचै जना नवसर्जकहरूले आइतबार किताबघरमा एक कार्यक्रमबिच ती पुरस्कार प्राप्त गर्नु भएको छ । ज्ञानदीप शिक्षा (जी.एस.) निकेतन मावि, हेटौँडाले पुरस्कारस्वरूप पुस्तकहरू उपलब्ध गराएको हो ।

यस्तै नवसर्जकहरू समीर गौतम (कक्षा-८, श्री भैरव मावि, वाग्लुङ) र शिखा दनुवार (कक्षा-७, एस. ओ. एस. हर्मन मावि, बनेपा) ले प्रोत्साहन पुरस्कार प्राप्त गर्नु भएको छ ।

२६औँ मासिक शृङ्खलाअन्तर्गत आयोजित प्रतियोगिता नवसर्जक साहित्य चौतारी नेपालको अध्यक्ष प्रसन्ना चौलागाईँको अध्यक्षता, संस्थाका संरक्षक/परिकल्पनाकार दीपक गौतम, हेटौँडा एकेडेमीकी शिक्षक राधिका भट्टराईको आतिथ्य तथा सल्लाहकारहरू डीबी बर्तौला र अर्चना दाहाल निर्णायक रही सम्पन्न कार्यक्रमलाई सदस्य रोश्नी चौलागाईँले सहजीकरण गर्नुभएको हो ।

श्रावण महिनाभर कथा लेखनमा सहभागी नवसर्जकहरूकाबिच प्रतियोगिता आयोजना गरिएको र भाद्र महिना मुक्तक र गजल विधाविशेष लेखन एवम् प्रतियोगिता सञ्चालन हुने अध्यक्ष चौलागाईँले जानकारी दिनु भएको छ ।

चौचारीले हरेक शुक्रबार र शनिबार साँझ ६:१५ देखि नवसर्जक कार्यशाला सञ्चालन गर्दै आइरहेको संरक्षक गौतमले बताउनुभयो ।

कविता: घर || ज्योति जङ्गल

ज्योति जङ्गल

कवि

सत्य हो,
सत्य झुट बोलिरहेको छैन,
यो घरको खाँवाहरूमा
मेरो करङ उभिएको छ ।

चारभित्ता नउठुन्जेल
घर
मेरै हातखुट्टाको खाँवामा थियो,
छानो मेरो काखमा थियो,
ईश्वर मेरो हत्केलामा घुम्थ्यो ।

यो घरको जग मेरो पैतालाबाट उठेको छ,
घर बस्नुअघि
फुलबारी मेरा आँखा थिए,
फकिरहरू म वरिपरि घुम्थे ।
घर उठेपछि,
फकिरहरू देवता भएका छन्,
र देवासन अग्लिएको छ ।

जतिजति अग्लो उठिरहेको छ घर
उतिउति कैद भएको छ मेरो पाइला,
यो उँचो पर्खाल उछिनेर
सूर्य मसम्म आइपुग्दैन
अँध्यारो भएको छ आँखा ।

सत्यसत्य,
यो घर रङ्गिएको चमकले
मेरो अनुहारको आभा खोसेको छ,
पुछेर यिनै चोटाहरू
मेरो छाला झुत्रो भएको छ ।

पर्दाभै हल्लदाहल्लदैं मेरो त्याग इष्र्याहा भएको छ,
तरङ्ग टुटेकै आवाज पनि कतै ठोकिन्छ र उठ्छ चट्याङको बिजुली,
मुक जिब्रोमा कम्पन उठ्छ बद्लाको
यो मौन शान्तिमा, आँधी आउँने सङ्केतको दम्भ बोल्छ
मेरो बोलीबाट पुछिएको ललित, विद्रोहको बारुद बटुल्छ ।

के म घर भत्काएर
अब मुक्तिको उद्घोष गरुँ ?

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

वेथिति र विसङ्‍गतिविरूद्ध सिस्नुपानी मकवानपुरले हास्यव्यङ्ग्यात्मक गाईजात्रा गर्ने

नवसाहित्य डटकम

संवाददाता

श्रावण २६, शनिबार
नवसाहित्य अनलाइन ।
हास्यव्यङ्ग्यात्मक कार्यक्रमहरूमार्फत् फरक छाप छोड्दै आइरहेको सिस्नुपानी नेपाल मकवानपुरले यहि भदौ ३ गते सोमवार हास्यव्यङ्ग्यात्मक गाईजात्रा कार्यक्रम गर्ने भएको छ ।

सामाजिक मुद्दामाथि हास्यसहित पेचिला व्यङ्ग्यमार्फत् समाज सुधारको अपेक्षासहित गायन, वाचन तथा नाटकीय प्रस्तुतिहरू गर्दै आएको अध्यक्ष राजकुमार लामिछानेले जानकारी दिनु भएको छ ।

सिस्नुपानी मकवानपुर परिवार र स्थानीय कलाकारहरूको सहकार्यमा मनोरञ्जनात्मक क्यारिकेचर, प्यारोडी गायन, व्यङ्ग्यात्मक कविता, प्रहसन/नाटकीय प्रस्तुतिलगायत विविध गतिविधिहरू सञ्चालन हुने कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष मीनप्रसाद लामिछानेले बताउनु भएको छ ।

हेटौँडा उपमहानगरपालिका ४ नं. वडाको विशेष प्रवर्धनमा सो कार्यक्रम ओम्याक्स सिनेमा हलमा आयोजना हुनेछ । कार्यक्रमका लागि अनिवार्य प्रवेश पत्र (पास) को व्यवस्था गरिएको छ संस्थागत तथा पेशागत व्यक्तिहरूले ४ नं. वडाबाट प्रवेश पत्र प्राप्त गर्न सक्ने तथा सिस्नुपानी मकवानपुरमा सम्पर्क गर्न सकिने वडाध्यक्ष नवीन सिग्देलले जानकारी दिनु भएको छ ।

सिस्नुपानी मकवानपुर र साहित्य सङ्गम मकवानपुरको संयुक्त भवनमा शनिबार आयोजित पत्रकार सम्मेलनका क्रममा कार्यक्रमबारे जानकारी दिइएको हो ।

राजनीतिक, सामाजिक, आर्थिक, प्रशासनिकलगायत रहेका विकृति र विसंगतिविरूद्ध हास्यव्यङ्ग्य सिर्जना गरिरहेको सिस्नुपानी मकवानपुरले हास्यव्यङ्ग्यात्मक सिर्जनाहरू; प्रहसन, प्यारोडी, कविता, क्यारिकेचर जस्ता प्रस्तुतिमार्फत् मनोरञ्जन समेत प्रदान गर्दै आइरहेको छ । सिस्नुपानी नेपालको एक मात्र शाखाका रूपमा रहेको यस संस्थाले वार्षिक रूपमा ३ वटा पुरस्कार प्रदान गर्दै आइरहेको छ भने नियमित ४ वटा कार्यक्रम गर्दैआइरहेको छ भने यस संस्थाले स्थानीय सङ्‍गीतकार तथा कलाकारहरूका साथमा यस्ता प्रस्तुतिहरू गर्दै आइरहेको छ ।

#समाचार #साहित्य समाचार

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

कविता: इन्कार / -प्रज्वल अधिकारी

प्रज्वल अधिकारी

कवि

यति थोरै समय छ मसँग
अझ भनुँ छँदै छैन !

एकपटक
आनन्दले श्वास तानेर
फाल्ने समय पनि छैन !

यहि बेला तिमी भन्दैछौ
आऊ एउटा लामो यात्रामा निस्कौँ !

ओहो !
मलाई मर्ने फुर्सद छैन !

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

कविता: देशको ग्यास्ट्रिक बिग्रिएको छ । -संप्रस पौडेल

संप्रस पौडेल

कवि

देशको ग्यास्ट्रिक बिग्रिएको छ ।
 
कतै ठुस्स गन्हायो भनेर
नाक थुनेर ठिक नहुने,
कतै डुङ्ग गन्हायो भनेर
रूमालले छोपेर नछेकिने ।
 
कटकट पेट काट्यो भनेर
भित्रभित्रै हुण्डरी आयो भने
चट्याङ, आँधी, ज्वालामुखी जे चलोस्
घाँटीघाँटी अमिलो पानी हुलुक्क भयो भन्दैमा
बान्ता गर्दा ठिक भ‌एन भन्दैमा
गुन्दरगानो र बेलौतीका बोक्राले सहेन भन्दैमा
दिमागमा फित्ते जुकोझैँ सत्ता, सदन, भीड र खोक्रा आदर्शको किर्ना लागेपछि
नाइटोमा हिङ दलेर देश किन सुध्रन्थ्यो ?
 
सिटामोल नपुगेको गाउँ छ,
अझै छन् झाडापखालाले मर्नेहरु
८० वर्षदेखि सिकाइएका छन् हात धुन
एउटा सरकार पिण्ड शेलाएर हात धोएर हिँडेको छ,
अर्को सरकार हात धोएर पिण्ड भाग लगाउन डाडुपन्युसहित आइपुगेको छ
मतियारहरू जिब्रो हतियार बोकेर तयार छन्
होमा हो मिलाउन, हामा हा मिलाउन
एउटा कोखाइकोखाई गर्दोछ,
अर्को क्वाप्प खोसेर खाँदोछ ।
 
देश चलाउने यस्तो व्यस्त मेलोका बिच
कर्मीहरू खेतमा छन्, स्कुलमा छन्, फ्याक्ट्रीमा छन्
सडकमा छन्, हिलोमा छन्, धुलोमा छन्,
घामका राप र हिउँका चाप सहेका छन्
घनटाउके गिदीमा घनले हिर्काउँदा नहल्लिने
बज्र ईच्छा, चट्टानी लालचहरू 
किन सुध्रनुपर्थ्यो बाङ्गाटेढा कविता सुनेर ?
 
कोही कर्मी विदेशमा छन् 
रेमिट्यान्सको ‘पराग’ ओसारिरहेछन्
काढीसकेको हो, अर्कैले उहिल्यै मह
यिनलाई पालैपालो ‘रानो’ तोकेर चाख्नुछ
उस्तैगरी फेरिएको र फेरिनेवाला छ सत्ता
तर थाहाको जिल्लामा बसेर
पाउनुपर्ने हो यत्ति त थाहा, 
नचिल्ने मौरीले दिँदैन मह ।
 
अघिल्लाका रछाने गोडाले गिजोलेको चाका चाटेर
जिब्रोमा बोकेर आफ्ना भाइभारदारलाई चखाउनु छ
तब न ऊ जुठो खाएर जयजकार गरोस्
उसको ईच्छा न हो-
ऊ हात थापोस्,  मालिक खकार गरोस् ।
 
आखिर आश गरिएको सत्ताको निर्णय किन अमिलो हुन्छ हँ
कालो कागको सेतो फूल, 
कोइली र कागको गठबन्धन
सत्ता र सदनहरूमा पूरानै फिल्म दोहोरिएको छ
– क्या देश तेरा बापका है
– ओ कभी नही सुधरेगा साला
भर्खरै
संसदको भान्छाबाट पिरो धुवाँ सुकुम्बासी बस्तिमा पस्यो
हल्ला धेरै मच्चाएकोमा महानगरको एम्बुलेन्सले आगो ताप्यो
ग्यासच्याम्बरभित्र छिर्दाछिर्दै एउटा आवाज टड्कारो सुनियो
– देशको ग्यास्ट्रिक बिग्रिएको छ ।
 

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

तामाङ भाषामा अनूदित कविता: आँसु हिँड्ने बाटोमा / –शान्ति प्रियवन्दना

शान्ति प्रियवन्दना

कवि

आँसु हिँड्ने बाटोमा
खाल्डाखुल्डी हुँदैन

आँसुलाई थाहा छ
पीडा दिनु हुँदैन अरूलाई
चोट पु¥याउनु हुँदैन अरूलाई

जान्दछ आँसु
हिँडेपछि बाटोलाई दुखाउनु हुँदैन
त्यसैले आँसु हिँड्ने बाटोमा
घाउ खत केही पनि हुँदैन ।

मिख्लि ब्राबा ग्यामरि
पाकालपोकोल आता

मिख्लिदा था मुला
स्हु पिन्ना आदे स्यानदा
स्हेर पिन्ना आदे स्यानदा

था मुला मिख्लिदा
ब्रासिलिच्छा ग्यामदा स्हुखाना लाला आदे
थेतासि मिख्लि ब्राबा ग्यामरि
पोर मेन्ताङ तिलाइ नोन आता ।

ईश्वर थोकर

अनुवादक/कवि

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

तामाङ भाषामा अनूदित कविता: सपना / –भूपिन

भूपिन खड्का

कवि तथा निबन्धकार

म्हाङ

म्हिला म्हाङजुगु
बिजाबुमोला गोडालह्राङबा !

ओम
ङोन्छुपचा
थेनिजुगुसे क्वान्बा क्वानह्राङबा ।

म्हाङजुगु
थे हुर छार्ला खाज्युबाइ बिजाबुमोह्राङ ।
तासाइ दिङगि आछ्योजि मानोन
थेनिजुगुला क्वान
तुन्सि जिन्बा ताला
क्वान्बारि ज्यो आतानागि ।

क्वान्गे छाङमान नेला
आक्वान्गे लिगान्डि ताला ।

सपना

मानिसका सपनाहरू
बच्चाको शरीरजस्ता !

विपना
उनीहरूले लगाएका कपडाजस्ता ।

सपनाहरू
जो बढ्छन् हर्लक्क कुनै बच्चाझैँ ।
तर वर्ष दिन नबित्दै
उनीहरूका कपडा
छोटा भैसकेका हुन्छन्
लगाउन मुस्किल हुने गरी ।

लगाऊँ दुनियाँ हाँस्छ
नलगाऊँ नाङ्गै भइन्छ ।

ईश्वर थोकर

अनुवादक/कवि

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन