संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

२८ भाद्र/नवसाहित्य । अतिरिक्त क्रियाकलापमार्फत् व्यक्तित्व विकासका निम्ति महत्वपूर्ण र प्रभावकारी अस्त्र मान्दै बालबालिकाकेन्द्रित क्रियाकलापलाई जोड गर्दै आइरहेको बालजागृति इङ्लिस सेकेण्डरी स्कुलले ६०औँ बालदिवसका पूर्वसन्ध्यामा सोहीअनुरूपका कार्यक्रमहरू सम्पन्न गरेको छ ।
यसै सन्दर्भमा प्रिन्सिपल विनोद सुवेदीले भन्नुभयो- उमेर सुहाउँदो र समय सापेक्ष ज्ञान दिनु बाहेक विद्यालयको अर्को महत्वपूर्ण काम भनेको हरेक विद्यार्थीको व्यक्तित्वको सबै आयामको विकास गर्नु हो।

अतिरिक्त क्रियाकलाप बिना कक्षा कोठाको सीमित पाठ्यवस्तु सिकाइले मात्र विद्यालय र विद्यार्थीको शिक्षाप्रतिको भोकलाई कदापि पुरा गर्न सक्दैन भन्ने आशयले विद्यालयभित्र सञ्चालित अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीहरूका शारीरिक मानसिक संवेगात्मक बौद्धिक नैतिक एवं चेतनामूलक ज्ञानको विकास गराउने उद्देश्यले ती कार्यक्रमहरू आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्ता क्रियाकलापहरूले विद्यार्थीहरूमा शारीरिक रुपमा चेतनशील बनाई नियमित अध्ययन अध्यापनलाई चुस्त एवं पूर्ण बनाउन मद्दत पुर्‍याउने उद्देश्यले विद्यालयले हरेक शुक्रबारलाई पुस्तकविहिन दिवस (बुकलेस डे) का रूपमा विविध क्रियाकलापहरू सञ्चालन गर्दै आइरहेको छ । विद्यालयमा शुक्रबारीय गतिविधिका रूपमा व्यवहारमूलक ज्ञान अन्तर्गतका दुना टपरी बनाउने, बाती (बत्ती) कात्ने, पराल/खोस्टाबाट चकटी बनाउने, प्रयोगपछि खेर गइरहेका प्लास्टिकजन्य वस्तुहरूबाट पुनः प्रयोगमा ल्याउन सकिने हस्तकलाका सामानहरू बनाउनुका साथसाथै योग, ध्यान, चित्रकला, खेलकुदअन्तर्गत बौद्धिक परीक्षण, स्क्र्याबल, टेबल टेनिस, बुद्धिचाल, लामो तथा छोटो दूरीको दौड, अभिव्यक्ति कला अन्तर्गत निबन्ध लेखन, वादविवाद, कविता लेखन, वक्तृत्व कला लगायतका अन्य थुप्रै क्रियाकलापहरू हरेक साता सञ्चालन हुँदै आइरहेका छन् प्रिन्सिपल सुवेदीले बताउनुभयो ।
हेटौडा २ बासुदेव मार्गमा अवस्थिति स्कुलले सीमित पाठ्यवस्तु सिकाइ शुक्रबार विविध प्रतियोगितात्मक कार्यक्रम आयोजना गरेको हो। कक्षा नर्सरी देखि कक्षा १० सम्म अध्यापन हुँदै आएको विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ३ सम्ममा बल पासिङ, छोटो तथा लामो दुरीको दौड, चित्रकला प्रतियोगिता लगायत अन्य प्रतियोगिताहरूको आयोजना भयो। कक्षा ४ देखि कक्षा ७ सम्मका विद्यार्थीहरूका बिच वक्तित्व कला प्रतियोगिता चित्रकला प्रतियोगिता बौद्धिक परीक्षण प्रतियोगिता दुना टपरी बनाउने प्रतियोगिता बुद्धिचाल प्रतियोगिता लगायत प्रतियोगिताका साथै कक्षा ९ र १० का लागि स्क्राबल प्रतियोगिता, धीमा गतिमा (स्लो स्पीड) साइकल दौड र टेबल टेनिस प्रतियोगिता सञ्चालन भयो । प्रतियोगिताहरूमा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान एवं पुरस्कार वितरण गरियो । साथै कक्षा ५ नेपाली विषय अन्तर्गत रहेर विद्यार्थीहरूले तयार पार्नुभएका परियोजना कार्यमध्ये उत्कृष्ट विद्यार्थीहरूलाई विषयगत शिक्षक रजनी पौडेलले हौसला स्वरूप केही पुस्तकहरूसमेत प्रदान गर्नुभयो।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

Section Title

मुक्तक मञ्च मकवानपुरको चौथो वार्षिकोत्सव, दोस्रो अधिवेशन एवं स्रष्टा सम्मान फागुन १६ मा

नवसाहित्य डटकम संवादाता हेटौँडा । नेपाली साहित्यको मर्मस्पर्शी विधा मुक्तकको श्रीवृद्धिका लागि...

गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

नवसाहित्य डटकम समाचारदाता गीतकार श्रीराम राईको नयाँ गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन...

मोनिटाइजमा महाराजको दिव्योपदेश

नवसाहित्य डटकम एकाबिहानै फेसबुकको एउटा “मोनिटाइजका लागि सहकार्य गरौँ” भन्ने ग्रुपमा राष्ट्रनायक...

पर्याकविता प्रतियोगितामा पौडेल, जोशी र किरण सिवा पुरस्कृत

संप्रस पौडेल समाचार प्रमुख पौष २६, नवसाहित्य । राष्ट्रिय पर्याकविता प्रतियोगिता २०८२ मा मकवानपुरका...

‘तेस्रो राष्ट्रिय पर्याकविता उत्सव-२०८२’ – बहस एवम् कविता प्रतियोगिता हुँदै।

नवसाहित्य डटकम समाचारदाता                हेटौँडा, २५ पुस । साहित्य सङ्गम मकवानपुरको ३९ औँ...

कवि नवराज पराजुली कविताका गुच्छाहरू लिएर कन्सर्टका क्रममा हेटौँडा आउँदै हुनुहुन्छ ।

२४ पुष, हेटौँडा । नेपाली कविता लेखन र वाचनमा छुट्टै पहिचान बनाउनुभएका कवि विशेषता युवा पुस्तामाझ...

डरलाग्दो अन्त्य मानव सभ्यताको

सुबास सजल कवि डरलाग्दो अन्त्य मानव सभ्यताको मलाईदर्दनाक लाग्दैन,बाघले मृग खाइरहेको दृश्य!...

अमेरिका ! ओ अमेरिका!

सुबास कवि अमेरिका ! ओ अमेरिका! अझै कति निर्दोषहरुको रगत पिएपछिमेट्ने हो तिम्रो, पूँजीवादको तिर्खा?...

“म”लाई आकार

सुबास सजल कवि “म” लाई आकार उडेर पुग्छन् अचानक गोप्य सूचना!प्रशासनको कानसम्म। आजकान्छामान...